पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिने
०५ फागुन २०७९
•
२ मिनेट पाठ
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिने
पोखरामा शनिबार आयोजना गरिएको सत्रौं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विभिन्न १६ देशका धावकले प्रतिस्पर्धा गर्ने भएका छन्।




नेपालसहित केन्या, इथियोपिया, सर्विया, इजिप्ट, अमेरिका, स्वीजरल्याण्ड, अष्ट्रेलिया, रसिया, फिलिपिन्स, हङकङ, फ्रान्स, बेलायत, पोल्याण्ड लगायतका देशबाट धावकले नाम दर्ता गराएको म्याराथन आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ।

म्याराथनमा सातवटै प्रदेशबाट ३७ जिल्लाका धावकले सहभागिता जनाउने छन्। पोखरा रङ्गशालामा हुने सो म्याराथन लगायतका सबै विधामा गरी हालसम्म आठ हजार जनाले नाम दर्ता गराएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए।

यस वर्षको खुला म्याराथनमा एक सय ५० धावक सहभागी हुने बताइएको छ। महिलातर्फको हाफ म्याराथनमा ३५ धावक उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

यसैगरी १० किलोमिटर पुरुषतर्फको दौडमा एक हजार पाँच सय र महिलातर्फ छ सय जनाले नाम दर्ता गराएका छन्। पाँच किलोमिटर दौडमा ७० विद्यालयका छात्र र छात्रतर्फ क्रमशः एक हजार छ सय जना र छ सय जनाले नाम दर्ता गराएका पराजुलीले बताए।

ह्विलचेयरतर्फ ४७, दृष्टिविहीन दौडतर्फ ९० र ‘रन फर फन’तर्फ पाँच हजार जनाले नाम दर्ता गराएका छन्। म्याराथन (४२.१९५) किमी दौडका विजेताले पाँच लाख रुपैयाँ, द्वितीयले तीन लाख रुपैयाँ र तृतीय हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

मञ्चले गण्डकी प्रदेशका धावकका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको छ। गण्डकीबाट सहभागी हुने धावकलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिनेछ।

महिलातर्फको हाफ म्याराथनमा च्याम्पियनलाई एक लाख ५० हजार रुपैयाँ, द्वितीयलाई एक लाख रुपैयाँ, तृतीय हुनेलाई ७५ हजार रुपैयाँ र सान्त्वना पुरस्कारस्वरुप १५ हजार रुपैयाँ प्रदान गरिनेछ।

यसैगरी १० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितीय र तृतीय  पुरस्कार क्रमशः ३० हजार, २० हजार, १५ हजार रुपैयाँ तथा पाँच किलोमिटर छात्रछात्रा दौडतर्फ विजेताले १५ हजार, द्वितीयले १० हजार र तृतीयले सात हजार रुपैयाँ पुरस्कार पाउने छन्।

ह्विलचेयर र दृष्टिविहीन महिला/पुरुष दौडतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ।

प्रतियोगितालाई सुजल डेरी प्रालिले २०७२ देखि मुख्य प्रायोजन गर्दै आएको छ। प्रतियोगिता सम्पन्न गर्न ९३ लाख रुपैयाँ खर्च लाग्ने आयोजक संस्थाले जनाएको छ। म्याराथनका लागि विभिन्न सङ्घसंस्थाले आर्थिक सहयोग गरेका छन्। रासस  
अर्को समाचार
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिदैं
०४ फागुन २०७९
•
३ मिनेट पाठ
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिदैं
नेपाली म्याराथनको इतिहासमै सर्वाधिक पुरस्कार राशीको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २९ विदेशी धावकसहित नेपाली धावकले प्रतिस्पर्धा गर्ने छन। बिहीबार आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालले पत्रकार सम्मेलन गर्दै म्याराथनमा १६ देशका २९ विदेशीसहित २ सय भन्दा बढी धावकले ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को टाईटल जित्न दौडिने छन।




‘२९जना विदेशी धावक छन्। केन्या, फ्रान्स, अमेरिका, बेलायत, भारत, अष्ट्रेलिया लगायतका देशका धावकको सहभागिता छ,’ मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने, ‘पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्मका धावकले प्रतिस्पर्धा गर्न पोखरा आएका छन्।’  

सिटी म्याराथनको अवधारणाबाट शुरु भएको पोखरा म्याराथन विस्तारै बयष्क बन्दै गएको छ। आगामी फागुन ६ गते शनिबार १७ औं संस्करणको म्याराथनलाई अन्तराष्ट्रिय म्याराथन सञ्जाल ‘एशोसिएसन अफ इन्टरनेशनल म्याराथन सोसाईटी’(एम्स)को मान्यता दिएको छ। मान्यता पाएसँगै अन्तर्राष्ट्रिय धावकको सहभागिता समेत उल्लेख्य बढेको उनको बुझाई छ। महिला तर्फको हाफ म्याराथनमा २० जना धाविकाले प्रतिस्पर्धा गर्ने उनले जानकारी गराए।  

मञ्चले यो वर्ष म्याराथनको रुट(बाटो) समेत परिवर्तन गरेको छ। पृथ्वीराजमार्गमा बढी दौडाउँदै आएको मञ्चले यो वर्ष भने राजमार्गलाई हटाउँदै भित्री बाटोलाई बढी प्राथमिकतामा राखेर रुट तय गरेको छ। लेखनाथ क्षेत्रमा परेको राजमार्गको रुटलाई अहिले पूर्ण रुपमा हटाएको छ। मुख्य बजार क्षेत्रदेखि पोखराकै भित्री सडकलाई रुटको रुपमा प्रयोग गरिएको उनको भनाई थियो। ‘हाईवेमा दौडाउँदा सवारीको समस्याले अहिले भित्री सडकमा रुट बनाईएको छ,’ मञ्चका अध्यक्ष पराजुलीको भनाई थियो।  

‘यो विश्वकै उत्कृष्ट म्याराथन हो। जहाँ ७ वटा मन्दिरलाई देख्न पाईन्छ। १७ वटा वडालाई छुन्छ’ नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने, ‘उत्कृष्टसँगै चुनौति पनि बढ्दै गएको छ।’ उनले पछिल्लो समय पोखरामा बढ्दै गएको सवारीले ट्राफिक जामको समस्या निम्त्याउने भन्दै त्यसको निराकरण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए।  

खुल्ला १० किलोमिटर पुरुष तर्फ ३ सय जनाले सहभागिता जनाएका छन्। महिला तर्फ १०० जनाले प्रतिस्पर्धा गर्ने छन्। त्यसैगरी पाँच किलोमिटर विद्यालयस्तरीय छात्रछात्रा तथा ह्वीलचियर र दृष्टिविहीन दौडलाई समेत इभेण्टको रुपमा मञ्चले विगतमा झैं समेट्दै आएको छ। सुजल डेरी प्रालिको उत्पादन सफल दूधले मुख्य प्रायोजन गर्दै आएको म्याराथन विजेताले  ५लाख रुपैयाँ प्राप्त गर्ने छ। द्वितीयलाई ३ लाख, तृतीयलाई २ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ। खुला म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न विजेतालाई ५०, उपविजेताले ३० र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ।  

महिला हाप mम्याराथनले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छन्। १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन। ५ किलोमटिर छात्रछात्रा दौड विजेताले नगद १५, १० र ७ हजार रुपैयाँ प्राप्त गर्ने छन। दौड पोखरा रंगशालाबाट शुरु भई बजार परिक्रमा गरेर पोखरा रंगशालामै पुगेर टुंगिने छ।  
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस