इण्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार शीर्ष स्थानको गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे अहमदावादमा सुरु हुनेछ ।
गुजरात र चेन्नईका लागि जारी सिजन लिग चरणको यो अन्तिम खेल हो । १३ खेलबाट मात्र ६ अंक भएको महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई तालिकाको पुछार दशौं स्थानमा छ । गुजरातलाई पराजित गर्दै चेन्नई जारी सिजनमा सुखद् अन्त्य गर्ने योजनामा हुनेछ ।
शुभमन गिलको नेतृत्वमा रहेको गुजरात भने चेन्नईविरुद्ध जित निकाल्दै सिधैं क्वालिफायरमा स्थान बनाउने लक्ष्यमा हुनेछ । १३ खेलबाट १८ अंकमा शीर्ष स्थानमा रहेको गुजरात आजको खेलमा जित निकाल्न सके दोस्रो स्थानको पञ्जाव किङ्सभन्दा ३ अंकले अघि हुनेछ ।
गुजरात, पञ्जावसहित रोएल च्यालेन्जर्स बेंगलुरु र मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनाइसकेका छन् । पञ्जाव र बेंगलुरुको समान १७ तथा मुम्बईको १६ अंक छ । लिग चरणको आफ्नो अन्तिम खेलमा पञ्जाव र मुम्बईबीच खेल हुनेछ । बेंगलुरुले भने लखनऊ सुपर जाइन्ट्ससँग खेल्नेछ ।
समान १७ अंक भएका पञ्जाव र बेंगलुरु आआफ्नो खेलमा विजयी भए रनरेटका आधारमा क्वालिफायरमा छनोट हुने टोलीको टुंगो लाग्नेछ । पञ्जाव मुम्बईसँग हारेको अवस्थामा लखनऊविरुद्ध विजयी भए बेंगलुरुले क्वालिफायर खेल्नेछ । बेंगलुरु हारेको अवस्था भने पञ्जावविरुद्ध जित निकाल्न सके मुम्बईले क्वालिफायर खेल्नेछ । त्यसैले प्लेअफमा स्थान पक्का गरेका सबै चारै टिमको क्वालिफायर खेल्ने सम्भावना समान छ ।
आजै राति ७ः४५ बजे लिग चरणमा रोकिएका डिफेन्डिङ च्याम्पियन कोलकात्ता नाइट राइडर्स र सनराईजर्स हैदरावादबीच खेल हुनेछ । कोलकात्ता १२ अंकमा सातौं र हैदरावाद ११ अंकमा आठौं स्थानमा छन् ।