केपी ओली कपमा भारत र भुटानका क्लब पनि सहभागी हुने
०३ माघ २०८०
•
१ मिनेट पाठ
केपी ओली कपमा भारत र भुटानका क्लब पनि सहभागी हुने
राष्ट्रिय युवा संघ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप २०८० गर्ने भएको छ। काठमाडौँको बानेश्वरमा आज पत्रकार सम्मेलन गर्दै युवा संघले केपी ओली कपको बारेमा जानकारी दिएको हो।




जहाँ युवा, त्यहाँ खेलकुद भन्ने मूल नाराका साथ सुरु हुने खेलमा नेपालका ए डिभिजन लिगका क्लब र विदेशी क्लबहरू सहभागी हुने अध्यक्ष क्षितिज थेबेले जानकारी दिए। प्रतियोगितामा भारत र भुटानका क्लब पनि सहभागी हुने जनाइएको छ।

खेलकुद र मनोरञ्जन मार्फत युवाहरूमाझ प्रभावकारी ढंगले कुरा राख्न सकिने भएकाले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष थेबेले बताए।

पत्रकार सम्मेलनमा बोल्दै एमालेका पोलिटब्युरो सदस्य तथा युवा संघका इन्चार्ज महेश बस्नेतले युवा संघले गर्न लागेको यस्ता प्रतियोगिताले समाजमा सकारात्मक सन्देश दिन बताए।

नकआउट शैलीमा हुने प्रतियोगिताको सेमिफाइनलसम्मका खेल च्यासल रंगशालामा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ।

प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका क्लबले प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मच्छिन्द्र क्लबले जितेको थियो।
अर्को समाचार
केपी ओली कप: आर्मी र मच्छिन्द्र सेमिफाइनलमा
१२ फागुन २०७९
•
२ मिनेट पाठ
केपी ओली कप: आर्मी र मच्छिन्द्र सेमिफाइनलमा
विभागीय टोली त्रिभुवन आर्मी क्लव र मच्छिन्द्र फुटबल क्लव राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।




ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा आमीले न्युरोड टिम (एनआरटी)लाई पेनाल्टी सुट आउटमा पराजित गर्दा शुक्रबारकै दोस्रो खेलमा चर्चब्वाइजलाई हराउँदै मच्छिन्द्र अन्तिम चारमा प्रवेश गरेका हुन्।

पहिलो खेल एनआरटी र आर्मीले निर्धारित ९०  मिनेट १–१ गोल गरेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको हो। पेनाल्टी सुटआउटमा ५–४ को रोमाञ्चक जित निकाल्दै आर्मी अन्तिम चारमा पुग्न सफल भएको हो। पेनाल्टी प्रहारमा आर्मीका जगजित श्रेष्ठ, टेकबहादुर बुढाथोकी, विकास खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले पेनाल्टी मौकालाई सदुपयोग गर्दा एनआरटीका स्टेफेन जुनियर एनगुमबोउसको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले बचाउँदै आफ्नो टोलीलाई अन्तिम चारमा पुर्‍याएका हुन्। एनआरटीका जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र विक्रम धिमालले गोल गरेका थिए।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबीच निकै प्रतिष्पर्धात्मक खेल भएको थियो। ३२ औं मिनेटमा लालनुन्जामा कोल्नेले गोल गर्दै एनआरटीलाई शुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ५३ औं मिनेटमा एनआरटीका कप्तान विक्रम धिमालले आत्मघाती गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो। बाँकी समयमा दुवै टोलीबाट स्पष्ट जितका लागि प्रयास गरेपनि सफल हुन सकेनन्। पेनाल्टी सुटआउटबाट अघिल्लो चरण प्रवेश गरेको आर्मीले सातदोबाटो युथ क्लवसँग फाइनल प्रवेशका लागि भिड्नेछ।

प्रतियोगिता अन्तर्गत शुक्रबार नै भएको दिनको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लवले चर्च ब्वाइज युनाईटेडलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो। मछिन्द्रलाई जित दिलाउन प्लेयर अफ दि म्याच चुनिएका कप्तान सुजल श्रेष्ठ र रञ्जित धिमालले एकएक गोल गरे भने उपहार गोलबाट चर्चब्वाईजले अग्रता छोट्याएको थियो। शुरुवातबाट नै आक्रामक देखिएको मच्छिन्द्रले १६ औं मिनेटमा सुजलको फ्रिकिकमा अग्रता लिएको थियो। ४० औं मिनेटमा रञ्जितले गोल गर्दै मछिन्द्रको अग्रता २–० को बनाएका थिए। दोस्रो हाफमा काउन्टर रणनीतिका साथ खेलेको चर्चब्वाईजले ६५ औं मिनेटमा उपहार गोलबाट अन्तर घटाउने अवसर पायो। मछिन्द्रका छिरिङ गुरुङ किलियर गर्न खोजेको बल आफ्नै पोस्टमा गोल भएको थियो। बाँकी समयमा चर्च ब्वाइज खेलमा फर्किने निकै संघर्ष गरेपनि सफल हुन सकेन।

प्रतियोगितामा शनिबार आयोजक केपी ओली फुटबल क्लव र जावलाखेल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ।  
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस