डेब्युमै तीन विकेट लिएका अभिशेष भन्छन्: जिमी निसिमको विकेट विशेष लाग्छ
२३ मंसिर २०८१
•
२ मिनेट पाठ
डेब्युमै तीन विकेट लिएका अभिशेष भन्छन्: जिमी निसिमको विकेट विशेष लाग्छ
लुम्बिनी लायन्सका युवा बलर अभिशेष गौतमले डेब्युमा नै तीन विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेपछि जिमी निसमको विकेट नै आफ्नो लागि विशेष रहेको बताएका छन्।




जनकपुर बोल्ट्ससँग लुम्बिनी पराजित भए पनि अभिशेषले डेब्युमा चार ओभर बलिङ गर्दै तीन विकेट लिँदा २० रन मात्र खर्चिएका थिए।

खेलपछिको पत्रकार सम्मेलनमा अभिशेषले जिमी निसमजस्ता स्टार क्रिकेटरलाई नै हेरेर हुर्किएकाले उनको विकेट विशेष लागेको उल्लेख गरेका हुन्। उनले कप्तान रोहितकुमार पौडेल र टिमले नै बाउन्ड्री खाइरहँदा पनि राम्रो बलिङ गरेको छौ भन्दै प्रोत्साहित गरेकाले सहज भएको बताए। उनले उद्देश्य राम्रो सकेसम्म डट गराउने रहेको उल्लेख गरे। तर राम्रो बलिङ गरेँ भने विकेट पनि आउँछ भन्ने आफूमा विश्वास रहेको बताए। उनले फ्रेन्चाइजको अक्सनलाई लिएर आफू निकै उत्साहित रहे पनि पर्दिन की भन्ने डर पनि लागेको उल्लेख गरेका छन्।

तर देव खनालले तिम्रो सम्भावना छ, टिमले लिन सक्छन् भनेर प्रोत्साहित गरेको उनले स्मरण गरे। लुम्बिनी प्रदेशबाट नियमित खेल्ने गरे पनि यो स्टेजमा खेल्नु आफ्नो लागि सबैभन्दा ठूलो अवसरका रूपमा लिएको उनको भनाइ छ। अभिशेषले कप्तान रोहित र टम मोरेस क्रिजमा हुँदा जितको सम्भावना भएपनि ती दुई विकेट गएसँगै हार व्यहोर्नुपरेको बताए। यो हारपछि टिम र आफू धेरै निराश भएको उनी बताउँछन्।

रोमाञ्चक जितपछि जनकपुरका आसिफ शेखले लक्ष्य पूरा सहज नहुने टोलीको विश्वास रहेको र त्यहीअनुरूप बलिङ गर्दा जित सम्भव भएको बताए। उनले पिचअनुसार आफ्नो टोलीले बनाएको लक्ष्य राम्रो नै रहेको पनि उल्लेख गरे। उनले मिडल अर्डरका ब्याटिङका लागि तयार भए पनि योजनाअनुरूप हुन नसकेको बताए। टिम एकजुट भएर खेल्दा राम्रो नतिजा आइरहेको पनि उनको भनाइ छ। टिमको आवश्यकअनुरूप आफूले विकेटकिपिङ गर्ने गरेको उनी बताउँछन्। लगातार चार जित भएपनि ट्वान्टी–२० जहिल्यै एकै अवस्था नहुने उनको भनाइ छ। त्यसैले हरेक खेलमा राम्रो गर्नुपर्ने उनी बताउँछन्। आफूले राम्रो शुरुवात गरे पनि ठूलो स्कोर बनाउन नसक्दा आशातित अनुरूप नभएको उनको भनाइ छ।
अर्को समाचार
पोखराले एनपीएलमा कुशल भुर्तेलसहित सात खेलाडीलाई निरन्तरता दिने
१५ असार २०८२
•
१ मिनेट पाठ
पोखराले एनपीएलमा कुशल भुर्तेलसहित सात खेलाडीलाई निरन्तरता दिने
नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका निम्ति पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सातजनालाई रिटेन गरेको छ ।  




पोखरा एभेन्जर्सले आइतबार विज्ञप्ती जारी गर्दै भुर्तेलसहित सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दासलाई आगामी संस्करणमा पनि निरन्तरता दिने जनाएको हो । भुर्तेल अलराउन्डर हुन् भने ढकाल, चन्द र खत्री बलर हुन् । रिटेन हुने ठगुन्ना, खरेल र दास ब्याट्सम्यान हुन् ।

त्यस्तै पोखराले पहिलो संस्करणमा खेलेका दिलिप नाथ, नारायण जोशी, सुनम गौतम, अमृत गुरुङ र सुदिप अर्याललाई रिलिज गरेको छ ।  

एनपीएलको सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीका अनुसार दोस्रो सिजनलाई भव्य बनाउन पोखराले आफ्नो टिममा चर्चित विदेशी क्रिकेटर ल्याउने तयारी गरेको छ । ‘हामी प्रख्यात विदेशी क्रिकेटरहरुसँग संवाद गरिरहेका छौँ । टिमलाई बलियो बनाउन हामी प्रख्यात क्रिकेटर ल्याउने छौँ । यसले एनपीएलको पनि गरिमा बढाउने विश्वास छ,’ त्रिपाठीले भने ।

नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमा एनपीएलको दोस्रो संस्करण नोभेम्बरमा हुने उल्लेख छ । यद्यपी हालसम्म औपचारिक रुपमा निश्चित मिति भने सार्वजनिक गरिएको छैन ।
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
यो पनि पढौँ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस