त्रिदेशीय टी-२० क्रिकेट : नेदरल्यान्ड्सद्वारा नेपालसामु १४१ रनको लक्ष्य, सिताले लिइन् ५ विकेट
२० माघ २०८१
•
१ मिनेट पाठ
त्रिदेशीय टी-२० क्रिकेट : नेदरल्यान्ड्सद्वारा नेपालसामु १४१ रनको लक्ष्य, सिताले लिइन् ५ विकेट
काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट शृंखलाको चौथो खेलमा नेदरल्यान्ड्सले नेपालसामु १४१ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ ।




कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको डच टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर रनको योगफल तयार पारेको हो ।

भ्रमणकारी टोलीका लागि क्याप्टेन बेबेट डी लिडले ४१ र हेथर सेइगर्सले २६ रनको योगदान गरे । फेबी मोल्केन्बोर र रोबिन रिकेले समान २१ रन बनाए ।

नेपालका लागि सिता राना मगरले ५ विकेट लिइन् । इनिङ्सको १८ औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्न आएकी उनले मात्र एक रन खर्चेर ३ विकेट लिएकी हुन् । २०औं ओभरमा उनले थप २ विकेट लिइन् । मनिषा उपाध्यायले २ तथा कविता जोशी र इन्दु बर्माले समान एक विकेट लिए । सुरुवाती तीन ओभरमा मात्र ११ रन दिएकी रुबिना क्षेत्रीले आफ्नो चौथो ओभरमा भने १२ रन दिइन् ।उनले विकेट लिन सकिनन् । पूजा महतो र रेवती रावल भने महंगो सावित भए ।  

नेपालले शृंखलाको सुरुवाती दुवै खेल गुमाएको छ । आइतबारको खेलमा समेत पराजित भए नेपालको उपाधि यात्रा कठिन बन्नेछ । बिहीबार नेदर्ल्यान्ड्ससँगको पहिलो खेल गुमाएको नेपाल शनिबार थाइल्यान्डसँग पराजित भएको थियो । 

थाइल्यान्डले दुई र नेदरल्यान्ड्सले एक खेल जितेका छन् । हरेकले एकआपसविरुद्ध तीन खेल खेल्नेछन् । तीन देश सहभागी शृंखलाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । 
अर्को समाचार
त्रिदेशीय महिला टी-२० क्रिकेट : रोकिएन नेपालको हार, नेदरल्यान्ड्सको उपाधि यात्रा कायमै
२३ माघ २०८१
•
१ मिनेट पाठ
त्रिदेशीय महिला टी-२० क्रिकेट : रोकिएन नेपालको हार, नेदरल्यान्ड्सको उपाधि यात्रा कायमै
त्रिदेशीय महिला टी-२० क्रिकेटमा नेपालको हारको शृंखला जारी छ । बुधबार नेपाल नेदरल्यान्ण्ड्ससँग १० विकेटको फराकिलो अन्तरमा पराजित भएको हो । 




जारी शृंखलामा यो नेपालको लगातार पाँचौ हार हो । जारी शृंखलामा नेपालले नेदरल्यान्ड्ससँगको तीनै खेलमा हार भोगेको छ । शृंखलाको अन्तिम खेलमा शुक्रबार नेपालले थाइल्यान्डसँग खेल्नेछ ।

पाँच खेलसम्म नेपाल अंकविहीन छ । पाँच खेलबाट डचटोलीको ६ अंक भएको छ । बिहीबार नेदरल्यान्ड्सले थाइल्यान्डसँग खेल्नेछ । दुई खेल बाँकी रहेको अपराजित थाइल्यान्डको ८ अंक छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले बिना क्षति १९.४ ओभरमा पूरा गर्यो । उसको जितमा स्टिर कालिसले ९८ र फेब मोल्केन्बोरले ४८ रनको योगदान गरे ।

मात्र ६९ बलको सामना गरेकी कालिसले ११ चौका र २ छक्का प्रहार गरिन् । उनी २ रनले शतक बनाउनबाट चुकिन् । 

नेपालले सात जना बलर प्रयोग गरेपनि एक विकेट पनि लिन सकेन ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १४५ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि पूजा महतोले नटआउट ६२ रन जोडिन् । मात्र ४३ बलमा चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेकी उनी त्रिवि त्रिकेट मैदानमा अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी बनिन् । उनले समग्रमा पाँच चौका प्रहार गरिन् । यो उनको अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक हो । गत वर्ष उनले माल्दिभ्सविरूद्ध अर्धशतक बनाएकी थिइन् ।  कविता जोशी ७ रनमा नटआउट रहिन् ।

क्याप्टेन इन्दु बर्माले ३९ र रुविना क्षेत्रीले २० रनको योगदान गरे । ७ रन जोड्दा २ विकेट गुमाएको स्थिति सम्हाल्दै इन्दु र पूजाले तेस्रो विकेटका लागि ७८ तथा पूजा र रुबिनाले चौथो विकेटका लागि ४० रनको साझोदारी गरे । पूजाले अन्तिम २ ओभरमा कवितासँग नटआउट २० रनको साझेदारी गरिन् । 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस