पहिलो टेस्टमा भारतले अस्ट्रेलियालाई हरायो
१० मंसिर २०८१
•
१ मिनेट पाठ
पहिलो टेस्टमा भारतले अस्ट्रेलियालाई हरायो
Image Cr : Indian Cricket Team
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ। भारतले अस्ट्रेलियालाई २ सय ९५ रनले हराएको हो।




जितको लागि दोस्रो पालोमा ५ सय ३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २ सय ३८ रन मात्र बनाए पछि भारत २ सय ९५ रनको विशाल अन्तरबाट विजयी हुन सफल भएको हो।

यस अघि भारतले पहिलो पालोमा १५० रन बनाउँदै सबै विकेट गुमाएको थियो। दोस्रो पालोमा भने ६ विकेटको नोक्सानीमा ४८७ रन बनाएर पालो सकिएको घोषणा गरेको थियो।

अस्ट्रेलियाले पहिलो पालोमा  १०४ रन बनाउँदा सबै विकेट गुमाएको थियो भने दोस्रो पालोमा २ सय ३८ रनमा सबै विकेट गुमाएको थियो।

चार दिनमै सकिएको टेस्टमा भारतका लागि कप्तान जसप्रति बुमराह र मोहम्मद सिराजले समान ३ विकेट लिए। ५ टेस्टको शृङ्खलामा भारतले १-० ले अग्रता लिएको छ।

दोस्रो टेस्ट डिसेम्बर ६ देखि सुरु हुनेछ।
अर्को समाचार
कोहलीभन्दा कम खेल खेलेका स्मिथको १० हजार टेस्ट रन पूरा
१६ माघ २०८१
•
२ मिनेट पाठ
कोहलीभन्दा कम खेल खेलेका स्मिथको १० हजार टेस्ट रन पूरा
अस्ट्रेलियाका स्टार ब्याटर स्टिभ स्मिथले टेस्ट क्रिकेटमा १० हजार रनको आँकडा पूरा गरेका छन्। श्रीलंकाविरुद्ध जारी टेस्ट सिरिजको पहिलो खेलमा बुधवार ब्याटिङ गर्दै आफ्नो टेस्ट क्रिकेट जीवनमा १० हजार रन पूरा गरेका हुन्। श्रीलङ्काको गाले क्रिकेट मैदानमा भइरहेको चलिरहेको खेलमा स्मिथ अहिले ६४ रनको व्यक्तिगत स्कोरमा खेलिरहेका छन्। 




यो खेलअघि उनको व्यक्तिगत टेस्ट जीवनमा ९ हजार ९९९ रन जोडेका थिए। स्मिथले यो कीर्तिमानी अङ्कसम्म पुग्न ११५ टेस्टका २०५ पारी(इनिङ) खेलेका छन्।  

यो सँगै स्मिथ टेस्ट क्रिकेट इतिहासमा १० हजार रन पूरा गर्ने विश्वको १५ औँ ब्याटर पनि बनेका छन्। यो कीर्तिमान रच्ने उनी अस्ट्रेलियाका चौथो ब्याटर बनेका छन्। उनीअघि अस्ट्रेलियाकै एलन रबर्ट बोर्डर (११हजार १७४ रन), स्टेफन रोडगर वा(१० हजार ९२७ रन) र रिक्की पोन्टिङ(१३हजार ३७८)ले यो कीर्तिमानी अंक छोएका छन्। रिक्की पोन्टिङ हालसम्म सर्वाधिक टेस्ट रन बनाउने ब्याटरको सूचीमा दोस्रो नम्बरमा छन्। 

पहिलो नम्बरमा १५ हजार ९२१ रन बनाएका भारतका महान् ब्याटर सचिन तेन्दुलकरको नाम छ। उनको यो रेकर्ड तोड्न तत्काल सम्भव नै देखिएको छैन। 

तेस्रो नम्बरमा दक्षिण अफ्रिकाका ज्याक कालिस(१३ हजार २८९ रन), चौथोमा भारतका राहुल द्रविड(१३ हजार २८८ रन), पाँचौँमा इग्ल्यान्डका जोय रुट(१२ हजार ९७२ रन) छन्। अहिले क्रिकेट खेलिरहेकामध्ये सर्वाधिक रनकर्ता रुट नै छन्। 

टेस्ट क्रिकेटमा १० हजार रन बनाउनेहरूको सूचीमा सचिन, द्रविडसहित भारतका तीन जना छन्। भारतको तेस्रो व्यक्ति सुनिल गावस्कर हुन्, जसले १०हजार १२२ रन जोडेका छन्। 

यस्तै इग्ल्यान्डका रुट र १२ हजार ४७२ रन बनाएका एलिस्टर कुक गरी दुई जनाको नाम छ। 

यस्तै ११ हजार ९५३ रन बनाएका ब्रायन लारा र ११ हजार ८६७ रन बनाएका शिवनारायण चन्द्रपल गरी दुई जना वेस्ट इन्डिजका ब्याटर छन्। 

यस्तै १२ हजार ४०० रन बनाएका कुमार संगाकरा र ११ हजार ८१४ रन बनाएका महेला जयवर्धने गरी दुई जना श्रीलंकाका छन्। १० हजार ९९ रन बनाएका युनुस खान पाकिस्तानका एक जना यो सूचीमा छन्। 

स्टिभ स्मिथले भारतीय स्टार क्रिकेटर विराट कोहलीलाई पछि पार्दै उनी भन्दा कम इनिङ खेलेरै अहिले यो कीर्तिमानी अंक छोएका छन्। कोहलीले हालसम्म १२३ टेस्टका २१० इनिङ खेलिसकेका छन्। जबकि उनको टेस्ट रन अहिलेसम्म ९ हजार २३० मात्रै छ।  

स्टिभपछि यो आँकडाको दौडमा न्युजील्यान्डका ब्याटर केन विलियमसन छन्। उनले १०५ टेस्टका १८६ इनिङ खेल्दै ९ हजार २७६ रन जोडेका छन्। 

यस कारण स्मिथपछि १० हजारको आँकडा छुने १५ औँ खेलाडीको दौडमा विलियमसन र कोहलीबीच प्रतिस्पर्धा हुने देखिएको छ। 
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस