यूएईले सिंगापुरलाई २०१ रनले हरायो
१० वैशाख २०८०
•
१ मिनेट पाठ
यूएईले सिंगापुरलाई २०१ रनले हरायो
एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई पराजित गरेको छ।




कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको  समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले सिङ्गापुरलाई दुई सय एक रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो। यस जितसँगै युएईले चार अङ्क जोडेको छ।

युएईले दिएको चार सय ७२ रनको विजयी लक्ष्य पच्छाएको सिङ्गापुर निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ७० रनमा समेटियो। सिङ्गापुरका लागि मनप्रित सिंहले सर्वाधिक ६६ रनको योगदान दिए। त्यस्तै थिलिप उमीदुराईले ५२ रन जोडे भने सुरेन्द्रर चन्द्रमोहन र कप्तान अरित्र दत्तले समान ३८र३८ रन बनाए। युएईका लागि सचित शर्मा, कात्तिक मैयप्पन र आयन अफजल खानले समान दुईरदुई विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा सवै विकेट गुमाउदैँ चार सय ७१ रनको योगफल तयार बनाएको थियो। युएईका लागि युवा ब्याटर वृत्य अरविन्दले सर्वाधिक एक सय ७४ रनको योगदान दिए। एक सय ३३ बल खेलेका उनले १७ चौका र सात छक्काको मद्धतमा एक सय ७४ रन जोडेका हुन्।

त्यसैगरी, युएईका कप्तान मोहम्मद वासिमले एक सय ६० रन जोडे। उनले ८२ बलमा ९ चौका र १६ छक्काको मद्दतमा एक सय ६० रन बनाएका हुन्। आयन अफजल खानले ७४ रन बनाए। उनले ५० बलमा ९ चौका र ३ छक्कासहित ७४ रन बनाएका हुन्।

यस्तै, युवा ओपनर आर्यन लाक्रा सात बलमा दुई चौकासहित १२ रनमा आउट भए। आसिफ खान ११ तथा रोहन मुस्तफा तीन रनमा आउट भए। बलिङतर्फ सिङ्गापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे। त्यस्तै, विनोथ भास्करनले दुई विकेट लिँदा मनप्रीत सिंहले एक विकेट लिए।

उक्त प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा भोलि नेपालले साउदी अरेबियासँग खेल्नेछ।
अर्को समाचार
एसिसी प्रिमियर कप सेमिफाइनलः टस हारेर पहिला ब्याटिङ्ग गर्दै नेपाल
०७ वैशाख २०८१
•
२ मिनेट पाठ
एसिसी प्रिमियर कप सेमिफाइनलः टस हारेर पहिला ब्याटिङ्ग गर्दै नेपाल
एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।




ओमानस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा केहीबेरमा सुरु हुने खेलमा युएईले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

ओमानमा जारी प्रिमियर कपमा समूह ‘ए’ मा रहेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने युएई समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

गत सिजनमा नेपालले फाइनलमा युएईलाई पराजित गरेर विजेता बनेको थियो। साविक विजेता समेत रहेको नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्दै फेरि एसिया कप खेल्ने लक्ष्य नजिक पुग्न चाहन्छ। तर, गत सिजनमा नेपालसँग उपाधि जित्न नसकेको युएई आजको खेलमा आफ्नो हारको बदला लिँदै उपाधि रक्षाका लागि अघि बढ्न चाहन्छ।

एसिसी प्रिमियर कपको विजेता टोलीले सन् २०२५ मा हुने एसिया कप खेल्न पाउने छ। त्यसकारण पनि नेपालका लागि आजको जित महत्त्वपूर्ण हुनेछ।

नेपालले जारी सिजनमा खेलेको ४ खेलमा सबैमा सानदार जित हात पारेको छ भने युएईले ४ खेलमा १ खेल गुमाउँदै ३ मा जित हात पारेको छ। त्यसकारण पनि साविक विजेता र उपविजेताबीच आजको खेल निकै रोमाञ्चक हुने मानिएको छ।

आजको खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल, आशिफ शेखसहित दिपेन्द्रसिंह ऐरीमाथि विशेष नजर रहने छ। समूह चरणको अन्तिम खेलमा राम्रो प्रदर्शन गर्न नसकेका यी खेलाडीहरूले भोलिको खेलमा कस्तो प्रदर्शन गर्छन् भन्नेमा सबैको चासो हुनेछ।

त्यस्तै अविनाश बोहरा, गुलशन झा, कुशल मल्ल, करण केसी, ललित राजवंशी र सोमपाल कामीमाथि पनि नजर रहने छ। युएईका सुरुआती ब्याट्सम्यान अलिशान सराफु, आशिफ खानलाई रोक्न सके धेरै रन बन्न पाउँदैन। त्यसकारण पनि नेपालको बलिङ्ग र ब्याटिङ्ग दुबैमा विशेष ध्यान दिनु पर्नेदेखिन्छ।

आजै हुने अर्को सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेता ओमानले समूह ‘ए’ को उपविजेता हङकङको सामना गर्नेछ। अमेरात क्रिकेट ग्राउन्डमा हुने यी दुई टोलीबीचको खेल दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।
बिहानको घन्टी
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस