अकिना घिमिरेको प्रेरणामा द एक्सेल्सियर स्कुलले दशौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वार्टरफाइनलमा स्थान बनाएको छ।
स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा अकिनाको १० स्कोर प्रेरणामा एक्सेल्सियरले नवीन ज्योतिलाई १७–५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो। सिनियर गल्र्समै आयोजक रेडियन्ट पब्लिकले केभिएसलाई २४–१५ तथा मर्स्याङ्दीले राराहिललाई १४–१३ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
रेडियन्टकी दिव्यान्शा कार्कीले १६ र मर्स्याङ्दीकी उर्गेन सोमोले सात अंक बटुले। जुनियर ब्वाइजमा ग्रिनफिल्डले बौद्ध चिल्ड्रेन हेभनलाई १६–४ र कश्यपले हार्टल्यान्डलाई १२–२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरे।
ग्रिनफिल्डका किस्मत ढकालले आठ तथा कश्यपका एलेन लामाले आठ स्कोर गरे। सिनियर ब्वाइजमा संस्कृतिले सृजना ज्ञान सागरलाई ३६–१३, मेगसले युगान्तालाई ३६–२६ र एक्सेल्सियरले ओरेकल रेलाई ४४–२६ ले पन्छाउँदै प्रिक्वार्टरफाइनलमा पुगे। संस्कृतिका आर्यन शर्माले ८, मेगसका सिमोन रम्जालीले २१ र एक्सेल्सियरका सोङमेन तामाङले १३ अंक जोडे।