सबैभन्दा बढी गर्मी नेपालगन्जमा

कोहलपुरका श्याम केसी बिहान १० बजे नेपालगन्ज ओर्लिए, अनि आफ्नो कामका लागि पैदलै हिँड्न थाले। तर, उनी दुई मिनेटभन्दा बढी पैदल हिँड्न सकेनन्। अत्यधिक गर्मी छल्न उनले छाताको साहारा लिए पनि सडक तातिएर पोल्न थालेपछि अटो प्रयोग गरेर गन्तव्यसम्म पुगे।