रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने
०२ असोज २०८१
•
२ मिनेट पाठ
रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने
आगामी असोजको तेस्रो साता काठमाडौंमा आयोजना हुने महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन्।  




एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते  नेपालमा एसिया रग्बीको ठूलो प्रतियोगिता हुन लागेको हो। नेपाल रग्बी संघले यसअघि सन् २०२२ मा एसिया रग्बी यु–१८ सेभेन्स र सन् २०२३ मा एसिया रग्बी यु–२० सेभेन्सको आयोजना गरिसकेको छ।

नेपाल रग्बी संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार पत्रकार सम्मेलन गर्दै एसिया रग्बी सेभेन्स ट्रफीको बारेमा जानकारी दिएको हो। यसपल्ट एसिया रग्बी सेभेन्स ट्रफीका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।  

ट्रफीमा पुरुषतर्फ १४ र महिलातर्फ आठ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। यसअघि १८ देशले नेपालमा हुने एसियाली रग्बीको आयोजनामा चुनौती प्रस्तुत गर्ने पक्का भए पनि अन्तिम समयमा भिसा प्राप्त गर्न नसक्दा इरान सहभागी नहुने भएको हो। यद्यपि, ट्रफीमा विभिन्न देशका गरी कुल ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागिता जनाउने संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए। दुवै तर्पmका विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीले पनि पदक पाउनेछन्।  

रग्बी संघका महासचिव गोविन्दबहादुर घिमिरेले यो प्रतियोगिता ओलम्पिक छनोटको माध्यमसमेत रहेको उल्लेख गरे। साथै उनले एसियन गेम्स खेल्न एसिया रग्बी सेभेन्स खेल्नै पर्ने प्रावधान रहेको बताएका छन्। संघले एसिया रग्बी सेभेन्सको तयारीका लागि न्युजिल्यान्डका अनुभवी प्रशिक्षक मुरे पउल स्टुर्टलाई नियुक्त गरेको थियो। मुरेको प्रशिक्षणमा नेपालका दुवै टोलीले भक्तपुरमा दुई महिना प्रारम्भिक प्रशिक्षण र पोखरामा बन्द प्रशिक्षण गरी पछिल्लो दुई महिनादेखि तयारी गरिरहेको संघका महासचिव घिमिरेले जानकारी दिए।  

यसै प्रतिस्पर्धाका लागि नेपालका दुवै टोलीतर्फ १६ सदस्यीय खेलाडी घोषणा भैसकेको छ। नेपालले यस प्रतियोगितामा बल च्याम्पियनसिपको उपाधिसँगै एसियाली वरीयतामा पनि सुधार गर्ने लक्ष्य राखेको छ। यसअघि एसिया रग्बीका खेल  दशरथ रंगशालामा आयोजना नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन भएको चर्चा चलेको थियो। यद्यपि, पत्रकार सम्मेलनमा संघका अध्यक्ष देवकोटाले यसअघि गलत सूचना पुगेको र अहिले नेपाल रग्बी संघसहित खेलाडीसँगको भेटपछि प्रधानमन्त्री सकरात्मक रहेको बताए।  

उनले विश्वकप फुटबल नै हुने मैदानमा रग्बीको विश्वकपलगायत अन्य प्रतियोगिता हुने गरेको प्रष्ट्याएका छन्। प्रतियोगिताको अनुमानित बजेट करिब २ करोड २० लाख रुपैयाँ रहेको नेपाल रग्बी संघले जानकारी दियो।
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
१ घण्टा अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
यो पनि पढौँ
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस