२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सन्दीप अर्धशतक बनाउन सफल, सोमपाल २ रनमै आउट

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलमा नेपालले सातौं विकेट गुमाएको छ।

पछिल्लो विकेटका रुपमा सोमपाल कामी आउट भएका छन्। तीन बलको सामना गरेका उनी २ रन मात्र बनाउन सफल भए। उनी वसिद हमिदको बलमा मोहम्मद फारुकबाट क्याच आउट भएका हुन।

सर्वाधिक ५० रन बनाएका सन्दीप जोरा पनि आउट भइसकेका छन्। ५० रनसँगै उनी क्रिजबाट बिदा भएका थिए। उनी मोहम्मद फारुकको बलमा मोहम्मद वसिमबाट क्याच आउट भएका हुन।  उनले ४० बलमा २ छक्का ४ चौकाको सहायताले ५० रन कटाएका हुन। नेपालले अहिलेसम्म ६ विकेट गुमाइसकेको छ।

नेपालले १६.३ ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको छ। ५ बल खेलेको कुशल मल्ल तीन रन बनाउन मात्र सफल भए। उनी वसिल हसिमदको बलमा आउट भएका थिए।

यसअघि क्रिजमा खासै राम्रो पर्दशन गर्न नसकेका नेपाली कप्तान रोहितकुमार  पौडेल १८ बलमा ५ रन बनाएर अलि नसिरको बलमा सैयद हैदरबाट क्याच आउट भएका हुन।

यसअघि नेपालका आशिफ शेख ११ बलमा ८ रन बनाएर आउट भएका थिए। उनलाई युएईका ओमिद साफी रहमानले एलबीडब्ल्यू आउट गरेका हुन्।

यसअघि कुशल भुर्तेल शून्य रनमै आउट भएका थिए। उनी जुनैद सिद्दिकीको बलमा सैयद हैदरबाट क्याच आउट भएका हुन।  

ओमानस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा केहीबेर अघि सुरु भएको खेलमा युएईले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

प्रकाशित: ७ वैशाख २०८१ १३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App