पोहोरको प्रतिवेदन थन्किँदा ठुलो क्षति
१६ भदौ २०८३
•
४ मिनेट पाठ
पोहोरको प्रतिवेदन थन्किँदा ठुलो क्षति
भदौ १० गते रसुवाको भाटेकोसीमा आएको बाढीका कारण ठुलो मात्रामा मानवीय र भौतिक नोक्सानी भएको छ। मानवीय र भौतिक क्षति यति नै भयो भनेर अझै आकलन हुन बाँकी छ।  एक वर्षअघि २०८२ असार २४ गते त्यही क्षेत्रमा आएको बाढीपछि रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको अध्ययनको प्रतिवेदनमा त्यस क्षेत्रमा अर्को ठुलो विपत्ति औंल्याइएको थियो।  




ल्हेन्दे खोला हुँदै भोटेकोसीसहितको तटीय क्षेत्रको जोखिम कायम रहेको जनाउँदै अध्ययन प्रतिवेदनले तटीय क्षेत्रका बस्तीहरू स्थानान्तरण गर्न सुझाएको थियो। ५५ पेज लामो प्रतिवेदनमा स्थानीय प्रशासनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हुँदै सरकारका विभिन्न निकायलाई बुझाइएको थियो। १३ सदस्यीय अध्ययन समितिले तयार गरेको प्रतिवेदनमारसुवागढीदेखि बेत्रावतीसम्मका नदीकिनारमा रहेका टिमुरे, स्याफ्रुबेंसी, मैलुङ, पैरेबेंसी, शान्तिबजार, खाल्टेलगायत बस्तीहरूमा बाढीको उच्च जोखिम रहेको जनाएको थियो।  त्यहाँ रहेका बस्तीहरूको वैज्ञानिक अध्ययन गरेर सम्भावित जोखिमको मूल्यांकनसहित सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ।  

बाढीले गत वर्ष जुन तहको क्षति पुर्‍याएको थियो र उद्धारमा कठिनाइ भयो त्यसले सुरक्षा निकाय, स्थानीय प्रशासन र विषयगत कार्यालयहरूको क्षमता बढाउनुपर्ने पनि सुझाइएको थियो। तर समितिले बुझाएको प्रतिवेदन सिंहदबारमा थन्कियो।  सरकारले त्यसलाई अध्ययन गर्ने र कार्यान्वयन गर्नमा कुनै चासो र तत्परता नदेखाएको एक अधिकारीले गुनासो गरे।  

समुदाय स्तरको सूचना प्रणाली स्थपना गर्न नदीकिनारको बस्ती तथा संचरनाहरूमा साइरन र मोबाइल सन्देशको सूचना प्रणाली विकास गर्न सुझाइएको थियो।  साथै त्यस क्षेत्रमा विकास निर्माणसहितका भौतिक संरचना निर्माणमा ध्यान दिन र निर्माण नै गर्नुपरे विपद् जोखिमको मापदण्डलाई अनिवार्य पालना गर्न पनि प्रतिवेदनमा औंल्याइएको थियो। अघिल्लो वर्षको बाढीमा नै १८ नागरिकले ज्यान गुमाउनुका साथै अर्बौंको भौतिक संरचनामा नोक्सानी पुगेको थियो। त्यसक्रममा गल्छी, त्रिशूली हुँदै स्याफ्रुबेंसी र रसुवागढी पुग्ने सडकमा क्षति पुगेको थियो। त्यसका साथै त्रिशूली–३ ‘बी’ र माथिल्लो त्रिशूली–१ सहितका जलविद्युत् आयोजनाहरू अवरुद्ध भएका थिए। त्यसलाई समेत मध्यनजर गर्दै समितिले जलविद्युत् आयोजनाहरू निर्माण गर्दा बाढीसहितका विपद्को जोखिमलाई ख्याल गर्न भनिएको थियो।

प्रतिवेदनका मुख्य सुझावहरू

– अन्तरदेशीय पूर्वसूचना प्रणाली स्थापना

– हिमालहरूको जोखिम मूल्यांकन तथा न्यूनीकरण

– नदी तटीय संरचना र बस्तीहरूमा जलवायु जोखिम मूल्यांकन अनिवार्य

– नदीकिनारका बस्तीहरू जोखिममा रहेकाले सुरक्षित स्थानान्तरण

– समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली निर्माण

– स्थानीय तह र सुरक्षा निकायको क्षमतामा वृद्धि  

प्रतिवेदनको बेवास्ता गर्दा भदौ १० गते आएको बाढीले त्यस क्षेत्रमा अकल्पनीय नोक्सानी भएको छ। जलविद्युत् आयोजनाहरू अहिले पनि ठुलो संख्यामा मानिसहरू फकेको अनुमान गरिएको छ।  बाढी आएको एक साता हुन लाग्दा पनि त्यहाँका नागरिकको जीवनको सम्भावना कमजोर बन्दै गएको छ।  यद्यपि सरकारले विभिन्न जलविद्युत् आयोजनाका टनेलमा फसेको आशंका गरिएका नागरिकको उद्धारको प्रयास गरिरहेको जनाएको छ।  

रसुवागढी जलविद्यत् आयोजनामा त्यतिबेलै तीन अर्बभन्दा बढीको क्षति पुगेको दाबी गरिएको थियो।  लाङटाङ भोटेकोसी जलविद्युत् आयोजना, चिलिमे, माथिल्लो त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’सहित विद्युत् आयोजनामा गत वर्ष मात्रै ६ अर्ब ६२ करोडको भौतिक क्षति भएको थियो। ‘गत वर्ष नै बाढी पसेर क्षति पुर्‍याइसकेपछि पनि जलविद्युत् आयोजनाहरूले सचेतना अपनाएको देखिएन,’ तत्कालीन अध्ययन समितिका एक सदस्यले भने, ‘आफ्ना आयोजनाहरूबाट आपत्कालीन उद्धारका बारेमा सुरक्षा निकायसँग परामर्श गर्नुपर्ने थियो तर त्यसो भएन।’ बाढीसहितको विपत्लाई कसैले पनि रोक्न नसक्ने जनाउँदै ती अधिकारीले भने, ‘अघिल्लो अध्ययन प्रतिवेदन कार्यान्वयन गरेको भए अहिले भौतिक र मानवीय क्षति हुने थिएन।’

२०८२ असारमा आएको बाढीको प्रकृतिले नदीकिनारका बसोबास तथा संरचना निर्माणमा बाढीको सम्भाव्यता हेर्नुपर्ने प्रस्ट सुझाव दिएको छ।  प्राकृतिक प्रकोपको पूर्वसूचनाका लागि आधुनिक प्रविधि राख्ने, नेपाल–चीनको सीमा क्षेत्रमा रहेका उच्च जोखिमयुक्त हिमताल तथा नदीहरूको अवस्थाबारे पूर्वसूचना दिने प्रणाली स्थापनाका लागि दुई पक्षीय सहकार्य गर्नुपर्ने सुझाव दिएको थियो।  उक्त सूचना प्रणालीले हिमताल फुट्ने, बाढी तथा अन्य सम्भावित विपद्को पूर्वजानकारी दिने हुनाले क्षति न्यूनीकरण हुने निष्कर्ष प्रतिवेदनमा दिइएको थियो।  त्यस्तै भोटेकोसी नदी र त्यसका सहायक नदीहरूका दुवै किनारमा रहेका हिमतालहरूको वैज्ञानिक नक्सांकन गर्न पनि प्रतिवेदनमा सुझाइएको थियो।  

रसुवा र नुवाकोटका स्थानीय तह, विकास निर्माणसँग जोडिएका सबै पक्ष, सुरक्षा निकायसहितको अध्ययन प्रतिवेदनमा औंल्याइएको र अनुमान गरिए भदौ १० गतेको बाढी हो कि होइन भन्ने यकिन हुन बाँकी छ। गत वर्ष भने सुप्राग्लेसियल ताल क्षेत्रमा बाढी आएको जनाउँदै अध्ययन प्रतिवेदनले भने भूउपग्रह तस्बिरमा हिमनदीको सतहमा आएको परिर्वतनले तालको बाँध फुटेर बाढी आएको उल्लेख गरिएको छ। फेरि बाढीको जोखिम टड्कारो रहेको औंल्याइएको जनाउँदै समितिका एक सहभागीले भने, ‘एउटा संकट आउँछ त्यसको अध्ययन गर्न समिति बन्छ तर त्यसले दिएको सुझाव कार्यान्वयन हुँदैन। हाम्रो मुख्य समस्या अध्ययनको होइन कार्यान्वयनको हो।’
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस