१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

एसीसी प्रिमियर कप: नेपाल आज साउदी अरबसँग प्रतिस्पर्धा गर्दै

एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत नेपालले आज साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ।

ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुने नेपाल र साउदी अरबबीचको खेल बिहान ११ः४५ बजेबाट सुरु हुनेछ।

आजको खेलमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ भने साउदी अरब आफ्नो अङ्क जोड्न चाहन्छ।

जारी सिजनमा नेपालले लगातार ३ खेलमा जित हात पार्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ भने साउदी अरबले ३ खेल खेल्दा १ मा मात्रै जित हात पारेको छ। आजको खेलमा जित हात पार्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालले यसअघिका आफ्ना ३ वटै खेलमा सानदार जित हात पारेको छ।

प्रकाशित: ५ वैशाख २०८१ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App