सुरुङभित्र उद्धारमा किन सकस?
१५ भदौ २०८३
•
३ मिनेट पाठ
सुरुङभित्र उद्धारमा किन सकस?
उत्तरी सीमा नाका पारिबाट भोटेकोसी र त्रिशूली नदीमा आएको शक्तिशाली र विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाहरूमा फसेका कर्मचारी र मजदुरको उद्धारमा शनिबारदेखि नेपाली सेनासहितको विज्ञ टोली परिचालन भएको छ।




बाढीबाट रसुवा र नुवाकोटमा रहेका १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। बाढीले आयोजना र सुरुङ प्रवेशमार्ग पुरिएपछि त्रिशूली–३ ए, त्रिशुली– ३ बी, माथिल्लो त्रिशूली–१ र चिलिमेमा कार्यरत कर्मचारी र मजदुर भित्र फसेका छन्। उनीहरूका आफन्तले सरकारले उद्धारमा विलम्ब गरेको भन्दै आलोचना गरिरहेका बेला विज्ञसहितको टोली परिचालन गरिएको हो।सुरुङमा फसकेकाहरूको जीवनको आशमा परिवार छन्। सरकारले सुरुङभित्र कति मान्छे छन् अझै भन्न सकेको छैन तर विभिन्न आयोजनाका सुरुङमा नौ सयजना भन्दा बढी रहेको आकलन छ। तीन दिनसम्म अन्यत्र उद्धारमा खटिएको सरकार शनिबार रातिदेखि त्रिशूली–३ ए को सुरुङभित्र थुनिएकाको उद्धार प्रयासमा जुटेको छ।

सुरुङको मुख पत्तालगाएर भित्र पस्ने प्रयास भैरहेको छ।  उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार ३५ देखि ४० जना भित्र हुनसक्ने आशंका छ।  उद्धारमा विज्ञसहित नेपाली सेनाका ९२ जना खटिएका छन्।

सुरुङको मुख भेटिए पनि ठुलो एस्काभेटर नहुँदा भित्र जान कठिन भैरहेको उद्धारमा खटिएका एक विज्ञले जानकारी दिए।  ‘बाढीले नबगाएका तीन एस्काभेटरबाट काम सुरु गरिएको हो।  तीमध्ये एउटा बिग्रिएपछि दुई वटा प्रयोगमा ल्याइएको छ,’ सुरक्षा स्रोतले भन्यो, ‘प्रयोग भएका पनि दुई टन क्षमताका मात्रै छन्। ’

सुरुङभित्र प्रयोग गर्न कम्तीमा पनि २२ टनसम्मको उपकरण चाहिने सुरक्षाकर्मी बताउँछन्। भित्र जान कठिन भएपछि विष्फोट गर्ने तयारी पनि भैरहेको जानकारी दिँदै ती सुरक्षा अधिकारीले भने, ‘अहिलेसम्म (आइतबार साँझ) सुरुङभित्रबाट कुनै संकेत आएको छैन।’

त्रिशूली–३ बी आयोजनाको सुरुङभित्र पनि कामदार र इन्जिनियर फसेको आशंकामा उद्धारका लागि नेपाली सेनाको भैरवनाथ गणको टोली तयारी अवस्थामा छ। त्यहाँ पनि सुरुङको मुख लेदोले पुरिएको छ।  लेदो हटाउने उपकरण नभएकाले उद्धार अघि बढ्न सकेको छैन।

माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि भने चिनियाँ विज्ञ टोलीले सहयोग गरिरहेका छन्। चिनियाँ र कोरियाली कम्पनीको संयुक्त ठेक्का रहेको उक्त आयोजनाका कामदारको उद्धार प्रयासमा नौ चिनियाँ र नेपाली सेनाको संयुक्त टोली जुटेको छ। चिनियाँ टोली शनिबार मात्र आइपुगेको हो।

यसैगरी चिलिमे जलविद्युत् आयोजनाभित्र पनि केही मानिस फसेको आशंका छ तर यकिन छैन। त्यहाँ भारतीय सेना र नेपाली सेनाको संयुक्त टोली खटिएको छ। जलविद्युत आयोजनाहरूमा कार्यरत ९ सय ३३ जना सम्पर्कबाहिर रहेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

तीमध्ये कति सुरुङभित्र छन् भन्ने यकिन हुन सकेको छैन। विभिन्न जलविद्युत् आयोजनामा कार्यरत मजदुर तथा इन्जिनियर सम्पर्कबाहिर छन्।  विद्युत् आयोजनामा काम गर्ने नेपालीमात्र नभएर बाढी प्रभावित क्षेत्रमा गएका चिनियाँ, भारतीय र कोरियाली पनि सम्पर्कविहीन छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले अधिकांश जलविद्युत् आयोजनाको पावर हाउस बाढीले बगाएको र भित्र कामदार फसेका भनिएका आयोजनाको प्रवेशमार्ग लेदोले पुरिएका कारण उद्धारमा कठिनाइ भएको बताए।

‘चिनियाँ र भारतीय उद्धार टोलीको सहयोगमा नेपाली सेना परिचालन गरिएको छ,’ उनले भने, ‘तर खोला किनारबाट तीन सय मिटरसम्म लेदोले पुरिएकाले दलदलमा उपकरण लैजान हेलिकोप्टरसमेत अवतरण गराउन सकिने अवस्था छैन। चाहेर पनि हामीले उद्धार गर्न सकिरहेका छैनौं।’

बाढी प्रभावित क्षेत्रको भौगोलिक कठिनाइ र नेपालमा सुरुङभित्र गरिने उद्धारका लागि विज्ञहरूको पनि अभाव रहेकाले उद्धारमा समस्या भएको आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्यविज्ञ रतिन्द्र खत्री बताउँछन्। ‘जलविद्यत् आयोजनाहरूको डिजाइनमा सुरुङ मार्ग कहाँ छन् भन्ने उद्धारमा खटिनेले नै थाहा पाउन सकेनन्,’ उनले भने, ‘एकातिर लेदोले भित्र जान नसकिने अवस्था छ।  त्यसमाथि सुरुङको मुख पत्ता लगाउनै नसकिएपछि कसरी उद्धार हुन्छ ?’

नेपालमा जलविद्युत् आयोजनाका सुरुङबारे सुरक्षा निकायलाई पनि जानकारी हुँदैन। सुरुङभित्रको उद्धार पूर्वअभ्याससमेत नभएकाले कठिनाइ भएको उनको बुझाइ छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस