५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

टी ट्वेन्टी शृङ्खला : नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ट्वेन्टी– २० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदै छ।

पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेस्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा पारिसकेको छ। नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ ले शृङ्खला आफ्नो पक्षमा पारेको हो।

चार खेल सकिँदा वेस्ट इन्डिजले तीन र नेपालले एक खेल जितेको छ। शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो।

गत बिहीबारको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रन मात्र बनाउन सकेको थियो। यो जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृङ्खला सुनिश्चित गरेको हो। –रासस

प्रकाशित: २२ वैशाख २०८१ ०८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App