२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

वेस्ट इन्डिज ‘ए’ सँगको शृंखलाका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा

नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको ट्वान्टी–२० शृंखलाका लागि टोली घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा पाँच खेलको शृंखलाका लागि आज १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। घरेलु मैदानमा हुने शृंखलामा आरिफ सेखले पुनरागमन गरेका छन्।

ट्वान्टी–२० विश्वकपको तयारीका लागि नेपालले यो शृंखला खेल्न लागेको हो। नेपाली टोलीमा आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करन केसी, प्रतीश जिसी, अविनाश बोहारा, विवेक यादव र आकाश चन्द छन्।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल सुरु हुनेछ। वेस्ट इन्डिजको टोली बुधबार नै नेपाल आइसकेको छ।

प्रकाशित: १३ वैशाख २०८१ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App