नेइमारको उपलब्धताबारे सबैलाई चासो
१९ मंसिर २०७९
•
४ मिनेट पाठ
नेइमारको उपलब्धताबारे सबैलाई चासो
ब्राजिलले सोमबार कतार विश्वकपको अन्तिम १६ मा दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्दा स्टार खेलाडी नेइमार प्रशिक्षक टिटेको टोलीमा हुन्छन् या हुँदैनन् भन्ने सबैको चासो रहनेछ।  




पाँच पटकको विश्वच्याम्पियन ब्राजिलले समूहचरणका पछिल्ला दुई खेल नेइमारबिना नै खेलेको थियो। सर्बियाविरुद्धको पहिलो खेलमा चोट बोकेपछि उनी मैदानबाहिर रहँदै आएका छन्। नेइमारबिनाको ब्राजिलले सन् १९९८ पछि पहिलो पटक समूहचरणमा हार बेहोर्दा क्यामरुनलाई १–० ले नजिता सुम्पिन पुग्यो। कतार विश्वकप सुरु हुनुअगाडि उपाधि दाबेदारका रूपमा हेरिएका केही राष्ट्रमध्ये एक ब्राजिल पनि हो, जो छैटौं पटक विश्वविजेता बन्ने लक्ष्यमा पनि छ। तर, ब्राजिलको प्रदर्शन च्याम्पियन शैलीको भने छैन।  

तथापि, ब्राजिल समूहविजेताका रूपमा नकआउट चरणमा आएको हो। स्टार स्ट्राइकरका बावजुद ब्राजिलले समूहका तीन खेलमा तीन गोल मात्र ग¥यो। जुन आँकडा उसका लागि सन् १९७८ को विश्वकपपछि सबैभन्दा खराब हो। त्यसमाथि लगातार चोटको समस्याले ब्राजिललाई सताएको छ। क्यामरुनसँगको खेलमा चोट बोकेपछि अर्का स्ट्राइकर गाब्रियल जिसस पनि घर फर्किएका छन्। शनिबार नेइमार अभ्यासमा सहभागी भएकाले उनी दक्षिण कोरियाविरुद्ध टोलीमा फर्किने सम्भावना देखिएको छ।  

‘नेइमार टोलीमा फर्किएपछि सिंगो टोलीमा नै सुधार आउनेछ,’ सर्बियाविरुद्ध दुई गोल गरेका रिचार्लिसनले भने, ‘उनी फर्किन्छन् भन्नेमा आशावादी छु। उनी अझ उत्कृष्ट फर्किनेछन्।’ पेपरमा भएका खेलाडी हेर्ने हो भने ब्राजिल एसियन प्रतिद्वन्द्वी दक्षिण कोरियामाथि पूर्ण रूपमा हाबी हुनेछ। तर, नतिजा प्रदर्शनमा निर्भर रहन्छ, जुन कोरियाले समूहचरणमा आफूलाई प्रमाणित गरिसकेको छ। दक्षिण कोरियाले समूहमा युरोपका स्टार खेलाडीले भरिएको पोर्चुगललाई स्तब्ध बनाउँदै अन्तिम १६ मा स्थान बनाएको हो।  

समूहकै खेलमा उरुग्वेलाई रोकेको दक्षिण कोरिया अर्को दक्षिण अमेरिकी टोली ब्राजिलका लागि चुनौती बन्न सक्छ। कोरियाले दोहाको ९७४ रंगशालामा ब्राजिललाई हराएमा क्वार्टरफाइनलमा क्रोएसिया या जापानलाई प्रतिद्वन्द्वीका रूपमा पाउनेछ। कोरियाले थप दुई विजयी यात्रा लम्बाउँदा सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ। तर, त्यसका लागि अर्जेन्टिनाले पनि क्वार्टरफाइनल खेल जित्नुपर्नेछ। अस्ट्रेलियामाथि जित निकाल्दै अर्जेन्टिना शनिबार नै क्वार्टरफाइनलमा पुगिसकेको छ।

यस विश्वकपको नकआउट चरणमा पुग्ने दोस्रो कम फिफा वरीयताको टोली हो, दक्षिण कोरिया। पाउलो बेन्टोको कोरियालाई ठूला राष्ट्रमाथि कसरी जित निकाल्ने भन्ने अनुभव पनि भइसकेको छ। ‘कोरिया निकै आक्रामक र बलियो टोली हो। त्यसैले उनीहरूविरुद्ध गल्ती गर्ने छुट हुने छैन,’ रिचार्लिसनले भने। गत जुनमा सिओलमा भेट हुँदा ब्राजिलले दक्षिण कोरियामाथि ५–१ ले जित रचेको थियो, जहाँ नेइमारले दुई गोल गरेका थिए। ब्राजिलले पछिल्ला सात खेलमा २६ गोल गरेको छ।  

तर, चोटले सताएको अंग्रपक्ति दक्षिण कोरियाविरुद्ध सफल हुन्छ कि हुँदैन भन्ने प्रश्न छ। रक्षापंक्तिमा पनि ब्राजिलले चोटका कारण एलेक्स टेलेसलाई गुमाइसकेको छ। उनले क्यामरुनसँगको खेलमा एलेक्स सान्ड्रोको स्थानमा खेलेका थिए। सान्ड्रो र अर्का डिफेन्डर डानिलो पनि चोटबाट फर्किएका हुन्। त्यसैले सन ह्युङ मिनका साथै दक्षिण कोरियाको अग्रपंक्ति ब्राजिलको डिफेन्सका लागि चुनौती बन्न सक्नेछ।  

सोमबार अर्को खेलमा जापान र क्रोएसियाबीच अन्तिम १६ को प्रतिस्पर्धा हुँदै छ। क्रोएसिया सन् २०१८ को रूस विश्वकपको उपविजेता हो। गत संस्करण क्रोएसियालाई फाइनलसम्म यात्रा तय गराउन महŒवपूर्ण भूमिका खेलेका सदस्य लुका मोड्रिच पनि अहिले टोलीमा छन्।

रियल मड्रिडका ३७ वर्षे मिडफिल्डर मोड्रिचले बेल्जियमसँग क्रोएसिया गोलरहित बराबरीमा रोकिँदा ९० मिनेटमा खेल्दै आफू अहिले पनि फिट रहेको प्रमाणित गरेका थिए। उनकै कप्तानीमा क्रोएसियाले सफलता निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको हो। उनको यो सफलताले केसम्म सम्भव हुन्छ भन्ने सन्देश युवा खेलाडीलाई पनि दिएको छ। सन् २०१८ को बालन डि’ओर विजेता तथा पाँच पटक च्याम्पियन्स लिग विजेता मोड्रिचले आफ्नो खेलमार्पmत युवा खेलाडी माझ राम्रो उदाहरण नै दिएको क्रोएसियाका डिफेन्डर जोसिफ जुरानोभिचको बुझाइ छ।

उनै २७ वर्षे जुरानोभिचले पनि तीनै खेलमा ९० मिनेट नै मैदानमा बिताएका थिए। फिटनेसमा क्रोएसियाका केही खेलाडी आफूलाई प्रमाणित गरेको छ। अनुभवी मोड्रिच र युवा टोलीले जापानविरुद्ध पनि राम्रो प्रदर्शन गर्नेमा दुई मत छैन। ‘हामीमा जितको मानसिकता छ,’ क्रोएसियाका मिडफिल्डर लोभ्रो माजेरले भने, ‘त्यसमाथि पनि हामीसँग अनुभवी र युवा खेलाडी मिश्रित बलियो टोली छ। त्यसैले जापानविरुद्ध राम्रो नतिजा निकाल्नेछौं।’ जारी विश्वकपमा चुस्त र सटीक पासमा मोड्रिच अग्रस्थानमा देखिएका छन्।  

जापानविरुद्ध पनि उनले स्वाभाविक प्रदर्शन गर्नेछन्। सन् १९९१ मा स्वतन्त्र राष्ट्र भएपछि क्रोएसियाले एक पटक मात्र सन् २०१० को दक्षिण अफ्रिकाको विश्वकप गुमाएको थियो। सन् १९९८ मा नै विश्वकपको सेमिफाइनलमा क्रोएसिया फ्रान्ससँग स्तब्ध भएको थियो। जुन, चोट क्रोएसियाले गत विश्वकपको फाइनलमा पनि फ्रान्सबाट बेहोर्नुप¥यो। यो पटक पनि क्रोएसियाले जित जारी राखेमा फाइनलमा नै फ्रान्सलाई पाउनेछ। तर, त्यसका लागि सोमबार जापानको चुनौती पार गर्नुपर्नेछ।
अर्को समाचार
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो
०७ असार २०७८
•
१ मिनेट पाठ
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो
ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख नाघेको छ। यहाँँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट एक हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन्। उक्त समयमा कोरोना भाइरस सङ्क्रमणबाट १ हजार २५ जनाको निधन भएको हो।




ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरुभएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या ५ लाख नाघेको छ। यहाँ सन् २०२० फेब्रुअरी २६ बाट  सुरु भएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म अर्थात  सन् २०२१ जुन २० सम्म पाँच लाख १ हजार ८२५ जना पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय संञ्चार माध्यमले जनाएको छ।

आइतबार ब्राजिलका सञ्चार माध्यमहरुले पनि ब्राजिलमा कोरोनाको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ५ लाख नाघेको जानकारी दिएको थियो। गत २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि स्थानीय समयानुसार सोमबार जानकारी दिएको छ।

यो संख्यासँगै ब्रालिजमा कूल सङ्क्रमितको संख्या करिब १ करोड ८० लाख पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन्।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन।

यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको देखिएपछि पछिल्ला केही महिनामा सङ्क्रमितहरु झन् बढ्न थालेका छन्।  ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सक्रङ्मणको एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ।

ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ। यहाँका ८ करोड भन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन्।  
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस