प्रिन्सको हारसँगै नेपालको खराब प्रदर्शन
०९ पौष २०८१
•
४ मिनेट पाठ
प्रिन्सको हारसँगै नेपालको खराब प्रदर्शन
आशा गरिएका प्रिन्स दाहालको हारसँगै घरेलु कोर्टमा सुरु नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा नेपालले खराब प्रदर्शन गरेको छ। 




त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबारदेखि सुरु भएको च्यालेन्जमा प्रिन्स नेपालको सबैभन्दा आशा गरिएका खेलाडी हुन्। तर, जुनियरमा विश्व नम्बर एक पनि भैसकेका प्रिन्सको पुरुष एकलतर्फ चुनौती पहिलो खेलमा नै समाप्त भएको छ। यससँगै एकलतर्फ कुनै पनि नेपाली खेलाडी दुईभन्दा बढी खेल जित्न असफल भएका छन्। नेपाल ब्याडमिन्टन संघको आयोजनामा दोस्रोपल्ट नेपालमा भएको अन्तर्राष्ट्रिय च्यालेन्जनमा घरेलु टोलीबाट ९ पुरुष र सात महिला खेलाडीले कुल पाँच विधामा चुनौती प्रस्तुत गर्दैछन्।  

तीमध्ये प्रिन्ससँगै रशिला महर्जनले क्रमशः पुरुष र महिला एकलमा मात्र छनोट खेल खेल्नु परेको छैन। अन्यले भने छनोट चरण (क्वालिफिकेसन) का खेल खेलेका छन्। तर, प्रिन्स र रशिला दुवैले पहिलो खेलमा नै हार सामना गरे। प्रिन्सले अन्तिम ३२ को खेलमा भारतका केभिन थाङ्गमसँग २०–२२,२१–१२, २१–१३ ले हार बेहोरेका हुन्। प्रतिस्पर्धात्मक रूपमा पहिलो सेट आफ्नो बनाएका प्रिन्सले त्यसपछि भने खराब प्रदर्शन गरे। महिला एकलमा रशिला पनि राउन्ड अफ ३२ को खेलमा नै पराजित भइन्। उनी भारतकी अदिति भाटसँग २१–१२ र २१–१४ ले पराजित भएकी हुन्।

यससँगै पहिलो दिनको खेलमा नेपाली खेलाडीको प्रदर्शन सुखद हुन सकेन। एकलमा क्षितिज खनालबाहेक अधिकांश नेपाली खेलाडीको चुनौती पहिलो खेलमा नै समाप्त भयो। छनोट खेलेका नेपालका क्षितिज खनालले मात्र दुई खेल जिते। तर, उनी पनि क्वालिफेकसन राउन्ड पार गर्न असफल भए। क्षितिजले क्वालिफिकेसनको पहिलो खेलमा भारतका चरन केलाभाथुलाई २१–१४, १७–२१ र २१–१७ ले हराउँदै सुखद सुरुआत गरे। तर, उनी दोस्रो खेलमा भारतकै सिद्धान्त सेलासँग पराजित भए। क्षितिजले सिद्धान्तसँग २१–१४ र २१–१५ को सेटमा हार बेहोरेका हुन्।  

सिद्धान्तले त्यसअघि नेपालकै देवराज रानालाई हराउँदै दोस्रो चरणको खेल तय गरेका थिए। देवराजले भने सिद्धान्तसँग समान २१–११ को नतिजा सामना गरे। पुरुष सिंगल्सको क्वालिफिकेसनमा नै भोजबहादुर गुरुङ, जीवन आचार्य र प्रफूल महर्जनले पनि पहिलो खेलमा नै हार बेहोरे। भोजबहादुरले भारतका मोहिथ पलाक्षसँग २१–९, २१–१०, जीवनले भारतकै प्रणव रामसँग २१–१२, २१–१५ तथा प्रफूलले खान्दोकर अब्दुससँग २१–१५, २१–१८ ले हार सामना गरेका हुन्। यसै विधामा नेपालका अमन महर्जन र सुनील जोशीको यात्रा पनि छनोटमै सीमित भयो।  

अमन भारतका अतुल माथ्वेसँग २१–१५, २१–९ तथा सुनिल श्रीलंकाका शेनुक सामरारत्नेसँग २१–१८, २१–८ ले पराजित हुन पुगे। विश्वका पाँच महादेशका नेपालसहित २२ राष्ट्रले यस नेपाल च्यालेन्जमा प्रतिस्पर्धा गरिरहेका छन्। उक्त प्रतियोगिताको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्‌घाटन गरेका थिए। सो अवसरमा पूर्वप्रधानमन्त्री दाहालले खेल एक प्रतिस्पर्धा मात्र नभएर दुई देशबीच सद्भाव कायम गर्ने बलियो माध्यम रहेको बताए। दाहालले खेल एक प्रतिस्पर्धा मात्र नभएर देशको भेषभुषा र कला संस्कृतिको प्रवर्द्धनसँगै एकआपसमा दुई देशबीच सद्भाव कायम गर्ने बलियो माध्यम रहेको उल्लेख गरेका हुन्।

खेलले विभिन्न देशबीच मित्रतासमेत कायम गरेकाले यसको आयोजना गर्नु विशेष महत्व रहेको दाहालले उल्लेख गरे। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले विश्वलाई नै राजनीतिले भन्दा पनि खेलकुदले एक ठाउँमा जोड्ने काम गरेको धारणा पनि राखेका थिए। राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपालमै अन्तर्राष्ट्रिय खेलकुद आयोजनाका लागि राखेपले प्रोत्साहन गर्दै आएको बताए। विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्वीकृतिमा नेपाल च्यालेन्ज २०२४ भएको हो। नेपालसहित भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, बङ्लादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, इरान, इटाली, संयुक्त अरब इमिरेट्स (युएई), जाम्बिया, युगान्डा, इङ्ल्यान्ड, न्युजिल्यान्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन र जापानका कुल एक सय ७४ खेलाडीले यस च्यालेन्जमा प्रतिस्पर्धा गरिरहेका छन्। च्यालेन्जमा पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा भइरहेको छ।  

कुल १५ हजार अमेरिकी डलरको पुरस्कार राशि रहेको च्यालेन्जका विजेता, उपविजेता, सेमिफाइनलिस्ट र क्वार्टरफाइनलिस्टले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त पाउनेछन्। च्यालेन्जलगत्तै आगामी पुष १२ देखि १४ गतेसम्म नेपाल जुनियर अन्तर्राष्ट्रिय सिरिज २०२४ आयोजना हुँदै छ। जुनियरमा पनि आयोजक नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान र युएईका कुल एक सय सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यसमा नेपालबाट जुनियरमा ८ पुरुष र ८ महिला खेलाडीको प्रतिस्पर्धा हुँदै छ। सिरिजमा पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछन्।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३९ सेकेन्ड अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
यो पनि पढौँ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस