बचत फिर्ताको माग गर्दै लघुवित्त पीडितहरूले मंगलबार काठमाडौंको बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन्।
लघुवित्त पीडितहरूले माइतीघरदेखि बालुवाटारसम्म प्रदर्शन गर्दै आफ्ना माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरू बालुवाटार नजिक पुगेपछि प्रहरीले पिपलबोट क्षेत्रमा ब्यारिकेड राखेर प्रदर्शनकारीलाई रोकेको थियो।
प्रदर्शनलाई नियन्त्रण गर्न नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो। प्रहरीले अगाडि बढ्न नदिएपछि पीडितहरू सडकमा नै बसेर नाराबाजी गरेका थिए।
उनीहरूले सडकमै सभा आयोजना गर्दै आफूहरूको बचत रकम फिर्ता हुनुपर्ने र लघुवित्त संस्थासम्बन्धी समस्या समाधान गर्न सरकारले ठोस कदम चाल्नुपर्ने माग राखेका छन्।
लघुवित्त पीडितहरूले लामो समयदेखि विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन्। उनीहरूले आफूहरूले राखेको रकम फिर्ता, कर्जासम्बन्धी समस्या समाधान तथा पीडितको माग सम्बोधनका लागि सरकारसँग आग्रह गर्दै आएका छन्।