शुक्रले जिते कोर्स रेकर्डसहित उपाधि
१० जेष्ठ २०८२
•
३ मिनेट पाठ
शुक्रले जिते कोर्स रेकर्डसहित उपाधि
नेपाल पूर्वनम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि कोर्स रेकर्डसहित जित्न सफल भएका छन्।




समग्रमा १७ अन्डर २५५ को प्रभावशाली स्कोरमा शुक्रले नीरज तामाङलाई चार स्ट्रोकले हराउँदै उपाधि आफ्नो नाममा लेखाए। शुक्रले एमेच्योर खेलाडी सद्भाव आचार्यको नाममा रहेको १५ अन्डर ५७ को रेकर्ड तोडे। सद्भावले यसै सिजन सूर्य नेपाल काठमाडौं ओपनमा सो रेकर्ड बनाएका थिए।

अन्तिम दिन ६ अन्डर ६२ को स्कोर बनाएका शुक्रले उपाधिसँगै नगद १ लाख १० हजार प्राप्त गरे। उनको यो करियरको एघारौं उपाधि हो। यो सिजन तीन उपाधि जितेका नीरजले शुक्रबार ६ अन्डर ६२ को स्कोर जोडे। समग्रमा १३ अन्डर २५९ को स्कोरमा नीरज दोस्रो भए।

उनले नगद ७० हजार हात पारे। समग्रमा ८ अन्डर २६४ को स्कोरमा दिनेश प्रजापतिले तेस्रो स्थानमा प्रतियोगिता सकाए। शुक्रबार उनले तीन अन्डर ६५ को स्कोर दर्ज गरे। तेस्रो भएका उनलाई ५० हजार प्रदान गरिएको छ। शुक्रबार एक ओभर ६९ स्कोर सहित समग्रमा सात अन्डर २६५ को नतिजामा भुवनकुमार रोक्का चौथो हुँदा ४२ हजार प्राप्त गरे।

समग्रमा पाँच अन्डर २६७ सहित सञ्जय लामा पाँचौं भए। उनले शुक्रबार तीन अन्डर ६५ को स्कोर तयार पारे। उनले ३७ हजार नगद पुरस्कार आफ्नो नाममा लेखाए। तोरणविक्रम शाही, साबिक विजेता रवि खड्का र वसन्तराज गुरुङले समग्रमा चार अन्डर २६८ सहित संयुक्त रूपमा छैटौं स्थान बाँडे।

उनीहरूले जनही ३० हजार प्राप्त गरे। समग्रमा एक अन्डर २७१ बनाएका नेपाल नम्बर एक भुवन नगरकोटीले नवौं स्थानमा चित्त बुझाए। शुक्रबार उनले २ अन्डर ६६ स्कोर गरे। समग्रमा दुई ओभर २७४ सहित रमेश अधिकारी दशौं भए। भुवनले २४ हजार र रमेशले २१ हजार हात पारे। अन्तिम १८ होलको सुरुआत गर्दा आज शुक्रसँग ३ स्ट्रोकको अग्रता रहेको थियो। उनले दोस्रोदेखि पाँचौं होलसम्म लगातार चार बर्डी प्रहार गरे। उनलाई अन्य खेलाडीले चुनौतीसमेत दिन सकेनन्। फ्रन्ट नाइन चार अन्डर ३०मा सकाए। यसपछि पाँच पारको दशौं होलमा इगलको सफलता प्राप्त गरे। १३औं र १४औं होलमा एक सट बचाए।

१२औं र १८औं होलमा बोगी खेप्दै ब्याक नाइन दुई अन्डर ३२ मा सकाए। नीरजले पहिलो, चौथो र पाँचौं होलमा बर्डी प्रहार गर्दा सातौं होलको बोगीले फ्रन्ट नाइन दुई अन्डर ३२ मा पूरा गरे। यसपछि १०औं होलमा इगल तथा १२औं र १८औं होलको बर्डीले ब्याक नाइनमा चार अन्डर ३० को नतिजा निकाले। दिनेशले फ्रन्ट नाइन एक अन्डर ३३ र ब्याक नाइन दुई अन्डर ३२ मा सकाए। उनले पहिलो, चौथो, सातौं, एघारौं र १६औं होलमा एक सट बचाए। आठौं र नवौं होलमा बोगी खेपे। एमेच्योरतर्फ समग्रमा तीन ओभर २७५ सहित राहुल विश्वकर्माले निश्चयजंग रायमाझीलाई एक स्ट्रोकले हराउँदै उपाधि जिते। समग्रमा चार ओभर २७८ सहित निश्चय दोस्रो भए।

दुवैले दुई ओभर ७० मा खेल सकाएका थिए। ७२ होलको चारदिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीे सहभागी थिए। कुल ६ लाख नगद पुरस्कार राशि रहेको प्रतियोगितामा शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरूले पनि नगद प्राप्त गरे।

विजेतालाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल मेनेजर (मार्केटिङ) केशव प्रधान, एनपिजिएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, एनपिजिएका सल्लाहकार घनश्याम थापा, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे। प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतिस्पर्धा हुनेछ। एमेच्योर खेलाडीले प्रोफेसनल गल्फरसँग खेल्ने अवसर प्राप्त गर्नेछन्।  
अर्को समाचार
एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्य
११ साउन २०८२
•
३ मिनेट पाठ
एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्य
पेरिस पारालिम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित पाँच खेलाडीको प्रतिस्पर्धा रहने दशौं एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालले पदक जित्ने लक्ष्य राखेको छ।




मलेसियामा हुने एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशासहित नेपालका दुई पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। काठमाडौं जिल्ला तेक्वान्दो संघले शनिबार उक्त नेपाली पारा तेक्वान्दो टोलीलाई बिदाइ गरेको थियो। सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामाले च्याम्पियनसिपमा पदक जित्ने आशा व्यक्त गरे।

उक्त च्याम्पियनसिप सारवाक सहरमा आगामी अगस्ट १ मा हुँदै छ। ठमेलमा शनिबार आयोजना भएको एक कार्यक्रमबीच काठमाडौं जिल्ला तेक्वान्दो संघले नेपाली खेलाडीलाई बिदाई गरेको हो।

नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रूपक राजवंशी, उपाध्यक्ष सुनिता सिंह, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी र नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङलगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।

सोही अवसरमा सिद्धार्थ वनस्थलीका प्रिन्सिपलसमेत रहेका रूपक राजवंशीले पारालिम्पिकमा पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्न पाएको स्मरण गर्दै यस च्याम्पियनसिपमा पदक जित्ने आशा व्यक्त गरे। साथै उनले पारा तेक्वान्दो टोलीका लागि प्रोत्साहन स्वरूप ५० हजार रूपैयाँ प्रदान गर्ने घोषणा गर्दै खेलकुद क्षेत्रमा जोडिन पाउँदा धेरै खुसी लागेको र आगामी दिनमा पनि पारा तेक्वान्दोलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

काठमाडौं जिल्ला काठमाडौं संघका अध्यक्ष विक्रमले खेलाडीको प्रोत्साहनका लागि यस किसिमका कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै उनीहरूलाई सहयोग गर्न जिल्ला तेक्वान्दो संघ सदैव तयार रहेको विश्वास व्यक्त गरे।

सो अवसरमा लायन्स क्लब अफ तेक्वान्दो काठमाडौं नेपाल, लायन्स क्लब अफ काठमाडौं मेरिगोल्ड र तेक्वान्दोकी पूर्वखेलाडी सुमी परियारले ६ जना खेलाडी, प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ट्य्राकसुट प्रदान गरेका थिए। नेपाली टोली आगामी साउन १३ गते त्यसतर्पm प्रस्थान गर्ने कार्यक्रम छ।

पेरिस पारालम्पिककी कांस्य पदक विजेता पलेसासहित अमीर ब्लोन, कामना प्रसाईं, रेणु तामाङ र भरत सिंह महताले उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन्। के–४४ विधाअन्तर्गत पलेशाले ५७ केजीमुनि, अमीरले ६३ केजीमुनि, रेणु र कामनाले ४७ केजीमुनि तथा भरतले ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। हाल चीनमा अध्ययनरत पलेशा उतैबाट प्रतियोगितामा सहभागी हुने कार्यक्रम छ।

प्रशिक्षक लामाले वैशाखदेखि नै प्रशिक्षण गरिरहेको र तयारी पनि राम्रो भएकाले पदक जित्ने आशा व्यक्त गरेका छन्। लामाले एसियन गेम्स र पारालिम्पिकको तयारीका लागि यो च्याम्पियनसिप महत्त्वपूर्ण रहेको र खेलाडीको वरीयतामा सुधार गर्ने माध्यम पनि बन्ने उल्लेख गरे।

नेपालले सन् २०१४ देखि एसियन च्याम्पियनसिपमा नियमित प्रतिस्पर्धा गर्दै आएको छ। हालसम्म नेपालले एसियन च्याम्पियनसिपमा एक रजत र पाँच कांस्य पदक जितेको छ। रञ्जना धामीले समान एक रजत र कांस्य पदक जितेकी छन्। पलेशा, अरूण शाक्य, सीता भण्डारी र रोहित हाङ राईले कांस्य प्राप्त गरेका छन्। प्रशिक्षक नेगीले सन् २०१७ देखि टोली सम्हाल्दै आएका छन्।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस