गोर्खाली रग्बी क्लबको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोगमा शुक्रबारदेखि सुरु हुने गोर्खाली रग्बी सेभेन्स ट्रफीको तयारी पूरा भएको छ।
भरतपुर–७ कृष्णपुरस्थित खेलकुद मैदानमा शुक्रबारदेखि दुईदिने गोर्खाली रग्बी सेभेन्स प्रतियोगिता हुँदै छ। गोर्खाली क्लबले बिहीबार अङ्कुरम् एकेडेमीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ।
अङ्कुरम् एकेडेमी यस प्रतियोगिताको आतिथ्यता साझेदार पनि हो। आयोजकका अनुसार २०७४ सालदेखि संघले आयोजना गरेको विभिन्न राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आए पनि यसपटक भने आफै प्रतियोगिता सञ्चालन गर्न लागेको क्लबका अध्यक्ष हरेराम कार्कीले जानकारी दिए।
चितवनमा दोस्रोपटक आयोजना गरिएको यस प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख, दोस्रो हुनेलाई एक लाख रूपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी र इटालियन सुट प्रदान गरिने रग्बी संघ, चितवनका अध्यक्ष सुमन पौडेलले जानकारी दिए।
प्रतियोगितामा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश तथा आयोजक क्लबको एकएक समूह र नेपाल आर्मी र सशस्त्र प्रहरीको एकएक गरी जम्मा सातवटा समूहको सहभागिता रहेको छ।
सहभागी हरेक टोलीले पाँच जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिए पनि यस प्रतियोगितामा कर्णाली प्रदेशको समूहमा तीन जना र आयोजक समूहमा दुई जना विदेशी खेलाडीहरू पनि सहभागी रहने जानकारी दिइएको छ। क्लबले ‘खेलसँगै पर्यटन’ को अवधारणा अनुसार आगामी वर्ष विदेशी टिमसहितको प्रतियोगिता गर्ने तयारी गरेको छ।
यस वर्षको प्रतियोगिता पनि विश्व रग्बीको नियमअनुसार नै सञ्चालन गरिने र प्रत्येक खेलको समयावधि १४ मिनेटको रहने तथा ७ मिनेटमा हाफ भएपछि दुई मिनेटको ब्रेक हुने तथा एउटा समूहमा १२ जना रहने भए पनि प्रत्येक टिमबाट सातसात जना खेलाडीले स्पर्धा गर्ने राष्ट्रिय कोच तथा गोर्खाली रग्बी क्लबका उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए।