एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले आज जापानसँग खेल्दै
०७ कार्तिक २०८१
•
१ मिनेट पाठ
एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले आज जापानसँग खेल्दै
फाइल फोटो
एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले आज जापानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार राति साढे १० बजे कतारमा हुनेछ।चारपटकको उपाधि विजेतासँग मैदानमा ओर्लिन लागेको नेपाल उच्च मनोबलका साथ हमाद विन खालिफा स्टेडियममा ओर्लिनेछ।




नेपाल समूह ‘एफ’ मा रहेको छ। यो समूहमा जापान, कतार, र मंगोलिया जस्ता बलिया टोली छन्। समूहमा मंगोलिया तुलनात्मकरुपमा अन्य टीमभन्दा कमजोर मानिन्छ।

नेपालले यो चरणको दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ।

एएफसी यू–१७ एसिया कपमा छनोट हुने सपना पूरा गर्न नेपालका लागि समूह चरणका यी तीन खेल महत्वपूर्ण हुनेछन्।

छनोटमा एसियाका ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। तीन समूहमा पाँच/पाँच र सात समूहमा चार-चार टिम समावेश गरिएको छ। १० समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट पाँच गरी कुल १५ टिम छनोटबाट फाइनल चरण पुग्नेछन्।

आयोजकका रूपमा साउदी अरेबिया भने पहिल्यै छनोट भइसकेको छ। 

नेपालले सन् १९९८ देखि एएफसी यु–१७ एसियन कप छनोटमा सहभागिता जनाउँदै आएको छ। तर, नेपालले पाँच पटक सहभागिता जनाउँदा एक पटक मात्रै छनोट चरण पार गर्न सफल भएको छ।

सन् २००६ मा सिंगापुरमा भएको प्रतियोगिता खेलेको नेपाल जापानसँग ६–० र दक्षिण कोरियासँग २–० ले पराजित भएको थियो। आयोजक सिंगापुरसँग भने नेपालले गोलरहित बराबरी खेल्दै एक अंक बटुलेर स्वदेश फर्किएको थियो। त्यसयता भने नेपाली टोली समूहचरणमै सीमित रहेको छ।
अर्को समाचार
एन्फा यु -१६ युथ लिग शुक्रबारबाट
२० असार २०८२
•
२ मिनेट पाठ
एन्फा यु -१६ युथ लिग शुक्रबारबाट
किशोर फुटबलरको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एन्फा यु–१६ युथ लिग शुक्रबारबाट सुरु हुने भएको छ।




अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रबारदेखि एन्फा यु–१६ युथ लिग सुरु हुँदै छ। किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सुरु गरिएको युथ लिगमा शीर्ष डिभिजनका कुल १४ क्लबको सहभागिता रहने भएको छ।

एन्फाले बिहीबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन आयोजना गर्दै यस युथ लिगको तयारी पूरा भएको जानकारी दिएको हो। लिगका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन्। तर, आवश्यकताअनुरूप केही खेलहरू दशरथ रंगशालामा पनि गरिने एन्फाले जनाएको छ।

एन्फाका प्रवक्ता सुरेश शाहले युथ डेपलभमेन्टका लागि यो प्रतियोगिता महत्त्वपूर्ण रहेकाले यसलाई व्यवस्थित रूपले सञ्चालन गर्ने बताए। किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको यु–१६ युथ लिगको तेस्रो संस्करण हो। यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शीर्ष डिभिजनमा उक्लिएका दुई क्लब प्लानिङ ब्वाइज र श्रीभगवतीले यस युथ लिगमा प्रतिस्पर्धा जनाउने भएका छन्।

थ्री स्टारमाथि भने कारबाही भएसँगै रेलिगेसन परेपछि यो क्लबले भने युथ लिगमा सहभागिता जनाउन नपाउने भएको छ। उसका सट्टामा सशस्त्र प्रहरी बल एपिएफको टोलीले एन्फा यु–१६ युथ लिगमा प्रतिस्पर्धा गर्ने एन्फाका प्रतियोगिता डाइरेक्टर सञ्जीव मिश्रले जानकारी दिए।

यसबाहेक त्रिभुवन आर्मी क्लब, संकटा, नेपाल पुलिस, फ्रेन्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी छन्। हरेक टोलीलाई तीन लाख ५० हजार रूपैयाँ तयारी खर्च दिएको एन्फाका प्रवक्ता शाहले जनाएको छ। यो फिफा ट्यालेन्ट डेभलपमेन्ट स्किमअन्तर्गत यो लिग हुन लागेको हो।

लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रूपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन्। तर, पुरस्कार रकम कम भए पनि एन्फाले यसको तयारी खर्च एक करोड दुई लाख ३६ हजार ३३० रूपैयाँ लाग्ने अनुमान गरेको छ।

एन्फाका प्रवक्ता शाहले यो डेभलपमेन्ट कार्यक्रम भएकाले धेरै पुरस्कार नराखिएको बताए। यो प्रतियोगिताको मुख्य उद्देश्य नै युथ फुटबल विकास गर्नु रहेको उनको भनाइ छ। साथै यसै कार्यक्रम मार्फत दक्ष निर्णायकहरू उत्पादन गर्न पनि मद्दत मिल्ने एन्फाको विश्वास छ। विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।

शुक्रबार पहिलो दिनको खेलमा श्रीभगवती र मनाङ मस्र्याङ्दी तथा आर्मी र हिमालयन शेर्पा खेल्ने भएका छन्। कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन्।  
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस