जिल्ला तथा प्रदेश क्रिकेट संघद्वारा मुख्यमन्त्री समक्ष ज्ञापनपत्र
२८ जेष्ठ २०८०
•
४ मिनेट पाठ
जिल्ला तथा प्रदेश क्रिकेट संघद्वारा मुख्यमन्त्री समक्ष ज्ञापनपत्र
संघीय बजेटले पोखराको क्रिकेट मैदानको स्तरोन्नतिको लागि सम्बोधन नभएपछि कास्की जिल्ला क्रिकेट संघले गण्डकी प्रदेश मुख्यमन्त्री समक्ष ज्ञापनपत्र पेश गर्दै क्रिकेट मैदानको लागि आवश्यक बजेट छुट्टाउन आग्रह गरेको छ।  




गण्डकी प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउँदै छ। प्रदेश सरकारले ल्याउने बजेटमा पोखरा रंगशाला क्रिकेट मैदानलाई स्तरोन्नति गर्न आवश्यक बजेट उपलब्ध गराउन संघले आईतबार विहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष ज्ञापनपत्र पेश गरेको छ। आगामी सन २०२७ मा यु–१९ महिला क्रिकेटको विश्वकप बंगलादेशसँग सहआयोजना गर्ने तयारी नेपाल क्रिकेट संघले गरेको जनाउँदै पोखराको क्रिकेट मैदानलाई स्तरोन्नति गरी बैकल्पिक मैदानको रुपमा विकास गर्नुपर्ने ध्यानाकर्षण समेत संघले गरेको छ।

‘संघीय बजेटमा पोखराको क्रिकेट मैदानलाई सम्बोधन नहुँदा प्रदेश सरकारबाटै बजेटको व्यवस्था गरी भईरहेको मैदान स्तरोन्नती गर्ने र नयाँ बैकल्पिक मैदान निर्माणको लागि प्रदेश सरकार समक्ष ज्ञापनपत्र पेश गरेका हौ,।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने,‘रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्दै अन्तर्राष्ट्रियस्तको बनाउनुपर्छ। अर्को बैकल्पिक मैदान पनि अत्यावश्यक भईसकेको छ।’  

मैदानको स्तरोन्नति हुन नसक्दा पोखरामा अन्तर्राष्ट्रियस्तरका खेलहरु पोखरा ल्याउन नसकिएको सुनाउँदै अध्यक्ष सिग्देलले थपे, ‘रंगशालाभित्रको मैदानलाई स्तरोन्नति गरेर अर्को बैकल्पिक मैदान बनाउन प्रदेश सरकार आफैं अगाडि सर्नुपर्छ।’ पोखरामा बैकिल्पक मैदानसहित गण्डकी प्रदेशमा कम्तीमा तीनवटा खेल मैदानको व्यवस्था गर्नु समेत आग्रह गरिएको संघका अध्यक्ष सिग्देलले सुनाए।  
गण्डकी प्रदेशमै पोखरा रंगशाला क्रिकेट मैदान जस्तै उपयुक्त क्रिकेट मैदान अर्को छैन्। संघीय सरकारको बजेटमा समेत हेपिएपछि प्रदेश सरकारकै दायित्व हुने भन्दै मैदान बनाउन आवश्यक बजेट दिनुपर्नेमा जोड प्रादेशिक क्रिकेट संघको थियो। प्रदेश सरकारको सहभागितामा पोखरा रंगशाला क्रिकेट मैदानको स्तरोन्नति गर्नुपर्नेमा जोड रहेको प्रादेशिक क्रिकेट संघका अध्यक्ष देवेनसन प्रजूले बताए। ‘बैकल्पिक मैदानको रुपमा पोखरा–१४ छिनेडाडाँस्थित बाच्छेवुडुवामा बनाउने ध्यानाकर्षण गरायौं’ उनले भने, ‘प्रदेशकै छुट्टै मैदान बनाउनुपर्छ भन्ने ध्येय छ। मुख्यमन्त्रीसहित प्रदेश सरकार सकारात्मक छ।’  

मुख्यमन्त्री पाण्डे समक्ष पेश गरिएको ज्ञापनपत्रमा संघले गत वर्ष प्रदेशलाई प्रतिनिधित्व गरेर प्राप्त गरेको सफलतालाई उचित पुरस्कारको व्यवस्था गर्नुपर्ने दोहोेर्याएको छ। ‘गण्डकी प्रदेश सरकारले गतवर्ष महिला उमेर समूह विजेता बन्दा घोषणा गरिएको पुरस्कार अझै पाउन नसकिरहेको अवस्थामा पुनःयसलाई अगाडि बढाउन अनुरोध छ।’ गण्डकी प्रदेश महिला टोलीले गतवर्ष कर्णाली प्रदेशलाई पराजित गर्दै सुदुर पश्चिम मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो।

उपाधि जितेर फर्किएको टोलीलाई तत्कालिन अर्थमन्त्री रामजीप्रसाद बरालले खेलाडीलाई खादा लगाई सम्मान गर्दै प्रत्येक खेलाडीलाई जनही ५० हजार दिने घोषणा गरेका थिए। त्यो घोषणा केवल घोषणमै सीमित रहेको जनाउँदै कास्की जिल्ला क्रिकेट संघले खेलाडीलाई प्रोत्साहन स्वरुप घोषित पुरस्कार प्रदान गर्न प्रदेश सरकार समक्ष आग्रहसहित ज्ञापनपत्र पेश गरिएको संघले जनाएको छ।  

संघले विद्यालयस्तरीय छात्रतथा छात्राहरुको जिल्ला तहदेखि प्रदेशस्तरसम्म प्रतियोगिता सञ्चालन गर्न समेत ज्ञापनपत्र उल्लेख गरेको छ। संघले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीहरुको भविष्यलाई सुनिश्चित गर्न र खेललाई जारी राख्न प्रेरित गर्न रोजगारीको व्यवस्था गर्नुपर्ने जोड दिएको छ। ज्ञापनपत्रमा जिल्लालाई प्रतिनिधित्व गर्दैै राष्ट्रिय टोलीमा सफल खेलाडीहरु दिपेश खत्री,करण केसी (पुरुष सिनियर), समीर सेन, अर्जुन कुमाल, सुवास भण्डारी, हरि चौहान (पुरुष उमेर समूह), सृष्टि जैसी, शिला रेग्मी क्षत्री (महिला उमेर समूह, एशियाड चीन), मनिषा उपाध्याय (महिला सिनियर), सिब्रिन श्रेष्ठ र सोहेल कुँवर (बन्द प्रशिक्षण यु–१६) र प्रदेशबाट किशोर महतो, दिपक डुम्रे, विज्ञान पाण्डे (बन्द प्रशिक्षण यु–१६ नवलपुर), अञ्जली विक (स्याङजा) रहेका छन्।  

प्रदेश सदस्य तथा संसदीय दलको उपनेता विन्दुकुमार थापा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्रकुमार शेरचन लगायतको उपस्थितिमा संघले मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र पेश गरेको थियो।  
अर्को समाचार
बाजुरामा इलाका प्रशासन कार्यालय स्थापनाको माग
०५ चैत्र २०८०
•
२ मिनेट पाठ
बाजुरामा इलाका प्रशासन कार्यालय स्थापनाको माग
जिल्लाको पूर्वी र उत्तरी भेगका चार पालिकाका नागरिक इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै आइतबारदेखि आन्दोलित भएका छन्।  




कुण्डा भेगका नागरिकले राज्यको सेवा लिन वर्षौंदेखि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्न तथा उक्त क्षेत्रका नागरिकलाई नागरिकतालगायत अन्य सेवा प्रवाह इलाका प्रशासन कार्यालय स्थापनाबाट सहज हुने भएकाले त्यसो हुनुपर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन्।  

आइतबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई शान्तिपूर्ण दबाब र्‍याली गर्दै ज्ञापनपत्र बुझाएको कुण्डाली सेवा समाज बाजुराका संयोजक नृपबहादुर थापा (भोटे)ले जानकारी दिए। उनले कुण्डा क्षेत्रका नागरिकले राज्यबाट प्रदान हुने नागरिकता, विभिन्न सिफारिस लिन आफूहरूले हजारौँ रुपैयाँ खर्च गरेर आउनुपर्ने बाध्यत्मक अवस्था रहेकाले त्यसको अन्त्यका लागि इलाका प्रशासन कार्यालय स्थापनको मागसहित आन्दोलन गर्नुपरेको बताए।  

उनले सुदूरपश्चिम प्रदेशको गौरवको सडक मार्तडी–कोल्टी सडकमा नियमित बस सेवा सञ्चालन गर्न माग गरेको बताएको छ। भौगोलिक विकटताका कारण माथिल्लो क्षेत्रका चार पालिकाका नागरिकले राज्यको सेवा दुर्गम बस्तीका नागरिकले चार दिन लगाएर सदरमुकाम आउनुपर्ने परिस्थिति भएकाले इलाका प्रशासनको लागि दबाबमूलक र्‍याली आन्दोलन गर्न बाध्य भएको कुण्डाली क्षेत्रका नागरिक हीराबहादुर रोकायाले बताए।  

प्रमुख जिल्ला अधिकारीलाई कुण्डाका नागरिकले पहिलो चरणमा प्रशासनलाई शान्तिपूर्ण दबाबमूलक  र ज्ञापनपत्र बुझाएको उनले बताए। सरकारले कुण्डाली क्षेत्रका नागरिकको माग सुनुवाइ नगरपछि चरणबद्ध आन्दोलनका कार्यक्रम अघि सार्दै माग पुरा नभएसम्म दबाबमूलक कार्य जारी राख्ने उनीहरुको भनाइ छ।  

ज्ञापनपत्रमा तत्कालका लागि मार्तडी कोल्टी सडक खण्डको स्तरोन्नति नहुँदा बोलेरो जीप चल्ने गरेकाले नियमित बस सेवा सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी सडक मर्मत गर्न सहजीकरण गरी बस दीर्घकालीन समस्या समाधानका लागि पूर्वाधार कार्यालयले निर्माण व्यवसायीलाई दबाब दिनुपर्ने, पूर्वी उत्तरी क्षेत्रको उपयुक्त स्थानमा इलाका प्रशासन कार्यालय हुने गरी जिल्ला प्रशासन कार्यालय बाजुराबाट सिफारिस भएको प्रगतिको राजनीतिक दल र प्रशासनलाई दबाब दिने र कुण्डाली सेवा समाजले जिल्लाबाट विभिन्न दलबाट नेतृत्व गर्ने दलका नेता तथा सांसद पूर्व सांसद र कर्मचारीलाई मार्तडी–कोल्टी नियमित बस सेवा र इलाका प्रशासन कहिले स्थापना हुन्छ म्यासेज गर्ने लेखिएको छ।  

कुण्डा क्षेत्रका जिल्ला सदरमुकाम मार्तडीमा बसोबास गर्दै आएका नागरिकको  गत शनिबारको भेलाले दबाबमूलक ¥याली तथा धर्ना कार्यक्रम अघि बढाउने संयोजक थापाको भनाइ छ। उत्तरी क्षेत्रका नागरिकले वर्षायाममा प्रशासनबाट सरकारी सेवा लिनका लागि सहज नभएकाले उनीहरुले राखेका माग सकारात्मक भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए।  

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सम्बन्धित मन्त्रालय र ज्ञापनपत्रमा उल्लेख गरिएका दल तथा व्यक्तिलाई पठाउने प्रतिक्रिया दिए। 
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस