रिलायन्स रेसिडेन्सियल, ग्रिन लन्स र ज्ञान निकेतनले प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन्।
पिङ्लास्थानस्थित आयोजक हिमाली बोर्डिङ स्कुलको कोर्टमा सम्पन्न ज्ञान निकेतन सिनियर बोइजमा, रिलायन्स सिनियर गल्र्समा र ग्रिन लन्स जुनियर बोइजमा च्याम्पियन भएका हुन्। सिनियर बोइजको फाइनलमा ज्ञान निकेतनले विल्सन एकेडेमीलाई ७२–६१ ले पराजित ग¥यो। ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले २१ अंक जोडे। सिनियर गल्र्सको उपाधि भिडन्तमा रिलायन्सले हिमालीलाई ४४–३५ ले हरायो। रिलायन्सकी एलिशा तामाङले १६ स्कोर गरिन्। जुनियर बोइजको फाइनलमा ग्रिन लन्सले सम्भावीमाथि ४०–२५ को जित निकाल्यो।
ग्रिन लन्सका देव देउलाले २२ अंक बटुले। सिनियर बोइजमा ज्ञान निकेतनका दिप्सन अधिकारी, सिनियर गल्र्समा रिलायन्सकी एलिशा र जुनियर बोइजमा ग्रिन लन्सका देव मोस्ट भेलुएबल प्लेयर घोषित भए।
सिनियर बोइजमा केयर इङ्लिस, सिनियर गल्र्समा क्यान्भास र जुनियर बोइजमा इस्टपोल अनुशासित टिम बने। विजेतालाई संघीय सांसद कान्तिका सेजुवाल, हिमालीका प्रिन्सिपल नेत्रप्रसाद उपाध्याय, हिमालीका चेयरम्यान जगदीश्वर बराल र कोअर्डिनेटर कल्पना बोहरा, हेम्सका प्रिन्सिपल एसके गौतमलगायतले पुरस्कृत गरे। सिनियर बोइजमा १४ तथा सिनियर गल्र्स र जुनियर बोइजमा समान आठ टिम सहभागी थिए।