‘बी’ डिभिजन लिगको तयारी पूरा
२४ फागुन २०८१
•
२ मिनेट पाठ
‘बी’ डिभिजन लिगको तयारी पूरा
आगामी आइतबारदेखि सुरु हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल २०८१ को तयारी पूरा भएको छ ।




कुल १४ क्लबले प्रतिस्पर्धा गर्ने नेपाली फुटबलको ‘बी’ डिभिजन लिग फागुन २५ देखि जेठ २५ गतेसम्म हुँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै लिगको तयारी पूरा भएको जानकारी दिएको हो। कुल ९३ दिनसम्म चल्ने यस लिगको सम्पूर्ण तयारी पूरा भइसकेको एन्फाले जनाएको छ।

फिफाको नियमअनुसार ९३ दिनसम्म लिग सञ्चालन हुनुपर्ने प्रावधान छ। तर, क्लबहरूले ५० दिनमा नै लिग सकाउने प्रस्ताव गर्दै आएका छन्। यद्यपि, त्यो प्रस्तावअनुरूप लिग गर्न नसकिने एन्फाका टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले बताए।

कुल १४ वटा क्लब रानपोखरी कर्नर टिम (आरसिटी), श्री भगवती, टुसाल युथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसवारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगन्ज युनाइटेड, झापा फुटबल र प्लानिङ ब्वाइज युनाइटेडले यस संस्करणको ‘बी’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्दै छन्।

यहाँबाट दुईवटा टोली बढुवा र दुई टोली घटुवा हुनेछन्। सबै क्लबलाई १४ लाख ५० हजार तयारी खर्च दिने एन्फाले जनाएको छ। सिंगल राउन्ड रोबिनका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको छ। कुल ९१ वटा खेलहरूमध्ये केही त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले उल्लेख गरेको छ।

लिगको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडिएसीले पाइसकेको छ। एन्फाले एक करोड ९२ लाख रूपैयाँमा एमडिएएसी स्पोट्र्सलाई ए, बी र सी डिभिजन तीनै लिगका लागि टिकेटिङ र ब्रोडकास्टिङ अधिकार बेचेको हो।

लिगको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ एक सय र भिआइपी पारापिटतर्फ तीन सय तय गरिएको छ। लिगको विजेता, उपविजेता तथा अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ। लिगको विजेताले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुने टोलीले पाँच लाख रूपैयाँ पाउनेछन्।

फेयर प्ले टोली र उत्कृष्ट खेलाडीले एक लाख रूपैयाँ पाउने एन्फाले जनाएको छ। उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले ५० हजार रूपैयाँ पाउने भएका छन्। प्लेयर अफ द म्याचले सात हजार पाँच सय पाउनेछन्। हरेक खेलमा जितबापत २५ हजार र खेल बराबरी भएको खण्डमा दुवै टोलीलाई १० हजार रूपैयाँ प्रदान गरिने एन्फाले उल्लेख गरेको छ। प्रतियोगिताको कुल बजेट तीन करोड ९३ लाख एक हजार आठ सय १३ रहेको र त्यसमध्ये फिफाले अनुमानित दुई करोड अनुदान दिनेछ। 
अर्को समाचार
एरिका र अञ्जना सम्मानित
०७ साउन २०८२
•
१ मिनेट पाठ
एरिका र अञ्जना सम्मानित
नेपाली खेलकुदमा एकपछि अर्को ऐतिहासिक नतिजा दिलाउँदै आएकी कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगर सम्मानित भएका छन्।




भक्तपुरको मध्यपुरमा मंगलबार आयोजित एक कार्यक्रमबीच मध्यपुरको इनर ह्विल क्लबले १९औं एसियाली खेलकुदकी रजत विजेता एरिका र गोलकिपर अञ्जनालाई नगदसहित सम्मान गरेको हो। एरिकाले कराते वान प्रिमियर लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण र एसियन च्याम्पियनसिपमा रजत जितेकी थिइन्।

प्रिमियर लिगमा कांस्यका साथै एसियन च्याम्पियनसिप र एसियन गेम्समा रजत पदक जित्ने उनी नेपाली कराते खेलाडी हुन्। उनै एरिका र अञ्जनालाई इनर ह्विल क्लबले २५ हजार रूपैयाँ नगदसहित सम्मान गरेको हो। नेपाली खेलकुदमा उल्लेखनीय योगदान गरेबापत उनीहरूलाई डा. सृष्टि उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

क्लबकी संस्थापक तथा इनर ह्विल डिस्ट्रिक्ट ३५० की उपाध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले खेलाडीलाई सम्मान गरेकी थिइन्। सो अवसरमा उनले खेलकुदमा महिलाको सहभागिता र सफलतालाई सम्मान गर्न पाउनु आफ्नै लागि पनि गौरवको विषय रहेको बताइन्।

उनले आगामी वर्षहरूमा पनि यस्ता उदाहरणीय खेलाडीलाई सम्मानित गर्ने क्रमलाई अझ व्यापक बनाउँदै लाने प्रतिबद्धता जनाइन्। सम्मानित हुने दुवै खेलाडीले निजी स्तरबाट हुने यस्ता सम्मानले आफूहरूलाई देशका लागि अझ समर्पित भएर खेल्न ऊर्जा मिल्ने उल्लेख गर्दै आयोजकलाई धन्यवाद दिए।
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस