अखिल नेपाल फुटबल संघ (एन्फा) यु-१६ युथ लिग असार २० गतेदेखि हुने भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार 'ए' डिभिजन क्लबहरूसँगको छलफलपछि एन्फाले असार २० गतेदेखि लिग गर्ने निर्णय गरेको हो । सहभागी प्रत्येक क्लबलाई तयारी खर्चस्वरूप एन्फाले ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।
प्रतियोगितामा सहभागी क्लबहरूले खेलाडी दर्ताका क्रममा अनिवार्य रूपमा नाबालक परिचयपत्र पनि पेश गर्नुपर्ने छ। एन्फाले क्लबहरूले न्यूनतम खेलाडीहरू असार १५ गतेसम्म अनिवार्य रूपमा दर्ता गरिसक्नुपर्ने र क्लब दर्ता असार ५ गतेसम्म गर्नुपर्ने निर्णय पनि गरेको छ ।
प्रतियोगिताको खेलतालिका भने असार १६ गते सार्वजनिक गर्ने तयारी एन्फाको छ ।