गत आर्थिक वर्ष सवारी दुर्घटनामा ३६ जनाको मृत्यु, ६४१ घाईते
०६ साउन २०८२
•
३ मिनेट पाठ
गत आर्थिक वर्ष सवारी दुर्घटनामा ३६ जनाको मृत्यु, ६४१ घाईते
उदयपुरमा गत आर्थिक वर्ष सवारी दुर्घटनामा ३६ जनाको ज्यान गएको छ । ८७ जना गम्भीर घाईते र ५ सय ५४ सामान्य घाईते भएका छन् । 




०८१ साउनदेखि ०८२ असार मसान्तसम्ममा जिल्लाभरी ३ सय पटक दुर्घटना भएको छ भने त्यसमा परि २४ पुरुष ९ महिला तथा ३ जना बालिकाको ज्यान गएको छ । गम्भीर घाईते हुने पुरुषको सङ्ख्या ६० छ भने २० जना महिला, ५ बालक र २ बालिका छन् । त्यसैगरी दुर्घटनामा परि सामान्य घाईते हुने पुरुष ३ सय ५८ जना, महिला १ सय २९, बालक ३७ र बालिका ३० जना रहेका छन् ।

जिल्ला ट्राफिक कार्यालय उदयपुरका अनुसार वर्षभरीमा ४ सय १२ वटा सवारी साधान दुर्घटना परेका छन् । जसमा सबभन्दा बढी दुर्घटना हुने सवारी साधन मोटसाईकल रहेको छ भने सबभन्दा कम डोजर । ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर चन्द्र खड्काका अनुसार वर्षभरी दुर्घटनामा पर्ने मोटरसाईकलको सङ्ख्या २ सय २३ रहेको छ । त्यस्तै ६० वटा जिप कार, ३९ टेम्पो, १८ टिपर, १५ ट्याक्टर, १३ बस, ११ ट्रक र ट्यांकर, एउटा डोजर तथा अन्य २५ साधन दुर्घटनामा परेका छन् ।

मदन भण्डारी लोकमार्गमा मात्र २ सय २५ दुर्घटना

पूर्व–पश्चिम महेन्द्र राजमार्गको बिकल्पको रुपमा निर्माण भएको मदन भण्डारी लोकमार्गमा अत्याधिक दुर्घटना हुने गरेको छ । अझ मुर्कुची–नेपालटार खण्डको अँधेरी क्षेत्र उदयपुरका लागि दुर्घटनाको ‘हटस्पट’ नै सावित हुदै गएको छ ।  

पछिल्लो एकवर्षमा मदन भण्डारी लोकमार्गमा २ सय २५ वटा दुर्घटना भएको छ भने अँधेरी खण्डमा मात्र २९ वटा घटेको ट्राफिक प्रहरी अभिलेखले देखाएको छ । अँधेरीमा भएको दुर्घटनामा ३० वटा सवारी साधनमा क्षति पुगेको छ भने २ जनाको निधन भएको छ । त्यसैगरी ७१ जना घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ ।  

अँधेरीमा ५ वटा मोटरसाईकल दुर्घटनामा परी ६ जना घाईते भएका छन् भने ६ वटा ट्रक दुर्घटनामा १ को निधन र ७ जना घाईते भएका छन् । त्यसैगरी एउटा बस दुर्घटनामा परी एकजनाको ज्यान जाँदा २० जना घाईते भएका छन् । १३ वटा पिकअप तथा कार दुर्घटनामा ३४ जना घाईते भएका छन् । दुईटा टिपर दुर्घटनामा १ जना, एउटा हायस दुर्घटनामा ३ जना, एउटा अटोमा ३ जना घाईते भएका छन् ।  

मदन भण्डारी लोकमार्गमा वर्षभरी भएको दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २२ पुगेको छ । २ सय ८० सवारी साधनमा क्षति भएको छ भने ४ सय ६८ जना घाईते भएको ट्राफिक कन्ट्रोलका प्रहरी हवल्दार भुवन राईले बताएका छन् ।  

लोकमार्गको पूर्वमा सुनसरी सीमा चतारादेखि पश्चिममा कटारी–सिन्धुलीसम्ममा २ सय २५ दुर्घटना हुनेमा सबभन्दा बढी मोटरसाईकल रहेका छन् । एकवर्षमा २ सय ७४ मोटरसाईकल दुर्घटनामा पर्दा १२ जनाको निधन भएको छ भने २ सय जना घाईते भएका छन् । त्यस्तै ५० वटा पिकअप दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ भने ९८ जना घाईते भएका छन् । ८ वटा बस दुर्घटनामा परी २ जनाको ज्यान जाँदा ९५ जना घाईते भए ।

लोकमार्गभित्र १३ वटा साईकल दुर्घटनामा परि २ जनाको ज्यान गयो भने २१ जना घाईते भएका छन् । ७ वटा ट्रक दुर्घटनामा एकजनाको निधन भयो भने ७ जना घाईते भए । ९ वटा ट्याक्टर दुर्घटना भएर एकजनाको ज्यान जाँदा ३ जना घाईते भएको अभिलेख ट्राफिक कर्यालयले दिएको छ । यसबाहेक ३ वटा टिपर दुर्घटना हुँददा ३ जना र १५ वटा अटो रिक्सा दुर्घटना हुँदा ४१ जना घाईते भएको ट्राफिकले जनाएको छ ।  

ट्राफिक इन्चार्ज खड्काका अनुसार मदन भण्डारी लोकमार्ग साँघुरो, नागबेली घुमाउरो तथा उकालो ओरालो हुनुका साथै ट्राफिक नियम पालना नगर्दा अत्याधिक दुर्घटना हुने गरेको हो । अत्याधिक भार वहन, लेन अनुशासनको कमी, मादक पदार्थ सेवन गरि सवारी चलाउने तथा अन्य ट्राफिक नियम नपछ्याउँनु पनि दुर्घटनाको कारण रहेको इन्स्पेक्टर खड्काको बुझाई छ ।  

राजश्व १ करोड ३४ लाख बढी

जिल्ला ट्राफिकले गएको १ वर्षमा १ करोड ३४ लाख २२ हजार राजश्व सङ्कलन गरेको छ । वर्षभरी विभिन्न ठाउँमा सवारी साधनमाथि गरेको कारबाहीबाट सो परिमाणको राजश्व सङ्कलन भएको हो ।  

ट्राफिक सहायक प्रहरी निरीक्षक (असई) तिलक पौडेलका अनुसार जिल्लाका विभिन्न ठाउँमा सवारी चेकजाँच गर्दा नियम उल्लङ्घन भएको पाइएपछि कारबाही गर्दा राजश्व उठ्ने गरेको छ । वर्षभरी ट्रक, टिपर, बस, कार जीप, ट्याकटर, मोटरसाईकल, सिटी सवारी, अटो रिक्सालगायत अन्य गरि १६ हजार ६ सय ४९ वटा सवारी साधनमाथि कारबाही गर्दा त्यति राजश्व उठेको असई पौडेलले बताए ।  
अर्को समाचार
दाङमा सवारी दुर्घटना : घट्यो मृत्यु दर
०५ साउन २०७७
•
२ मिनेट पाठ
दाङमा सवारी दुर्घटना : घट्यो मृत्यु दर
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रेम रेग्मी, वर्षभरी भएका गतिविधिबारे जानकारी दिँदै ।
दाङमा पछिल्लो वर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको छ । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा भएका सवारी दुर्घटनामा ७१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ०७५/०७६ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या १ सय ४ थियो । ‘अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक प्रेम रेग्मीले भने, ‘यसको कारण दुर्घटना प्रति बढाईएको सचेतना नै हो ।’




यसैगरि घाईते हुनेहरूको संखयामा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा सवारी दुर्घटनामा पनि ४ सय २३ जना घाईते भएका थिए भने गत आर्थिक वर्षमा ३ सय ४५ जना घाईते भएका छन् । ‘हामीहरूले विद्यालय तह देखि गाउँ समाजमै पुगेर पनि ट्राफिक नियमबारे सचेतना कार्यक्रहरूलाई ब्यापक बनायौँ,’ रेग्मीले भने ‘यसको सकारात्मक प्रभावको प्रतिफल दुर्घटनामा परि ज्यान गुमाउने र घाईते हुनेहरूको संख्यामा कमी आउन सक्यो ।’ आँफूहरूको सचेतनाका कारण सवारी चालक तथा सर्वसाधारणहरूमा चेतना बृद्धि भएको उनको दाबी छ । ट्राफिक प्रहरी कार्यालयले चालकहरूका लागि पनि पटक पटक सचेतनामुलक कार्यक्रम गर्दै आएको थियो ।  

यसैगरि जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजश्व पनि अघिल्लो वर्षको भन्दा बृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड १३ लाख ५ हजार रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०७६/०७७ मा  २ करोड ३० लाख ७३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । यो राजश्व रकम सवारी साधन कारवाही मार्फत संकलन भएको रकम हो । 

ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा ट्राफिक नियम उलंघन गरेर चलाईएका ३७ हजार ४ सय ६३ वटा सवारी साधनलाई कारवाही गरेको थियो भने अघिल्लो आर्थिक वर्षमा ३४ हजार ५ सय १० सवारी साधन कारवाहीमा परेका थिए । यसैगरि ट्राफिक प्रहरीले लकडाउनको अवधिमा २ हजार १ सय २८ सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ । कुल कारवाही गरिएका सवारी साधन संख्या २ हजार ५ सय ६३ छ भने १६ लाख ३० हजार ५ सय रुपैयाँ लकडाउन अवधिमा मात्रै राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख रेग्मीले जानकारी दिए ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस