कोल्मा क्रसकन्ट्री दौडमा आर्मीको वर्चश्व
०८ पौष २०८०
•
३ मिनेट पाठ
कोल्मा क्रसकन्ट्री दौडमा आर्मीको वर्चश्व
स्याङजाको कोल्मामा आयोजित क्रसकन्ट्री दौडमा आर्मीका धावकको वर्चस्व रहेको छ। सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको चौथो संस्करणको क्रसकन्ट्री दौडमा आर्मीका गोपाल तामाङले उपाधि जिते। आर्मीकै सञ्जय श्रेष्ठ र शुसिलकुमार शाही उपविजेता र सेकेन्ड रनर अप बने।  




निर्धारित २५ किलोमिटरको दुरीलाई १ घण्टा ३१ मिनेट ५६ सेकेन्डमा पार गर्दै तामाङले उपाधि सँगै नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। १ घण्टा ३३ मिनेट ४३ सेकेण्डमा पार गर्दै आर्मीकै सञ्जय श्रेष्ठ प्रतियोगिताका उपबिजेता बने। श्रेष्ठले नगद ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा निर्धारित दुरि १ घण्टा ३४ मिनेट २ सेकेन्डमा पार गर्दै आर्मीकै सुशील कुमार शाहीले तेस्रो स्थान सहित नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पारे।

त्यसैगरी २१ वर्ष मुनिको १० किलोमिटर पुरुष खुल्ला दौडतर्फ तनहुका सनम गुरुङले ४१ मिनेट १४ सेकेन्डमा पार गर्दै उपाधि हात पारे। उपाधि संगै गुरुङले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। निर्धारित दुरि ४२ मिनेट ४३ सेकेण्डमा पार गर्दै पोखराका तेन्जेन रोका उपबिजेता बन्न पुगे। उपबिजेता रोकाले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रापत गरे। पोखराकै  मनोज रोकाले निर्धारित दुरि ४२ मिनेट ५५ सेकेन्डमा पार गर्दै तृतीय स्थान संगै नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

त्यस्तै महिला तर्फको ५ किमिको दौडको उपाधि जुम्लाका राममाया बुढाले हात पारे बुढाले निर्धारित दुरि २१ मिनेट १८ सेकेण्डमा पार गर्दै उपाधि संगै नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे। निर्धारित दुरि २३ मिनेट १६ सेकेण्डमा पार गर्दै दाङका सुस्मिता कुमारी चौधरि उपबिजेता बनिन। उपबिजेता चौधरिले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन। प्रतियोगितामा पोखराका नितु तामाङले निर्धारित दुरी २५ मिनेट ३७ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल भईन। तामाङले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भईन।

प्रतियोगिताका बिजेताहरुलाई बन्जी नेपाल पोखराले बन्जीका लागि समेत फ्री टिकट उपलब्ध गराएको छ। प्रतियोगितामा ११ वर्षीय एन्जिला जिटि सवभन्दा कम उमेर र ५८ वर्षीय गोविन्द नेपालीले समेत सहभागीता जनाएका थिए। प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा, गण्डकी प्रदेशका पुर्व मन्त्रीहरु दिपक चर्ती मगर, मेखलाल श्रेष्ठ, गण्डकी प्रदेशका पुर्व सांसद मीनप्रसाद गुरुङ, पुतलीबजार नगरपालिका मेयर तुलसिराम रेग्मी, सातसय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष दुतप्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।  

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले खेलकुदको माध्यामबाट ग्रामीण क्षेत्रको बिकासमा थप टेवा पुग्ने वताउदैै कोल्माको बिकासका लागी आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने बताए। प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले सातसय कोल्मा सम्पर्क मञ्चले राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता गरी खेलकै माध्यामबाट कोल्मामा पर्यटक भित्र्याउन सफल भएको वताउदै गाँउको बिकासका लागी सम्पूर्ण राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताए।  
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
१ घण्टा अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
यो पनि पढौँ
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस