२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सूर्यकुमारको आगमनसँगै मुम्बईको तेस्रो जित, पञ्जाब ९ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले तेस्रो जित हात पारेको छ। गयराति सम्पन्न खेलमा पञ्जाब किङ्ग्सलाई ९ रनले हराउँदै मुम्बईले जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको मुम्बईले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १९२ रन बनायो। १९३ रनको लक्ष्यसहित मैदान उत्रेको पञ्जाब भने ५ बल बाँकी छँदै १८३ रनमै अलआउट भयो।

मुम्बईका जितका लागि लामो समय पछि टिममा आएका सूर्य कुमार यादवले सर्वाधिक ७८ रनको योगदान गरे भने ओपनर ब्याट्सम्यान रोहित शर्माले ३६ र तिलक वर्माले ३४ रन जोडे।

सुरुआति म्याचमा स्वास्थ्यका कारण अनुपस्थित रहेका सूर्यकुमार टिममा आएसँगै मुम्बईको हौसला बढेको छ। टी–२० का स्टार खेलाडीको रुपमा परिचित सूर्य कुमार पहिलो म्याचमा शून्यमा आउट भएपनि त्यसपछिका म्याचमा उनको प्रदर्शन राम्रो देखिएको छ।

पञ्जाबलाई जितबाट रोक्न मुम्बईका सबैभन्दा कम रन खर्चेर जसप्रित बुमराहले ३ विकेट लिँदा गेराल्ड कोएत्जीले ३२ रन खर्चेर ३ विकेट हात पारे। त्यस्तै आकाश माधवल, कप्तान हार्दिक पाण्ड्या र श्रेयस गोपालले समान १/१ विकेट लिए।

जितसँगै मुम्बई एक स्थान माथि उक्लिँदै अङ्क तालिकाको साँतौ स्थानमा पुगेको छ भने पञ्जाब एक स्थान तल झर्दै पुछारबाट दोस्रो स्थानमा पुगेको छ।

प्रकाशित: ७ वैशाख २०८१ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App