विश्व नम्बर एकसँग खेल्दै नेपाल- खेल अघि के भन्छ्न् दुबै देशका कप्तानहरू?
१३ भदौ २०८०
•
४ मिनेट पाठ
विश्व नम्बर एकसँग खेल्दै नेपाल- खेल अघि के भन्छ्न् दुबै देशका कप्तानहरू?
नेपालका कप्तान रोहित पौडेल र पाकिस्तानका कप्तान बाबर आजम।
नेपालले एसिया कप क्रिकेटको डेब्यु खेलमा नै बुधबार आइसिसी एकदिवसीय वरीयताको शीर्ष टोली पाकिस्तानको चुनौती सामना गर्दै छ।




१० राष्ट्र सम्मिलित एसिसी मेन्स प्रिमियर कपको विजेता बन्दै एसिया कपको ढोका खोलेको नेपालका लागि यो प्रतियोगिता सबैभन्दा ठूलो सफलता मध्ये एक हो। विश्व क्रिकेटकै महारथी पाकिस्तान र भारतविरुद्ध खेल्न पाउनुलाई नेपालले अवसरका रूपमा पनि लिनेछ। आइसिसी विश्वकप लिग–२ को अन्तिम १२ खेलमा ११ जित निकाल्दै जिम्बाब्वेमा भएको विश्वकप छनोटमा विश्वस्तरीय टोलीविरुद्ध खेलेको नेपालले एसिया कपमा पनि त्यो अवसर पाउँदैछ। सन् २०१८ मा एकदिवसीय मान्यता पाएको नेपाल हाल यो फरम्याटमा १५औं स्थानमा छ। जसले बुधबार मुल्तान क्रिकेट स्टेडियममा विश्वस्तरीय क्रिकेटरले भरिएको पाकिस्तानको चुनौती सामना गर्नु पर्नेछ।  

यो खेल दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ। आगामी विश्वकप क्रिकेट २०२७ मा १४ राष्ट्रले खेल्न सम्भावना छ। त्यसो हुँदा नेपालले पनि विश्वकप खेल्ने सपना पाल्नेछ। तर, त्योभन्दा अगाडि नेपालले आफूलाई एसिया कप जस्तो प्रतियोगिताबाट प्रमाणित गर्नु पर्नेछ। पाकिस्तानका कप्तान बाबर आजमले पनि भारतसँगको खेल अगाडि नेपालविरुद्धको खेलमा नै ध्यान केन्द्रित भएको बताएका छन्। कुनै पनि टोलीलाई सहज रूपमा लिन नसकिने उनको धारणा थियो। ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने एसिया कपको आयोजक पाकिस्तान भए पनि भारतसँग राजनीतिक द्वन्द्वका कारण हाइब्रिड प्रणालीका आधारमा अधिकांश खेल श्रीलंका सारिएको छ।  

‘हामी पहिलोपटक एसिया कप खेल्दैछौं। यो हाम्रा लागि ठूलो अवसर हो। हामी भारत र पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्नेछौं। यो अवसरका लागि नेपालले पछिल्ला दुई दशकदेखि खेलिरहेको छ।’ – नेपालका कप्तान रोहित पौडेल
मुल्तानमा एसिया कपको उद्घाटन हुँदा पाकिस्तानले गद्दाफीमा थप तीन खेल भने आयोजना गर्न पाउनेछ। पाकिस्तान जान भारतले अस्विकार गरेपछि उसले सबै खेल श्रीलंकामा नै खेल्नेछ। फाइनलसहित श्रीलंकामा ९ खेल आयोजना हुँदै छ। आजमले पाकिस्तानमा नै सबै खेल नहुनु दूर्भाग्यपूर्ण रहेको बताए। ‘पाकिस्तानमा नै सबै खेल हुँदा राम्रो हुने थियो। दूर्भाग्यवस् त्यसो हुन सकेन,’बाबरले भने, ‘तर खेलतालिका जे भए पनि हामी तयार नै छौं।’ भारतसँगको सेप्टेम्बर २ को खेलका लागि पाकिस्तान श्रीलंका जानेछ। निरासापूर्ण नतिजा आएन भने भारत र पाकिस्तानले सेप्टेम्बर १० मा कोलम्बोमा पनि प्रतिस्पर्धा गर्नेछ।

‘भारत र पाकिस्तानबीचको खेल निकै प्रतिस्पर्धा र तनावपूर्ण हुन्छ। यद्यपि, अहिले हामी नेपालसँगको खेलमा ध्यान केन्द्रित गर्न चाहन्छौं। किनकि नेपाललाई हामीले सामान्य रूपमा लिएका छैनौं।’ –पाकिस्तानका कप्तान बाबर आजम
‘हामीले लगातार यात्रासँगै खेल पनि खेल्नु पर्नेछ। तर, हामी उत्साहित छौं,’बाबरले भने, ‘भारत र पाकिस्तानबीचको खेल निकै प्रतिस्पर्धा र तनावपूर्ण हुन्छ। यद्यपि, अहिले हामी नेपालसँगको खेलमा ध्यान केन्द्रित गर्न चाहन्छौं। किनकि नेपाललाई हामीले सामान्य रूपमा लिएका छैनौं। यो पहिलो खेल हो र जुन महŒवपूर्ण पनि छ।’ नेपाल, पाकिस्तान र भारत समूह ‘ए’ मा छन्। डिफेन्डिङ च्याम्पियन श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’ मा छन्। समूहका शीर्ष दुई टोली सुपर फोरका लागि छनोट हुनेछन्। पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल यो अवसरलाई यादगार बनाउने लक्ष्यमा हुनेछ।

१० राष्ट्र सम्मिलित एसिसी मेन्स प्रिमियर कपको विजेता बन्दै एसिया कपको ढोका खोलेको नेपालका लागि यो प्रतियोगिता अहिलेसम्मकै ठूलो सफलता मध्येको हो।  
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारत र पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन्। ‘हामी पहिलोपटक एसिया कप खेल्दैछौं। यो हाम्रा लागि ठूलो अवसर हो,’कप्तान रोहित पौडेलले भने, ‘हामी भारत र पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्नेछौं।’ रोहितले यो अवसरका लागि नेपालले पछिल्ला दुई दशकदेखि खेलिरहेको पनि बताए। ‘हामी यो स्थानका लागि योग्य टोली हौं। यहाँसम्म आइपुग्न हामीले पछिल्ला दुई दशकदेखि खेलिरहेका छौं। विश्वस्तरीय टोलीबाट धेरै पक्षमा अनुभव प्राप्त गर्नेछौं,’रोहितले भने।

नेपाललाई ग्लोबल स्टार तथा चर्चित लेग स्पिनर सन्दीप लामिछानेको साथ छ। उनी पाकिस्तानका लागि चुनौती बन्न पनि सक्नेछन्। नेपालका लागि पनि पाकिस्तानका विश्वस्तरीय ब्याटर बाबरसहित विश्व नम्बर तीनका इमाम उल हक र विश्व नम्बर पाँचका फखर जमान चुनौती बन्न सक्छन्। नेपालका ब्याटरले विश्वकै तीव्र गतिका बलर साहिन साह अफ्रिदी, हरिस रौउफ र निसम शाहको चुनौती पार गर्न निकै संघर्ष गर्नुपर्नेछ।
अर्को समाचार
एसिसी यू–१९ एसिया कप क्रिकेटः नेपालको सय रन पूरा, गुमायो छैटो विकेट
२२ मंसिर २०८०
•
१ मिनेट पाठ
एसिसी यू–१९ एसिया कप क्रिकेटः नेपालको सय रन पूरा, गुमायो छैटो विकेट
एसिसी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेटमा नेपालले छैटो विकेट गुमाएको छ। कमजोर सुरुआत गरेको नेपालका उत्तम मगर र दिपेश कँडेलले पारी सम्हाले पनि छैटो विकेटको रुपमा कँडेललाई गुमाएको हो।




दुबईमा भइरहेको खेलमा पाकिस्तानविरुद्ध टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गरेको नेपालले निर्धारित ५० ओभरमध्ये ३४ ओभर खेल्दै ६ औँ विकेट गुमाएको हो।

कँडेलले ५९ बलमा ३१ रन बनाएर आउट भएका हुन्।

हालसम्मको अवस्थामा नेपालले ३४ ओभर खेल्दै ६ विकेटको क्षतिमा ११४ रन बनाएको छ। 

नेपालका ५ विकेटमा देव खनाल, आकाश त्रिपाठी, तिलक भण्डारी, अर्जुन कुमाल र गुलशन झा आउट भइसकेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस