१० वर्षपछि विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक समारोहका बीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको हो।
खेलाडीहरूलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले बिदाइ गरेका थिए।
नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आइसिसी ट्वान्टी– २० विश्वकप खेल्दै छ। सन् २०१४ पछि नेपालले पहिलो पटक विश्वकप खेल्न लागेको हो। नेपाल विश्वकपको समूह ‘डी’ मा छ। यो समूहमा नेदरल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन्। नेपालले पहिलो खेल नेदरल्यान्डविरुद्ध जुन ४ मा खेल्ने छ।
बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले खेलले सम्पूर्ण नेपालीलाई एक ठाउँमा ल्याउने उल्लेख गर्दै घृणा र तृष्णाको फोहोर राजनीतिबाट पर राख्ने बताए। साथै उनले खेलकुदमा लागेर केही गर्न सकिन्छ भन्दै क्रिकेट खेल्न प्रेरित गर्ने खेलाडीका अभिभावकप्रति नमन गर्दै विश्वकपमा उल्लेख्य नतिजाका लागि शुभकामना दिए।
बिदाइ कार्यक्रममा नेपाली टोलीका सम्पूर्ण सदस्यका अभिभावकले नेपाली टोली र आफ्ना परिवारका सदस्यलाई बधाई तथा शुभकामना दिए। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को विश्वकप हेरेर नै आफूहरू उत्प्रेरित हुँदै क्रिकेटमा आएको उल्लेख गर्दै अब नयाँ पुस्तालाई उत्प्रेरित गर्ने जिम्मेरवारी आफ्नो टोलीमा रहेको बताए।
उनले यहाँसम्म पुग्न साथ सहयोग गर्ने सबै सरोकारवालाप्रति धन्यवाद दिए। उनले आफूजस्ता कयौं खेलाडीलाई यहाँसम्म पुग्न उत्प्रेरित गर्ने खेलाडीलाई पनि धन्यवाद दिन बिर्सेनन्।
कप्तान किरणकुमार पौडेल एवं प्रशिक्षक मोन्टी देसाई। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद नीति संशोधन गर्न मन्त्रालयले काम गरिरहेको बताए। सदस्यसचिव टंकलाल घिसिङले प्रतिबन्ध, नेपाली खेलकुदको अस्थिरता र महामारीका कारण नेपाली क्रिकेटलाई पुनः विश्वकपमा पुग्न दशक लागेको उल्लेख गर्दै यो सफलता दोहोर्याउन कडा मिहिनेत गर्ने खेलाडीलाई धन्यवाद दिए। उनले निरन्तर विश्वकप खेली एक दिन विश्वकप जित्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे।
सदस्यसचिव घिसिङले आगामी विश्वकपमा नेपाली टोलीको साथमा १२औं खेलाडीको रूपमा सिंगो तीन करोड जनता नै रहने उल्लेख गर्दै उच्च आत्मबलका साथ खेल्न खेलाडीलाई आग्रह गरे। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले दश वर्षअगाडि नै विश्वकप खेलेको उल्लेख गर्दै यस पटक नयाँ इतिहास रच्न नेपाली टोली जान लागेको बताए।
क्यानका सचिव पारस खड्काले क्रिकेटको स्तर सुधार्न सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का साथै सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए। वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले विश्वकप खेल्न जाने नेपाली टोलीलाई शुभकामना दिँदै आगामी दिनमा पनि आफ्नो टोली नेपाल आउन आतुर रहेको बताए।
आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ।
यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन्। बिदाइ समारोहमा क्यानका अध्यक्ष चन्दले खेलाडी उच्च लयमा रहेकाले श्रृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले नेपाली टोलीलाई बधाई तथा शुभकामनासमेत दिए।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानडाको सामना गर्नेछ। उक्त श्रृङ्खला नेपालले श्रृङ्खलाअन्तर्गत नेपालले यही असोज २५ गते क्यानडासँग, असोज २७ गते ओमानसँग, असोज ३१ गते क्यानडासँग तथा आगामी कात्तिक २ गते ओमानसँग खेल खेल्ने छ।
एकदिवसीय मान्यता जोगाउन नेपालका लागि उक्त श्रृङ्खला महत्वपूर्ण छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...