क्रस कन्ट्री दौड शनिबार
२३ कार्तिक २०८१
•
१ मिनेट पाठ
क्रस कन्ट्री दौड शनिबार
पोखरामा कात्तिक २४ गते शनिबार अन्तर्राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ। हिमालयन टुरिजम फोरमको आयोजनामा हुने सो प्रतियोगिता तेस्रो संस्करणको हो। यसअघि दुई संस्करण सम्पन्न भइसकेको यो प्रतियोगिताअन्तर्गत चार विधामा प्रतिस्पर्धा हुने आयोजक हिमालयन टुरिजम फोरमले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।




प्रतियोगिताअन्तर्गत खुला समूहगत दौड, महिला तथा पुरुष च्यालेन्ज इन्डिभिजुअल दौड, छात्रछात्रा दौड र ह्याप्पी रन समूह गरी चार स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। ५० किलोमिटर दूरीको समूहगत दौड पोखराको लेकसाइडस्थित वाराही घाटबाट सुरु भई २ हजार २ सय ५८ मिटर उचाइसम्मको रहनेछ। सो स्पर्धामा खेलाडीहरूले ट्रेल रनिङ, साइक्लिङ र रोइङ गर्नुपर्नेछ। जसमा १७ वटा नेपाली र ४ वटा चिनियाँ टोलीले सहभागिताका लागि नाम दर्ता गराएका छन्।

च्यालेन्ज इन्डिभिजुअल दौड पनि ५० किलोमिटरकै हुनेछ। वाराही घाटबाटै सुरु हुने यस स्पर्धामा खेलाडीले २ हजार ३ सय ६६ मिटरको उचाइसम्मको दूरी पार गर्नुपर्नेछ। जसमा १ सय जना नेपाली र ५२ जना चिनियाँ गरी कुल १ सय ५२ जना खेलाडीले प्रतिस्पर्धा गर्न लागेका हुन्। कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने विद्यार्थी दौड प्रतियोगिता ५ किलोमिटरको हुने जनाइएको छ। सो स्पर्धामा कुल ५ सय जना विद्यार्थीले नाम दर्ता गराएका छन्।
अर्को समाचार
अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड: समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन
२४ कार्तिक २०८१
•
२ मिनेट पाठ
अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड: समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन
नेपाल र मित्रराष्ट्र चीनका खेलाडीकाबीच पोखरामा शनिबार सम्पन्न तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडमा ‘समूहगत स्पर्धा’ मा नेपाली धावक ‘च्याम्पियन’ भएका छन्।




यसैगरी ‘व्यक्तिगत स्पर्धा’को महिला तथा पुरुष दुवैतर्फ चिनियाँ धावक विजेता भएका छन्।

समूहगत स्पर्धामा नेपालका सुशीलकुमार शाही, सिर्जना पौडल र श्रीकाश राई सम्मिलित टोलीले रनिङ, साइक्लिङ र रोइङसहितको निर्धारित ५० किमी दूरी ४ घण्टा २० मिनेट १४ सेकेण्डमा पार गरी उपाधि जितेको हो।

नेपाली सेनाका करन रावत, नरेन्द्र सिंह रावत र निर्मला राई सम्मिलित टिमले ४ घण्टा २२ मिनेट २९ सेकेण्डमा दौड पूरा गरी उपविजेता बने।

यसैगरी सशस्त्र प्रहरी बलका लक्ष्मण मल्ल,निरज भट्ट र पुष्पा भण्डारीको टोलीले ४ घण्टा २३ मिनेट आठ सेकेण्डमा दौड पूरा गरी तृतीय भएको छ।

प्रतियोगिताको समूहगत स्पर्धातर्फका विजेताले  चार लाख ५८ हजार चार सय,  उपविजेताले  तीन लाख ४३ हजार आठ सय र तृतीयले  दुई लाख २९ हजार दुई सय पुरस्कार पाए।

यसैगरी ‘व्यक्तिगत स्पर्धा’ मा पुरुषतर्फ चीनका धावक एङ ज्याङ जेनले निर्धारित ५० किमी दौड ३ घण्टा ४४ मिनेट १२ सेकेण्डमा पार गरी विजेता भए।

नेपाली धावक कुलबहादुर बस्नेतले तीन घण्टा ४८ मिनेट दुई सेकेण्डमा दूरी पार गरी द्वितीय भए। नेपालकै होमलाल श्रेष्ठले ३  घण्टा ५३ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरी तृतीय बने।

महिलातर्फ चीनका झेङ वाङ रोङले ४ घण्टा १४ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी उपाधि जिते। नेपाली धाविका जुम्लाका कल्पना बुढा उपविजेता बने। उनले निर्धारित दूरी ४ घण्टा ५० मिनेटमा पार गरिन्। नेपाल प्रहरीका राम माया बुढाले ५ घण्टा आठ मिनेट १८ सेकेण्डमा दौड पूरा गरी तृतीय भइन्।

‘व्यक्तिगत स्पर्धा’ दौडतर्फको पुरुष तथा महिला दुवैतर्फको विजेताले एक लाख ५२ हजार आठ सय, उपविजेताहरूले एक लाख १४ हजार छ सय र तृतीय हुने दुवै तर्फकाले ७६ हजार चार सयका साथमा मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरे।

नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजना तथा हिमालयन टुरिजम फोरमको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा टिम इभेन्टतर्फ १९ र चीनतर्फका चार समूह तथा व्यक्तिगततर्फ नेपाली महिला तथा पुरुष ८७ चीन तर्फका २९ जनाले प्रतिस्पर्धा गरेको हिमालय टुरिजम फोरमका मिडिया संयोजक इन्जिनियर प्रतीकराज पहारीले जानकारी दिए।
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस