एसीसी प्रिमियर कपको फाईनलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ। आज नेपाल यूएईलाई ७ विकेटबाट हराउँदै उपाधी जित्दै एसिया कपको लागि छनौट भएको हो।
हिजो पानी परेकाले पुरा खेल नभएपछि आज दोश्रो दिन खेलको यूएई ११७ रनमा अल आउट भयो। जवाफमा नेपालले ३० ओभरमा ३ बलमा ३ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । नेपालका गुल्सन झा ६७ तथा भिम साकी ३६ रन बनाए। क्रिकेट हेर्ने दर्शकको उपस्थिति एकदमै उत्साहजनक रहेको छ। दर्शकहरु मैदानमा मात्र नभएर वरपरको पर्खाल र रुखमा चढेर समेत क्रिकेटको मज्जा लिइरहेका छन्।
एसीसी प्रिमियर कप टी–२० क्रिकेटको उपाधिका लागि आज साविक उपविजेता युएई र आयोजक ओमानबीच खेल हुँदैछ।
ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुने आजको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।
मोहम्मदर वसिमको कप्तानीमा रहेको युएई गत सिजनमा उपाधि जित्नबाट चुकेको हुँदा आजको खेलमा जित निकाल्दै एसिया कप खेल्ने आफ्नो सपना पूरा गर्न चाहन्छ। लिगको पहिलो सिजनमा नेपालसँग पराजित भएको युएई यसपटक भने सेमिफाइनलमा नेपाललाई हराउँदै फाइनलमा पुगेको हो।
जिसान मकसुदको कप्तानीमा रहेको ओमान पनि एसिया कप खेल्ने आफ्नो सपना पूरा गर्न चाहन्छ। ओमानले सेमिफाइनलमा हङकङलाई पराजित गर्दै फाइनलको यात्रा गरेको हो।
आजको विजेता टोलीले सन् २०२५ मा हुने एसिया कप खेल्न पाउने छ। तर, नेपालको आगामी एसिया कप खेल्ने सपना भने अधुरै रह्यो।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...