वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु
०८ साउन २०८२
•
२ मिनेट पाठ
वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन्।




सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए। त्यसै गरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएको उनले बताोए। सोही अवधिमा वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर घाइते ३२ र सामान्य घाइते नौ जना छन्।

वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र निगुरो टिप्न गएका व्यक्ति छन्। बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही, गौरीगाईलगायत वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भएको निकुञ्जले जनाएको छ।  

चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो पाँच वर्षमा जङ्गली जनावरको आक्रमणबाट ७३ जनाले ज्यान गुमाइसकेका छन्। सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परी १६९ जना घाइते भएका छन्। उनका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा आव २०७८/२०७९ मा सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए। सो वर्ष बाघको आक्रमणबाट मात्रै २१ जनाको मृत्यु भएको थियो।

मध्यवर्ती क्षेत्रका बासिन्दाहरू निकुञ्ज तथा सामुदायिक वनको अनुमति लिएर घाँसदाउराका लागि जाने गर्दछन्। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको बासस्थानलाई व्यवस्थित गर्नुपर्ने बताए। निकुञ्जले जनचेतनामूलक कार्यक्रमसहित मेस जाली लगाउने काम गरिरहेको जनाएको छ।

वन्यजन्तुको आक्रमणबाट एक वर्षको अवधिमा १७९ वटा घरपालुवा पशुको क्षति भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। सबैभन्दा बढी चितुवाको आक्रमणबाट १४० वटा पशुको क्षति भएको छ। बाघको आक्रमणबाट ३७ र अजिङ्गरबाट दुई वटा पशुको क्षति भएको सूचना अधिकारी रानामगरले जानकारी दिए।  

चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका २३ वटा घरमा हात्तीले क्षति पुर्याएको छ। निकुञ्जका अनुसार गत आवमा मात्रै १३ वटा घरको अन्न भण्डारमा हात्तीले क्षति गरेको छ। रासस
अर्को समाचार
वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु
१६ साउन २०७७
•
२ मिनेट पाठ
वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु
गण्डकी प्रदेशमा पछिल्लो दुई वर्षमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको ज्यान गएको छ । वन्यजन्तुकै आक्रमणबाट अन्य २४ जना घाइते भएको सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशले जनाएको छ ।  




मानव वन्यजन्तु द्वन्द्वका कारण ज्यान गुमाउने मध्ये तनहुँका नौ तथा बागलुङ र कास्कीका एक÷एक जना गरी ११ जना रहेको महासंघ गण्डकी प्रदेश अध्यक्ष कालिदास सवेदीले जानकारी दिए । वन्यजन्तुको आक्रमणमा परि घाइते हुने मध्ये तनहुँमा सबैभन्दा बढी ११ जना छन् भने पर्वतमा पाँच, नवलपुर, कास्की, स्याङ्जा र लमजुङमा दुई÷दुई जना रहेका छन् ।

यो अवधीमा वन्यजन्तुको आक्रमणमा परि ११ सय ५९ घर पालुवा जनावरको मृत्यू भएको महासंघले बताएको छ । वन्यजन्तुहरू चितुवा÷बाघ लगायतको आक्रमणबाट स्याङ्जामा सबैभन्दा धेरै ४१४, गोरखामा २५७, मुस्ताङमा २३९, पर्वतमा ८२, म्याग्दीमा ५५, कास्कीमा ६७, बाग्लुङमा १२ र लमजुङमा १० घरपालुवा जनावरको मृत्यू भएको महासंघ गण्डकी प्रदेश अध्यक्ष सुवेदीले जानकारी दिए ।

क्षेति पुगेकाहरूलाई सरकारले राहत वितरण गर्ने गरेको महासंघले जनाएको छ । वन्यजन्तुबाट हुने क्षेतिको राहत सहयोग निर्देशिका–२०६९ (दोश्रो संसोधन वि.सं.२०७४) लागु गरि राहत वितरण गर्दै आएको सुवेदीले जानकारी दिए । उनका अनुसार मानवीय क्षति, पशुधन, भण्डारण गरेको अन्न, घर÷गोठ र खाद्यान्न बालीको क्षतिमा राहत उपलव्ध गराउँदै आइएको छ ।

मानविय क्षतिमा मृतकको आश्रित परिवार वा हकवालाका लागि १० लाख, सख्त घाइते भएमा चिकित्सकको सिफारिसका आधारमा बढीमा २ लाख तथा सामान्य घाइतेलाई औषधी उपचारका लागि बढीमा २० हजार डिभिजन वन कार्यालयबाट उपलव्ध गराउँदै आएको उनले बताए ।

त्यसैगरी पशुधन क्षति भएमा बस्तुभाउको प्रकार हेरेर १० हजारदेखी अधिकतम रु ३० हजारसम्म, घरगोठमा १० हजार तथा अन्न भण्डारको क्षेतिमा मुल्याङ्कन गरी बढीमा १० हजार र खाद्यान्न बालीको प्रकृति हेरी १० हजारसम्म राहत उपलव्ध गराउने निर्देशिकामा व्यवस्था रहेको सुवेदीले उल्लेख गरे ।

यसैबीच, बाँदरले पर्याएको क्षेतिको भने राहत वितरण गर्न नसकिएको महासंघले जनाएको छ । सर्बोच्च अदालतले बाँदरले पुर्याएको क्षेतिकोपनि राहत दिन आदेश दिएपनि राहत वितरण गर्न नसकिएको अध्यक्ष सुवेदीले बताए । बाँदरले पुर्याएको क्षेतिको आंकलन गर्न कठिनाई भएकाले राहत दिन नसकिएको उनको भनाई छ । बाँदरले गण्डकी प्रदेशको कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, लमजुङ र गोरखा जिल्लामा क्षेति पुर्याउँदा किसान मारमा पर्ने गरेका छन् । गण्डकी प्रदेशमा पर्ने हिमाल पारिको जिल्ला मनाङ र मुस्ताङ तथा कान्छो जिल्ला नवलपुर (नवलपरासी पूर्व)मा भने बाँदरले खासै क्षेति नपुर्याउने गरेको बताइन्छ ।

गण्डकी प्रदेशमा ३ हजार ८ सय ३ वटा सामुदायिक वन रहेको महासंघका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले जानकारी दिए । पछिल्लो समय सामुदायिक वनको क्षेत्रफल ४४.७७ प्रतिशतले बृद्धि भएकोपनि उनले बताए । खाली क्षेत्रमा विरुवा रोप्ने संस्कृति बढ्दै गएकाले वनको क्षेत्रफल बढेको उनको भनाई छ ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस