भोटेकोसी कहरका तीन महिना: पुनर्निर्माण सुस्त, गुजारा चलाउन सकस
१० मंसिर २०८३
•
७ मिनेट पाठ
भोटेकोसी कहरका तीन महिना: पुनर्निर्माण सुस्त, गुजारा चलाउन सकस
गत भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा भीषण बाढी आएको तीन महिना पूरा भएको छ। रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायत नदी तटीय क्षेत्रमा अकल्पनीय जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको सो जलप्रलय विपद्को तीन महिना बितिसक्दा पनि अझै दीर्घकालीन पुनर्निर्माण र पीडितको स्थायी पुनस्र्थापनाले अपेक्षित गति लिन सकेको छैन।




तीव्र गतिको बाढीले बस्ती, सडक, पुल, विद्युत् संरचना र जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्‍याएपछि सरकारले उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका काम अघि बढाएको थियो तर तीन महिनाको अवधिमा तत्कालीन राहत र प्रशासनिक सहजीकरणका काम भए पनि दीर्घकालीन पुनर्निर्माणको कामले भने अपेक्षित गति लिन नसकेको नुवाकोटका स्थानीयको गुनासो छ।

नुवाकोटको विदुर नगरपालिका–९ आँगापुटारका अर्पित खड्काले तीन महिनाको अवधिमा बेत्रावती र देवीघाटमा गरी दुई वटा मात्र बेलिब्रिज बनेको र ढुंगेबजारदेखि बेत्रावतीसम्म पुग्ने अस्थायी सडकको ट्र्याक खोल्ने काम मात्र भएको जानकारी दिए।

नुवाकोट जिल्लाको सदरमुकाम विदुर–१ देखि त्रिशूली नदी पार गर्न त्रिशूली जलविद्युत् केन्द्रको भवन बगाएको ठाउँभन्दा केही माथि पुग्ने झोलुंगे पुल निर्माण भएको उनले बताए। खड्काले बाढीले बगाएको सडक र पुलनिर्माण कार्य अपेक्षाकृत रूपमा नभएका कारण प्रभावितलाई गुजारा चलाउन पनि सकर भइरहेको बताए।

उनले पैदलयात्रीलाई त्रिशूलीमा बनेको झोलुंगे पुलबाट नदी वारपार गर्न केही सहज भए पनि गत कात्तिक ३० गते नै निर्माण भइसक्नुपर्ने त्रिशूली बजारको बेलिब्रिजको काम अझै नसकिएकाले स्थानीयले धेरै सास्ती भोग्नुपरेको बताए।

बेत्रावतीका श्रीकृष्ण डंगोलले पनि बाढीपछि अपेक्षाकृत रूपमा सडक तथा पुलनिर्माणको कामले गति नलिएका कारण स्थानीयलाई जीवन चलाउन निकै कठिन भइरहेको बताए।

पूर्वाधार निर्माणको काम नहुँदा रसुवा र नुवाकोटका अधिकांश नागरिकले यस्तो समस्या भोग्नुपरेको छ। सरकारले जतिसक्दो छिटो बाढीले क्षतिग्रस्त बनाएको भौतिक संरचना निर्माण सक्ने र चीनको रसुवागढी भन्सार नाका सञ्चालनमा ल्याउने बताउँदै आएको छ।

सरकारले बाढीप्रभावितलाई राहत वितरण, प्रभावित परिवारको विवरण संकलन, जग्गा पहिचान, विद्युत् आपूर्ति पुनस्र्थापना, व्यवसायलाई कर तथा ऋण सहुलियत र अन्तर्राष्ट्रिय सहयोग जुटाउने काम गरे पनि पूर्वाधार निर्माण भने अपेक्षाकृत रूपमा अघि बढाउन सकेको छैन।

प्रभावित स्थानीय तहका अनुसार हाल बाढीप्रभावित क्षेत्रको विस्तृत आवश्यकता पहिचान, नदी कटान नियन्त्रण र अस्थायी आवास व्यवस्थापनका कामहरू भइरहे पनि स्याफ्रुबेंसी, टिमुरे, बेत्रावती, नुवाकोट र धादिङका विस्थापित परिवार अझै अस्थायी शिविर र गुम्बाहरूमा कष्टकर जीवन बिताउन बाध्य छन्। दीर्घकालीन पुनर्निर्माणको ठोस कार्ययोजना कार्यान्वयनमा नआएको र पुनस्र्थापनामा ढिलाइ भएको भन्दै रसुवा, नुवाकोट र धादिङका बाढीपीडितले संघर्ष समिति नै गठन गरी तीनै तहका सरकारलाई दबाब दिन थालेका छन्।

बाढीप्रभावित क्षेत्रमा काम गर्न संयुक्तराष्ट्र संघअन्तर्गतको हानि तथा नोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान दिने निर्णय भएको छ। अनुदान रकम बाढीप्रभावित समुदायको पुनर्स्थापनामा उपयोग गर्ने प्रक्रिया अघि बढाउने सरकारको योजना छ।

सरकारले तीन महिनाको अवधिमा बाढीप्रभावित जिल्लालाई प्रारम्भिक नगद सहयोग उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार रसुवा र नुवाकोटलाई एकएक करोड रुपैयाँ तथा धादिङ जिल्लालाई ५० लाख रुपैयाँ नगद उपलब्ध गराइएको थियो।

त्यस्तै १५ वटा प्रभावित स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ सहयोग गरिएको छ। विभिन्न संस्थाबाट उपलब्ध राहत रकम तथा जिन्सी सामग्री संकलनलाई व्यवस्थित गर्न प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत एकद्वार प्रणाली सञ्चालन गरिएको छ।

सरकारले भोटेकोसी बाढीबाट प्रभावित उद्योग, व्यवसाय तथा व्यावसायिक प्रतिष्ठानलाई लक्षित गरी १८ प्रकारका राहत तथा सहुलियत व्यवस्था अघि बढाएको छ। त्यसमा कर विवरण बुझाउने म्याद थप, क्षतिग्रस्त सम्पत्तिको कर समायोजन, बैंक ऋणको साँवा तथा ब्याज पुनर्संरचना, सहुलियत ब्याजदरमा कर्जा र बिमा दाबी भुक्तानीमा सहजीकरणको काम भएको छ। क्षतिग्रस्त भौतिक संरचनाको बिमा दाबीको प्रारम्भिक मूल्यांकनका आधारमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिन सकिने व्यवस्था पनि सरकारले फास्ट ट्र्याकमा अघि बढाएको छ।

त्यस्तै प्रभावित परिवारको पुनस्र्थापनाका लागि जग्गा पहिचानको कामलाई पनि तीव्रता दिइएको छ। सरकारले बाढीबाट घरबार गुमाएका परिवारलाई सुरक्षित स्थानमा पुनस्र्थापना गर्ने उद्देश्यले जग्गा खोजी तथा अध्ययन समिति गठन गरेको थियो।

समितिले रसुवा, नुवाकोट र धादिङमा गरी २७७ कित्ता जग्गा पहिचान गरेको छ। ती जग्गाको क्षेत्रफल तीन हजार २७९ रोपनीभन्दा बढी छ। जग्गा पहिचान भए पनि अझै प्रभावित परिवारको स्थायी पुनस्र्थापना भएको छैन।

यस अवधिमा सरकारले सडक, खानेपानी, विद्युत्, विद्यालय, स्वास्थ्य र सञ्चार सुविधासहित एकीकृत बस्ती विकास गर्नुपर्ने कामलाई पनि अघि बढाउने प्रयास गरेको छ। बाढीले विद्युत् प्रसारण लाइन, पोल, सबस्टेसन तथा वितरण प्रणालीमा क्षति पुर्‍याएपछि रसुवा, नुवाकोट र धादिङमा विद्युत् सेवा अवरुद्ध भएको थियो।

नेपाल विद्युत् प्राधिकरण तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विद्युत् आपूर्ति पुनस्र्थापनाका लागि काम गरेका थिए। प्रभावित क्षेत्रमा चार सय थान घरायसी र १३ थान कार्यालय प्रयोजनका सोलार पावर सिस्टम पठाइएको थियो। रसुवामा विद्युत् आपूर्ति तत्काल सहज बनाउन नसकिने अवस्था देखिएपछि एक हजार २६८ घरधुरी पहिचान गरी वैकल्पिक ऊर्जाको व्यवस्था मिलाउन समन्वय गरिएको थियो। धादिङमा विद्युत् सेवा पूर्ण रूपमा सञ्चालनमा आएको र रसुवा तथा नुवाकोटका अधिकांश क्षेत्रमा आपूर्ति क्रमशः पुनस्र्थापना भएको सरकारको दाबी छ।

अवरुद्ध यातायात खुलाउन सडक विभाग र पूर्वाधार विकास मन्त्रालयले धादिङको गल्छीदेखि रसुवागढीसम्मको क्षतिग्रस्त सडकमा एकतर्फी ट्र्याक खोल्ने, पहिरो पन्छाउने र विदुर–बेत्रावती तथा ढुंगे–त्रिशूली खण्डमा मर्मतको काम अघि बढाए पनि अझै अपेक्षाकृत रूपमा काम नभएको स्थानीयको गुनासो छ।

बागमती प्रदेश सरकारले रसुवा, नुवाकोट, धादिङ र चितवनको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको छ।

सहजीकरण गरिदिन निजी क्षेत्रको माग

भोटेकोसी बाढीबाट रसुवागढी, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवा भोटेकोसीलगायत १३ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको छ। विद्युत् आयोजनाका बाँध, विद्युत्गृह र सुरुङमा लेदो तथा ढुंगा थुप्रिँदा विद्युत् उत्पादन ठप्प छ।

बाढीप्रभावित १३ आयोजनामध्ये नौ वटा निजी र बाँकी सरकारी तथा सरकारी स्वामित्वका कम्पनीसँग सम्बन्धित छन्। नौ वटै निजी आयोजनाको शतप्रतिशत बिमा गरिएकाले वित्तीय रूपमा पुनर्निर्माण सम्भव देखिए पनि नीतिगत, कानुनी तथा प्रशासनिक जटिलताका कारण काम अघि बढाउन कठिन भएको निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको गुनासो छ। यसका लागि बुधबार निजी क्षेत्रले सरकारसँग कर छुट, भन्सार सहुलियत, अनुमतिपत्रको म्याद थप र मर्मत सामग्री आयातमा विशेष नीतिगत सहजीकरण गरिदिन माग गरेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्। डाँगीले बाढी प्रभावित जलविद्युत् आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण समेटिएको विस्तृत प्रतिवेदन सरकारलाई बुझाइसकेको बताए।

इप्पानले विद्युत् ऐन २०४९ अनुसार आयोजनाको अनुमतिपत्र अवधि ५० वर्ष कायम गर्न माग गरेको छ। बाढीका कारण निर्माणको अन्तिम चरणमा पुगेका र सञ्चालनको तयारीमा रहेका आयोजनासमेत पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको छ। सरकारले आर्थिक सहायता दिनुभन्दा पनि कानुनी, प्रशासनिक तथा प्राविधिक अवरोध हटाइदिए निजी क्षेत्र पुनर्निर्माणमा जान तयार रहेको इप्पानको धारणा छ।

जसका लागि जलविद्युत् आयोजनाको पुनर्निर्माणको स्पष्ट मोडालिटी, बिमा दाबीको अन्तिम टुंगो, अनुमतिपत्र अवधि, सुरक्षित संरचना निर्माण र दीर्घकालीन लगानी व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने ऊर्जा उत्पादकहरूको भनाइ छ।

व्यावसायिक उत्पादनको सँघारमा पुगिसकेको लाङटाङ जलविद्युत् आयोजनासमेत भोटेकोसीको प्रलयकारी बाढीको चपेटामा परेपछि एउटा आयोजनालाई मात्र नभएर समग्र निजी ऊर्जा क्षेत्रको मनोबल नै नराम्ररी प्रभाव पारेको ऊर्जा उत्पादकको गुनासो छ। निर्माणको अन्तिम चरणमा रहेका र बत्ती बाल्ने तयारीमा जुटेका आयोजनाहरू एकाएक पुनर्निर्माणको सुरुआती चरणमा फर्कनुपर्दा अहिले ऊर्जा उत्पादकहरूमा गहिरो निराशा छाएको उनीहरूको भनाइ छ।

७९ अर्ब १७ करोडको निजी सम्पत्ति क्षति

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पिडिएनए) र सरकारी प्राविधिक टोलीको प्रतिवेदनअनुसार बाढीबाट निजी सम्पत्तिमा मात्र करिब ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

समग्र अर्थतन्त्र र भौतिक पूर्वाधारको पुनर्निर्माण तथा पुनरुत्थानका लागि सात खर्ब २३ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने सरकारी आकलन छ। बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा,चितवन लगायत जिल्लामा सात हजार ५०० भन्दा बढी निजी घर, दर्जनौं पुल, करिब ५५ किलोमिटर सडकखण्ड र विद्युत् संरचनामा व्यापक क्षति पुर्‍याएको थियो।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस