भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले इंल्यान्ड भ्रमणका लागि टेस्ट टिमको कप्तानको जिम्मेवारी युवा ब्याट्सम्यान शुभमन गिललाई दिएको छ। पञ्जावका लिगको कमानीमा भारतले जुन २० देखि पाँच खेलको शृंखला खेल्नेछ। भारतीय टेस्ट क्रिकेटबाट क्याप्टेन रोहित शर्मा र अर्का भरपर्दा ब्याट्सम्यान विराट कोहलीले सन्यास घोषणा गरेपछि अधिकांश नयाँ र युवा खेलाडीलाई समेट्दै भारतले नयाँ टिम घोषणा गरेको हो।
पुराना खेलाडीहरु लोकेश राहुल, रविन्द्र जडेजा, जस्प्रित बुमराहहरु टिममा भएर पनि बिसिसिआईले २६ वर्षे युवा खेलाडी लिगलाई नेतृत्व सुम्पिएको हो।
प्रथम श्रेणीको कप्तानका रुपमा धेरै अनुभव नभएका गिलको भारतीय राष्ट्रिय जर्सीमा क्रिकेटको यात्रा पनि छोटै छ। सन् २०१९ देखि निरन्तर क्रिकेटका विभिन्न फर्मेटमा राष्ट्रिय टोलीमा पर्दै आएका उनले सन् २०२० को डिसेम्बरमा अस्ट्रेलियासँगको म्याचबाट अन्तर्राष्ट्रिय टेस्टमा डेब्यू गरेका हुन्। मात्र २१ वर्षको उमेर राष्ट्रिय टिममा परेका उनले डेब्यू खेलकै पहिलो इनिङ्समा ४५ र दोस्रोमा नटआउट ३५ रन बनाएका थिए। उक्त खेल भारतले ८ विकेटले जितेको थियो।
मात्र ३२ अन्तर्राष्ट्रिय टेस्ट खेलेका उनले ३५.०५ को औसतमा १ हजार ८९३ रन बनाएका छन्। जसमा ५ शतक र ७ अर्धशतक सामेल छन्।
लिगको कप्तानीमा रहेको गुजरात टाइटन्स जारी आईपीएलको प्लेअफमा पुगिसकेको छ। आइतबार हुने चेन्नई सुपर किङ्ससँगको खेलमा जित निकाल्न सके शीर्ष स्थानको गुजरातले शीर्ष स्थानमा रहँदै क्वालिफायरमा स्थान बनाउनेछ। उनी २०२२ को आईपीएलपछि निरन्तर गुजरातमा छन्।
लिग उपकप्तान रहेका समय भारतको अण्डर १९ टोलीले सन् २०१९ मा विश्वकपको उपाधि उचालेको थियो। गिलसहितको भारतीय टिमले यसैवर्ष पाकिस्तान र यूएईमा संयुक्तरुपमा भएको च्याम्पियन्स ट्रफी र श्रीलंकामा सन् २०२३ मा भएको एसिया कपको उपाधि उचाले जितेको थियो। भारत सन् २०२३ मा घरेलु मैदानमा भएको एकदिवसीय विश्वकप तथा सने २०१९-०२१ र २०२१-०२३ को वर्ल्ड टेस्ट च्याम्पियसिपको उपविजेता बनेको थियो।
दायाँ हाते ब्याट्सम्यान गिलले सन् २०१९ को जनवरीमा न्युजिल्यान्डविरुद्धको खेलबाट एकदिवसीय र सन् २०२३ को जनवरीमा श्रीलंकाविरुद्धको खेलबाट टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हुन्।
सिनियर प्रायः सबै खेलाडीहरु राष्ट्रिय क्रिकेट टिमबाट बाहिरिसकेको र टिममा भएकाहरु पनि फर्ममा नरहेपछि प्राप्त जिम्मेबारीलाई युवा खेलाडीहरुको साथमा सफल बनाउने योजनामा आफू रहेको गिल बताउँछन्।
एकदिवसीय क्रिकेटमा भारतीय टिमको उपकप्तान पनि रहेका गिल ओपनर ब्याट्सम्यान हुन्। एकमहिनापछि हुने इंल्यान्ड भ्रमण सफल बनाउन सके लामो समयसम्म पञ्जावी ठिटो गिलले भारतीय टेस्ट क्रिकेटको नेतृत्व गर्ने पक्का छ।