मधेसमा छठ पर्वको रौनक सुरु
२५ कार्तिक २०८३
•
४ मिनेट पाठ
मधेसमा छठ पर्वको रौनक सुरु
मधेसमा लोकआस्था, श्रद्धा र निष्ठाको महापर्व छठको तयारी बिहानैदेखि सुरु भएको छ ।
छठ पर्व नजिकिएसँगै मधेसका गाउँबस्तीमा धार्मिक तथा सांस्कृतिक चहलपहल बढनुका साथै पर्वको पहिलो चरण अन्तर्गत व्रतालुहरू घरपरिवारका सदस्यसहित छठीमाताको आराधनाका लागि आवश्यक सामाग्रीको तयारीमा जुटेका छन् ।
छठ पर्वको तयारीका क्रममा मंगलबार बिहानै गाउँको मुख्य बाटोमा जम्मा गरिएको गाईको गोबरलाई आज (बुधबार) एका बिहानै व्रतालुहरूले सामूहिक रूपमा गोधन कुटदै छठसँग सम्बन्धित परम्परागत गीत गाउँदै, दाजुभाइको दीर्घायु, परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै उनीहरूले छठीमातालाई चढाइने महाप्रसाद पकाउन आवश्यक माटोको नयाँ चुल्हो निर्माणको कार्यमा जुटेका छन ।
मधेसका गाउँ बस्तिमा व्रतालुहरूले सामूहिक रूपमा माटोको चुल्हो निर्माण गर्ने पुरानो परम्परा छ । चुल्हो निर्माणको काम बुधबार र बिहीबारसम्म जारी रहनेछ। छठ पर्वमा शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले चुल्हो निर्माणदेखि प्रसाद तयार पार्ने र पूजाका सामग्री व्यवस्थापन गर्नेसम्मका सबै काम विशेष सावधानी र धार्मिक विधि अनुसार हुने गरेको करिव सात दशक देखि छठ व्रत बस्दै आएकी गढिमाइ ४ पर्साकी ८५ वर्षीया शान्ती देवि सुनाउछिन ।
छठको प्रमुख विधि शुक्रबारदेखि 'नहाय–खाय' सुरु हुन्छ । यस दिन व्रतालुहरू स्नान गरी शारीरिक तथा मानसिक रूपमा शुद्ध बनेर शुद्ध शाकाहारी भोजन ग्रहण गर्नेछन् । नहाय–खायको दिन गाउँका हुनेखाने तथा श्रद्धालु व्यक्तिहरूले व्रतालुका घरमा दाल, चामल, गहुँ, साठी धान र विभिन्न प्रकारका मौसमी तरकारी लगायतका सामग्री उपलब्ध गराउने परम्परा पनि मधेसका गाउँबस्तीमा रहिआएको छ।
छठ पर्वलाई धार्मिक अनुष्ठानसँगै सामाजिक सद्भाव, सहयोग र आपसी एकताको पर्वका रूपमा समेत स्थापित भएको शान्ती देवि सुनाउछिन।
शनिबार बिहानदेखि व्रतालुहरू कठोर व्रतको अर्को महत्त्वपूर्ण विधि 'खरना' को तयारीमा जुट्नेछन् । यस दिन माटोबाट निर्माण गरिएको नयाँ र पवित्र चुल्होमा छठीमाताका लागि खीर, पुरी, मिठाई लगायतका विभिन्न पकवान बनाएर साँझ खरना पूजा गरी प्रसाद ग्रहण गरिन्छ । खरनापछि व्रतालुहरूको निर्जला उपवास सुरु हुन्छ, जुन छठ पर्वको सबैभन्दा कठिन तथा महत्त्वपूर्ण पक्ष मानिन्छ ।
आइतबार बिहानैदेखि व्रतालुहरू निराहार तथा निर्जला व्रत बसेर गाउँका पोखरी, नदी तथा अन्य जलाशयमा निर्माण गरिएका छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै उनीहरूले छठीमाताको पुजा आराधना गर्छन । 
यस अवसरमा छठघाटहरूलाई केराका थम्बा, फूलमाला, बत्ती तथा पूजाका विभिन्न सामग्रीले सजाउने कार्य अहिले देखि नै सुरु भएको छ । सजाउएका छठघाटमा व्रतालु, परिवारजन तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरू घर फर्कने भए पनि छठको धार्मिक अनुष्ठान भने जारी रहनेछ। जलाशयबाट घर ल्याइएका अर्घ्य तथा विभिन्न प्रकारका पकवानसहित छठीमाताको गीत गाएर रातभरि जाग्राम बस्ने परम्परा छ। कतिपय व्रतालु तथा श्रद्धालुहरू छठघाटमै रातभर जाग्राम बसेर छठीमाताको भजनकीर्तन गर्ने गर्छन्।
छठ पर्वको अन्तिम तथा महत्त्वपूर्ण विधि सोमबार बिहान सम्पन्न हुनेछ। उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि चार दिनसम्म चल्ने छठ महापर्वको समापन हुनेछ। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै व्रतालुहरूले आफ्नो कठोर व्रत तोड्नेछन्।
धार्मिक विधि र परम्पराबारे जानकारी दिँदै पण्डित जयप्रकाश मिश्रले छठ पर्वमा शुद्धता, संयम, सत्यता र निष्ठालाई विशेष महत्त्व दिइने बताए।
उनका अनुसार छठ पर्वमा व्रतालुहरूले मन, वचन र कर्मले शुद्ध भएर पूजा गर्नुपर्ने मान्यता छ। पर्वका क्रममा झुटो नबोल्ने, मन शान्त राख्ने र पूर्ण निष्ठाका साथ छठीमाताको आराधना गर्ने परम्परा रहेको उनले बताए।
प्रकृति र पण्डित मिश्रका अनुसार मधेसमा छठ पर्व विशेषगरी पति, छोराछोरी तथा परिवारका सम्पूर्ण सदस्यको दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित मनाउने गरिन्छ। यो पर्व व्यक्तिगत आस्थामा मात्र सीमित नरही परिवार, समाज र समुदायलाई एकताको सूत्रमा बाँध्ने धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा समेत परिचित हुँदै गएको पन्डित मिश्रको भनाइ छ ।
छठको तयारी दशैँको पूर्णिमादेखि नै सुरु हुने धार्मिक मान्यता र परम्परा रहेको छ। यस अवधिमा व्रतालु तथा छठ मनाउने परिवारहरूले घरमा माछा, मासुलगायतका मांसाहारी परिकार पकाउन बन्द गरी सात्त्विक जीवनशैली अपनाउन थाल्छन्। घरआँगनको सरसफाइ, पूजाका सामग्रीको व्यवस्थापन र खानपानमा विशेष शुद्धता अपनाउँदै उनीहरू छठको तयारीमा जुट्ने गर्छन्।
उपासनासँग जोडिएको छठ पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिने गरिन्छ। सूर्यलाई जीवन, ऊर्जा र समृद्धिको स्रोतका रूपमा पूजा गरिने यस पर्वमा जलाशयको महत्त्व पनि उत्तिकै छ। बाँसका सुप, ढाकी, माटोका भाँडा, फलफूल, ठकुवा, भुसुवा र अन्य परम्परागत प्रसादले सजाइएका छठघाटले मधेसका गाउँ तथा सहरलाई पर्वमय बनाउने गर्छन्।
धार्मिक आस्था, कठोर तपस्या, पारिवारिक सुखको कामना, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मानको अनुपम संगम मानिने छठ पर्वले मधेसको मौलिक पहिचानलाई समेत उजागर गर्दै आएको छ। छठको तयारीसँगै अहिले मधेसका गाउँबस्तीमा छठीमाताका परम्परागत गीत गुञ्जिन थालेका छन् भने घरदेखि जलाशयसम्म सरसफाइ र सजावटको चटारो बढेको छ।


अर्को समाचार
मधेसमा चैती छठको रौनक
१३ चैत्र २०७९
•
५ मिनेट पाठ
मधेसमा चैती छठको रौनक
फाइल तस्विर
मधेस प्रदेशका विभिन्न जिल्लामा चैती छठ पर्वअन्तर्गत सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । शनिबारदेखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइदै छ। मंगलबार  बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन हुनेछ ।  




मधेस प्रदेशका विभिन्न जिल्लाका पोखरीमा चैती छठपर्व गर्न व्रतालुहरूको भिडभाड देखिएको छ । चैती छठका लागि वीरगन्जको घडिअर्वा पोखरी, जनकपुरधामको गंगासागर सृंगारिएको छ। चैती छठ पर्व मनाउनाले मनोकामना पूरा हुने, चर्म रोग निको हुने, सन्तान प्राप्त हुने र परिवारमा खुसीयालीसँगै प्रशन्नता प्राप्त हुने विश्वास छ ।

कठोर ब्रत गरी मनाइने छठ पर्वको मधेसमा विशेष महत्व छ। मधेसमा छठ पूजा वर्षमा दुइ पल्ट हुन्छ। पहिलो छठपूजा कार्तिक महिनामा हुन्छ भने दोश्रो छठ पूजा चैत्र महिनामा हुन्छ। यस परम्परालाइ शारदीय तथा वासन्तिक छठ पनि भन्ने गरिन्छ।  

विगत ८ वर्ष देखी छठ ब्रत बस्दै आएकी वीरन्ज माइस्थानकी किरण देवीका अनुसार छठी माइयीको ब्रत बस्दा हरेक मनोकांक्षा पुरा हुने विश्वासले चैती छठको ब्रत पनि बस्दै आएको छु। उनले सासु आमाको बिडो थाम्दै छठ ब्रत बस्न थालेकी हुन।

चैत्र महिनाको शुक्ल चुतुर्थी तिथीबाट छठ पूजाको ब्रतारम्भ हुन्छ। पहिलो दिन नुहाएर खाने बिधी हुन्छ जसलाइ भोजपुरी भाषामा ‘नहाए खाए के दिन’ भन्छन भने मैथलीमा ‘नहाय खाय’ भनिन्छ। यस दिन ब्रतालूले बिहानै नित्य कर्म गरि नुहाएर पवित्र भइ शुद्ध सात्विक भोजन ग्रहण गर्ने गर्दछन। भोजनमा लसुन, प्याज,वर्जित हुन्छ। भात पकाउने चामल अगहनी धानको मात्र ग्राह्य हुन्छ भने दाल रहर वा चना तथा तरकारी लौकाको हुनु अनिवार्य हुने गरेको वीरगंज बहुअरीकी ब्रतालु रम्भा देवीले बताइन। उनका अनुसार अन्य ब्रतहरुमा एक वा दुइ छाकि उपवास गर्दा मात्र ब्रत सफल हुने भएपनि कुनै कुनै ब्रतहरु निर्जला पानी सम्म नखाइ फलाहारी पनि हुने गर्दछन तर छठ ब्रतमा रसियाव–रोटीको प्रसाद खाइ २ दिन निराहार निर्जला ब्रत बसिन्छ।  

कार्तिक महिनाको छठ झै चैत मासमा मनाइने छठ पर्वको पनि विधान रहेको छ। दुवै छठ शुक्ल पक्षको चतुर्थी तिथि देखी नै सुरु हुन्छ। चतुर्थी तिथिमा नुहाइ खाइ पञ्चमीको दिन दिउंसो भरि निराहार बसेर बेलुका पख नव निर्मित माटाको चोखो चुल्होमा आपको काठको दाउरा बालेर चाखो चामलमा गुड सख्खर हाली ‘रसियाव’ तथा चोखो पारिएको गहुंको पिठोको रोटी पकाइन्छ। यस प्रकारले तयार पारिएको रसियाव रोटीलाइ अक्षता, सिन्दूरले पूजा गरि, ब्रतालू स्वयंले पनि नाक देखि पूर्ण सिउंदो भरि सिन्दूर लगाएर अग्नी तथा गाई लाइ अग्रासन दिइ ग्रहण गर्दछन। परिवारका सदस्य पनि प्रसादका रुपमा खाने गर्छन।

छठ पूजाको विशेषता उदाउदो सूर्यलाइ मात्र अघ्र्यदान न दिइ अस्ताउदो सूर्यलाइ समेत अघ्र्यदान दिनु पनि हो।  छठ कसको पूजा हो भने तिर विचार गर्दा संस्कृतिविद् उमा शंकर द्विवेदीका भनाइ अनुसार यो विशुद्ध प्रकृती र पुरुषको पूजा हो। “झट्ट हेर्दा छठ सूर्यको पूजा झैं देखिए पनि वास्तवमा छठपूजा मुलप्रकृतिको छठौं अंशबाट उत्पन्न भएकी भगवती षष्ठी देवीको पूजा हो जसलाइ पुराणहरुमा माया, सिद्धयोगिनी, स्वयं मुक्त तथा मुक्तिदायिनी, सारा, शारदा र षठी देवीको रुपमा उल्लेख गरिएको छ ,‘उनले भने ,‘ शक्तेः षष्ठांशरुपायै सिद्धाए च नमो नमः। मायायै सिद्धयोगिन्यै षष्ठीदेव्यै नमो नमः।( ब्रह्मवैवर्त महापुराण, प्रकृति खण्ड, षष्ठी स्तोत्रं)। षष्ठी देवी को हुन त भन्दा सोहि पुराणमा उल्लेख भए अनुसार उनी शिव पार्वतीका पुत्र देव सेनानायक कार्तिकेय वा स्कन्दकी धर्म पत्नी हुन–प्रत्यक्षायै च भक्तानां षष्ठी देव्यै नमो नमः। पूज्यायै स्कन्दकान्तायै सर्वेषां सर्व कर्मसु।। आफ्ना भक्तहरुलाइ प्रत्यक्ष दर्शन दिने तथा सबैबाट सम्पूर्ण कार्यहरुमा पूजा प्राप्त गर्ने अधिकारिणी स्वामी कार्तिकेयकी प्राणप्रिया षष्ठी देवीलाइ बारम्बार नमस्कार छ। षष्ठी माताको पूजा गर्नाले सम्पूर्ण पाप विलीन हुनुको साथै महाबन्ध्याले पनि यिनको कृपाबाटसंतान प्रसव गर्ने योग्यता प्राप्त गर्न सफल हुन्छन। माता षष्ठी देवीको कृपा बाट गुणी , विद्वान, यशस्वी, दीर्घायु तथा श्रेष्ठ पुत्रकी जननी बन्न सम्भव हुन्छ। –सर्व पापाद्विनिर्मुक्ता महावन्ध्या प्रसूयते। वीरपुत्रं च गुणिनं विद्यावन्तं यशस्विनम्। सुचिरायुष्मन्तमेव षष्ठीमातृप्रसादतः। यस सालको छठीमाताको पूजनोत्सवको पुण्य अवसरमा हामी पनि छठीमातासित प्रार्थना गरौं –कल्याणं च सुमति देहि षष्ठीदेव्यै नमो नमः।”

शारदीय छठको समयमा किसान परिवारहरुलाइ कुनै पनि कृषि कर्म गर्ने चटारो हुदैन। धान बाली खेतमा लागेका हुन्छन। गर्मी मौसम बितेर जाडोको नवआगमन भइरहेको हुन्छ। दशंै, तिहारको उत्सवमय चाड–पर्वहरु तत्कालै समाप्त भएका हुन्छन। हुन त शारदीय छठ पनि उत्सवमय वातावरणमा मनाइने भएको भए पनि छठीमाताको व्रत तपश्चर्याको रूपमा नै हुने गरेको संस्कृतिविद् द्विवेदीले बताए। वासन्तिक छठको समयमा  मौषमले उष्ण रूप लिइरहेको हुन्छ तथा किसानहरुलाइ रब्बी बाली भित्र्याउने ठूलो चटारो परिरहेको हुन्छ। संस्कृतिविद् द्विवेदीले भने “चैति छठ सुख्खा मौषममा भएपनि श्रद्धालुहरु आप्mनो मनोकांक्षा पूर्ण हुने भाकल गरेकाले छठ पर्वलाइ कठनि तपश्चर्याको रूपमा मनाउने गरेको गर्दछन।”  

छठ पुजामा नदि पोखरीलाइ सजाइएको घाटमा बनाइएको निराकार ‘सिरसोप्ता’ माताको पुजा आजा गरिन्छ। घाटमा पूजा गरेर घर फर्किएपछि भाकल पुगेकाहरु रात्रिमा आआफ्नो घरको आड्डनमा कोसी भर्ने गरेका पाइन्छन।  

कोसीमा सात वा नौवटा उंखु टुप्पातिर बाट एकै ठाएमा बांधेर जरालाइ सात वा नौ ठा“उमा समान संख्यामा माटाको ढकनामा ठेकुवा, अदुवा, केला, पानीमा फुलाएको मटर, मुला,कागति, अरिपन तथा माटाको दियो बालेर राखिन्छ। कोशीको बिच्चमा हातिको आकारमा तयार परिएको माटाको कलशमा पनि सोहि सामानहरु राखिन्छ। उंखुको टुप्पा बा“धिएको ठा“उमा पनि तिनै सामग्रीहरु बा“धेर चंदोवा झुण्ड्याइन्छ। कोसीको वरिपरि बसेर ब्रतालू महिलाका साथै घरका अन्य महिलाहरु पनि छठीमाताका विभिन्न गीतहरु गाउदछन। रात्रिको तेश्रो प्रहर मै ब्रतालूले नित्यक्रियाबाट निबृत भइ कोसीका साथ फेरि छठीघाट कुर्न जान्छन। विहानको समयमा सिरसोप्ता माताको पुनः पूजा हुन्छ , छठी माताका गीतहरु गाइन्छन। त्यसपछि सूर्योदय हुनु भन्दा केहि प्रहर अगावै सम्पूर्ण ब्रतालूहरु नदी वा पोखरी को पानीमा उदाउदो सूर्यलाइ विहानको अघ्र्य दिनको लागि लहरै उभिन्छन। यस क्रममा बाटामा भेटिने आफूभन्दा श्रेष्ठ मान्यजन, गाइ, इनार वा धारालाइ ढोगी, पुजी घरमा आइ छोरा बुहारी तथा नाती नातिनीहरुलाइ छठीमाताको प्रसादस्वरुप टीका लगाइ दिइ छठपूजाको उद्यापन भएर समाप्त हुन्छ।

चैती छठ कातिक मासमा मनाइने छठ झै तड्क–भड्क हुदैन। छठीमाता प्रति आस्थावान गृहस्थहरुले भाकल अनुसार व्रत–पूजन गर्दछन नै तर चैति छठ पूजामा भने व्रतालूहरुको संख्या न्यू नै रहेको पाइन्छ।
बिहानको घन्टी
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस