बजेट र प्रशिक्षक अभावले प्रशिक्षण प्रभावित
२६ मंसिर २०८०
•
२ मिनेट पाठ
बजेट र प्रशिक्षक अभावले प्रशिक्षण प्रभावित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय एकवर्ष बाँकी छ। वर्षदिन बाँकी छँदा नवौंमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकी प्रदेशको दशौं तयारी भने शून्यमा छ।  




गण्डकी प्रदेशलाई नवौंको साख जोगाउनुपर्ने दायित्व छ। साख जोगाउन आवश्यक तयारी गर्नुपर्ने भएपनि गण्डकीको तयारी धिमा छ। पूर्वाधार छन्। पूर्वाधार भएपनि प्रशिक्षण गराउने प्रशिक्षक छैनन्। स्वयंसेवक प्रशिक्षकको भरमा राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउनुपर्ने बाध्यता गण्डकी प्रदेशको नियति दोहोरिने सम्भावना छ। जिल्ला खेलकुद विकास समिति कास्कीसँग दरबन्दीका प्रशिक्षक छैनन्। प्रदेश खेलकुद परिषद गण्डकीले प्रशिक्षक नियुक्ति गर्ने प्रयास गरेको छ। यद्यपी नियुक्तिको निर्णय भईसकेको छैन्। खेल प्रशिक्षण अझै छैन्।  

‘पहिला हामी राष्ट्रपति रनिङ शिल्डको तयारीमा छौं,’ प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले भने, ‘त्यसपछि बागमती प्रदेशमा आयोजना हुने प्रदेशस्तरीय खेलकुदको तयारीमा जुट्छौं।’ उनले बागमती प्रदेशले आयोजना गर्ने प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सहभागिता जनाएपछि मात्रै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्ने छौं।’ उनले अनुसार राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ठ खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा छनोट गरेर गण्डकी प्रदेशको टोली तयार गरिने छ।

कर्णाली प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुव केही खेललाई लक्षित गर्दै भत्ताको व्यवस्थापन गरी प्रशिक्षण शुरु गरेको छ। यसले कर्णाली प्रदेशको खेलकुदमा नयाँ आयाम हुने विश्वास छ। तर नवौंमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकी प्रदेशले भने तयारी नचाल्दा पुरानो साख गुमाउने हो कि भन्ने चिन्ता थपिएको छ। पदक जित्ने खेललाई बर्गिकरण गरेर प्राथमिकतामा राखेर प्रशिक्षण गराउनुपर्ने अहिलेको अवश्यकता भएपनि गण्डकी प्रदेश त्यसमा अझै ध्यान दिन सकेको छैन्।  

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव शर्माले प्रदेशस्तरीय खेलकुद प्रतियोगिता र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि आवश्यक बजेट अभाव हुने जिकिर गरे। ‘बजेट पर्याप्त छैन्। मन्त्रालयले पैसा दिएको छैन्। भएको बजेट बागमती प्रदेशले आयोजना गर्ने प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको तयारीमा सकिन्छ,’ उनको भनाई थियो, ‘आगामी बैशाखदेखि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अगाडि बढाउने योजना भएपनि बजेट नहुदाँ समस्या परेको छ।’ उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी पहिचान शुरु गरिएको जनाए। राष्ट्रपति रनिङशिल्ड मार्फत खेलाडी पहिचान गर्ने तर्फ प्रदेश केन्द्रीत रहेको उनको भनाई थियो।  
अर्को समाचार
प्रादेशिक रंगशाला निर्माणको काम तीब्र
१४ मंसिर २०७९
•
२ मिनेट पाठ
प्रादेशिक रंगशाला निर्माणको काम तीब्र
निर्माण भइरहेको प्रादेशिक रंगशालाको निरीक्षण गर्दै मुख्यमन्त्री जीवनबहादुर शाही।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश सरकारले सुरु गरेको प्रादेशिक रंगशाला निर्माणको काम ३० प्रतिशत सम्पन्न भएको छ। प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण भइरहेको रंगशाला समय अगावै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।  




राष्ट्रिय खेलकुद परिषद्ले कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेसँगै प्रदेश सरकारले पूर्वाधार निर्माणतर्फ आफ्नो केन्द्रीत गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रादेशिक रंगशालासँगै १० वटै जिल्लामा खेलकुद पूर्वाधार निर्माणको कामलाई तिब्रता दिइएको बताए।

मुख्यमन्त्री शाहीले रंगशाला शिलान्यास गरेयता एक वर्षको अवधिमा ३२ औं पटक अनुगमन गरेका छन्। खेलकुदको शून्य पूर्वाधार भएको कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता आयोजना गर्नका लागि प्रदेश सरकारले प्रादेशिक रंगशालासहित सबै जिल्ला खेलकुद पूर्वाधार निर्माण गरिरहेको उनले जानकारी दिए। प्रादेशिक रंगशाला एक अर्व ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँमा निर्माण भइरहेको छ।  

खेलकुदको शून्य पूर्वाधार भएको कर्णालीमा २०८१ बैशाखभित्र रंगशाला निर्माण सम्पन्न गर्ने गरेर कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण कम्पनी एम.ए.सी.जी. बीच गत कात्तिक महिनामा संझौता भएको थियो। मुख्यमन्त्री शाहीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माण गर्न बजेट अभाव हुन नदिने बताए। ‘कर्णालीमा पहिलो पटक खेलकुदको महाकुम्भ हुँदैछ,’ उनले भने, ‘यसका लागि पूर्वाधार पहिलो कुरा हो, पूर्वाधार निर्माणमा बजेटको कमि हुन दिनेछैनौं।’  

‘प्रदेश गौरवको योजना भएकाले समयमै सम्पन्न गर्ने गरेर कार्ययोजना बनाएका छौं,’ परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले भने, ‘रंगशालाले कर्णालीको खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएका छौं।’

निर्माण भइरहेको रंगशालाभित्र फिफाको मापदण्ड अनुसार फुटवल मैदानसँगै आठ लेनको सेन्थेटीक एथलेटिक्स ट्रयाक हुनेछ। यस्तै १० हजार दर्शक क्षमताको भूकम्प प्रतिरोधी प्यारोफिटसँगै भिआइपी प्यारोफिट, मिडिया रुम, रेफ्री, चेन्जिङ र रिफ्रेस रुप रहनेछ।  

रंगशालाभित्र मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ रहनेछ। अपाङ्गमैत्री रंगशालासँगै टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म रहने उनले जानकारी दिए। रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै पौडीपोखरी रहनेछ। यस्तै १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल रहनेछ।  

रंगशालाभित्र नेपालकै पहिलो अन्तराष्ट्रियस्तरको भलिबल कोर्ट निर्माण भइरहेको छ। १५ सय दर्शक अटाउने उक्त भलिबल कभर्ड हल वातानुकुलित हुनेछ। यसमा ह्याण्डबललगायतका खेलहरु खेल्न मिल्ने छ। यस्तै महिला र पुरुषले छुट्टाछुट्टै खेल्न मिल्ने गरेर आउटडोर भलिबल कोर्ट पनि यसमा समावेश छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस