अनधिकृत व्यक्तिले सरकारी गाडी प्रयोग गरेको विषयमा पटकपटक समाचार आएपछि यस विषयमा नियमित अनुगमन गरी प्रतिवेदन तयार गर्न र प्रधानमन्त्री कार्यालयलाई बुझाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिइएको छ।
केही दिनअघि श्रम तथा रोजगार मन्त्रालयको हराएको भनिएको सरकारी गाडीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रयोग गरेको भेटिएको समाचार आएको थियो। त्यसपछि यस विषयमा मन्त्रीपरिषद् तथा प्रधानमन्त्री कार्यालयले पनि चासो राखेको छ।
त्यतिबेला प्रधानमन्त्री कार्यालयले सरकारी गाडी प्रयोगकर्ताको वितरण तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउन सबै मन्त्रालयलाई निर्देशन गरेको थियो। मुख्य सचिवको अध्यक्षतामा सोमबार बसेको बैठकले सरकारी गाडी दुरूपयोग भएको विषयमा सार्वजनिक निकायमा खरिद भएका मेसिन उपकरण उपयोग भए/नभएको सम्बन्धमा पनि नियमित अनुगमन गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रतिवेदन पेस गर्न सतर्कतालाई निर्देशन दिएको छ।
उक्त बैठकले मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, संस्थान, प्राधिकरण समिति आदि निकायका सवारी साधन र प्रयोगकर्ताको विवरण पठाउन बाँकी रहेका मन्त्रालयहरूले तत्कालै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाउने र कुनै पदाधिकारी/कर्मचारीले प्रचलित मापदण्डविपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गर्ने–गराउने निर्देशन पनि गरेको छ। साथै उक्त बैठकले मन्त्रालयमा रहेका सम्पूर्ण सवारी साधनको विवरण पाम्समा अनिवार्य प्रविष्ट गर्ने व्यवस्था मिलाउन निर्देशन गरेको छ।
बैठकमा अबदेखि सरकारी कर्मचारीलाई अत्यावश्यकीय काममा बाहेक कार्यस्थल नछाड्न र बिदामा पनि नबस्न निर्देशन गरिएको छ। ‘मनसुनका कारणबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्लाई मध्यनजर गरी संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारी अत्यावश्यक काममा बाहेक कार्यस्थल नछाड्न र बिदामा नबस्न निर्देशन दिने’, बैठकले गरेको निर्णयमा भनिएको छ, ‘जिल्लास्थित कार्यालय प्रमुखहरूले प्रमुख जिल्ला अधिकारीसँग समन्वय नगरी बिदा नबस्ने। संघीय मन्त्रालयहरूले अत्यावश्यकबाहेक प्रदेशका निकायमा कार्यरत कर्मचारीलाई भौतिक रूपले उपस्थित हुने गरी बैठक/गोष्ठीमा आमन्त्रण नगर्ने।’
बैठकमा डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै संघीय मन्त्रालय, निकाय तथा सबै प्रदेश सरकार एवं स्थानीय तहका कार्यालयहरूले डेंगी संक्रमण गराउने लामखुट्टेको वासस्थान र लार्भा खोज तथा नष्ट गर्ने उद्देश्यबाट साउन, भदौ र असोज तीन महिना हरेक शुक्रबार बिहान नौ बजेर ३० मिनेटदेखि सरसफाइ कार्यक्रम तथा प्रचारप्रसार अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।
यसैगरी बैठकले आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन सम्झौता र माइलस्टोनको प्रगति विवरण यही साउन ७ भित्र अनलाइन प्रणालीमा प्रविष्ट गरिसक्ने र आव २०८२/८३ का लागि सूचकसहितको कार्यसम्पादन सम्झौता तोकिएको ढाँचामा यही साउन २५ भित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ।
बैठकले गरेको निर्णयमा चालु आवमा संघ सरकारले १२० वटा विधेयक तयार गर्ने प्रतिबद्धता जनाएअनुरूप सम्बन्धित मन्त्रालयहरूले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी विधेयकको मस्यौदा तयारी कार्य तत्काल प्रारम्भ गर्ने प्रतिबद्धता गरिएको छ।
अबदेखि नयाँ सफ्टवेयर निर्माण गर्दा अनिवार्य रूपमा सम्बन्धित निकायको प्रविधिक कर्मचारीसमेत संलग्न हुुनुपर्ने र सफ्टवेयरहरूको सिस्टम अडिट र सेक्युरिटी अडिटका लागि सम्बन्धित निकायले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय/सूचना प्रविधि विभागमा अनुरोध गर्ने निर्णय बैठकमा गरिएको छ।
बैठकले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालय/निकाय, सुरक्षा निकाय, गैरसरकारी एवं सामुदायिक संस्थाले आवश्यक पूर्वतयारी तथा खोज, उद्धार र राहतका कार्य गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्रभावकारी ढंगले गर्ने व्यवस्था मिलाउने र लाइफलाइन सडकमा भएका अवरोध तत्काल हटाउने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने निर्देशन गरिएको छ।