‘खेलाडीको भविष्यमाथि खेलबाड गरियो’
२३ जेष्ठ २०८२
•
३ मिनेट पाठ
‘खेलाडीको भविष्यमाथि खेलबाड गरियो’
राष्ट्रिय मान्यता प्राप्त नेपाल उसु महासंघ (एनडब्लुएफ) ले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको नाममा देशको कानुनविपरीत रहेको एक समूहले खेलाडीको भविष्यमाथि खेलिरहेको आरोप लगाएको छ।




शैलेश कर्माचार्य अध्यक्ष रहेको नेपाल उसु महासंघले अदालत र नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा अवैधानिक ठहर गरेको वीरबहादुर तामाङ नेतृत्व रहेको उसु महासंघले खेलाडीको करियरसँग खेलिरहेको आरोप लगाएको हो।

कर्माचार्य अध्यक्ष रहेको उसु महासंघले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै वीरबहादुर नेतृत्वको समूहको लापरबाहीका कारण एसिया कप उसु च्याम्पियनसिपमा नेपाली खेलाडीको सहभागिता अनिश्चित बनेको आरोप लगाएको छ ।

नेपाली खेलाडी दीपक हमाल र शिव सिलवालले चीनमा जुलाई २ देखि ७ सम्म हुने एसिया कप उसु च्याम्पियनसिपमा स्थान पक्का गरेका छन्। तर दुई संघको विवादका कारण उनीहरूको सहभागिता निश्चित छैन।

राष्ट्रिय मान्यता प्राप्त उसु महासंघका महासचिव नवराज ढुंगानाले जापानको योकोहामामा आयोजित तेस्रो ताओलु उसु विश्वकप २०२४ मा भएको खर्च अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघले तिर्न नसकेपछि नेपाललाई अन्तर्राष्ट्रिय उसु महासंघले कालोसूचीमा राख्ने सम्भावना बढेको बताए।

जापान उसु महासंघले आफूहरूलाई सात हजार २८० अमेरिकी डलर तिर्न बाँकी रहेको जानकारी दिएको उल्लेख गर्दै त्यहाँ अवैधानिक रहेको महासंघका महासचिव लाक्पा लामा सहभागी भएको बताएका छन्। तर, त्यो समूहले खेलाडीहरूलाई आफूसँगै लिएर गए पनि अन्तर्राष्ट्रिय सहभागिताका क्रममा लागेको शुल्क नतिरीकन आउँदा नेपाली खेलाडीले अब अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट वञ्चित हुनुपरेको राष्ट्रिय मान्यता प्राप्त उसु महासंघका महासचिव ढुंगानाले बताएका छन् ।

उक्त रकम समयमै तिर्न नसके नेपाल अन्तर्राष्ट्रिय उसु महासंघको कालोसूचीमा पर्ने उनले उल्लेख गरेका छन्। दीपक हमाल, विजय सिंजाली, पासाङ शेर्पा, राजीव तामाङ र निमा घर्तीमगरले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए।

विजयले देशका लागि कांस्य पदक जितेका थिए। त्यहाँ सहभागी हुँदा अन्तर्राष्ट्रिय मान्यता पाएको लाक्पा लामा समूहले दुई पदाधिकारीको मात्र शुल्क तिरेको थियो। राज्यकै प्लेन टिकट खर्चमा उनीहरू त्यहाँ पुगे पनि खेलाडीहरूको शुल्क भने नतिरी उनीहरू फर्केका थिए। त्यससँगै अन्तराष्ट्रिय उसु महासंघले कर्माचार्य नेतृत्वको महासंघलाई उक्त रकम तिर्न पत्राचार गरेको थियो ।

तर, त्यहाँ राज्यद्वारा अवैधानिक व्यक्ति गएकाले आफूहरूले त्यो रकम नतिर्ने कर्माचार्य नेतृत्व महासंघले अन्तर्राष्ट्रिय उसु महासंघलाई जबाफ पठाएको थियो। यदि आफूहरूले खेलाडी लगेको भए त्यो रकम राज्यसँग नमागी पदाधिकारीले नै बेहोर्ने राष्ट्रिय महासंघका महासचिव ढुङ्गानाले बताए।

उनले सरकारले नै अवैधानिक ठहर गरेको जीवनराम श्रेष्ठ नेतृत्वमा रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले भोट जोगाउनकै लागि अवैधानिक व्यक्ति वीरबहादुर तामाङ र लाक्पा लामालाई संरक्षण गर्दा आफ्नो महासंघले अन्तर्राष्ट्रिय मान्यता पाउन नसकेको आरोप लगाएका छन्।

एनओसीकै कारण खेलाडीको पनि भविष्य अन्धकार बनिरहेको उक्त महासंघले जनाएको छ। दशकौंसम्म एउटै व्यक्तिले निजी संस्थाजस्तै गरेर खेल संघमाथि कब्जा गरिरहँदा खेलकुद विवादमा परेको पनि ढुंगानाको आरोप छ।

गत वर्ष नै अप्रिलमा चीनको जियानजिनमा सम्पन्न विश्वकप छनोटमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङबाट बिदाइ भएर १४ खेलाडीसहितको टोलीले सहभागिता जनाएको थियो। सोही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय उसु महासंघले नेपालका पाँच खेलाडीलाई विश्वकपमा सहभागिताका लागि छानेको थियो।

परिषद्बाट विश्वकप सहभागिताको क्रममा खेलाडीको खाना र बसोबासको खर्च बिलअनुसार भुक्तानीको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला युवा तथा खेलकुदमन्त्री चौधरीले रोकेको आरोप लगाउँदै खेलाडीले बुधबार पत्रकार सम्मेलन गरेका थिए। तर, ढुंगानाले खेलाडीको प्लेन टिकटसँगै बसोबासको खर्च पनि दिनुपर्ने ठाउँमा त्यसो नगरिएको उल्लेख गरेका छन्।  
अर्को समाचार
एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्य
११ साउन २०८२
•
३ मिनेट पाठ
एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्य
पेरिस पारालिम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित पाँच खेलाडीको प्रतिस्पर्धा रहने दशौं एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालले पदक जित्ने लक्ष्य राखेको छ।




मलेसियामा हुने एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशासहित नेपालका दुई पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। काठमाडौं जिल्ला तेक्वान्दो संघले शनिबार उक्त नेपाली पारा तेक्वान्दो टोलीलाई बिदाइ गरेको थियो। सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामाले च्याम्पियनसिपमा पदक जित्ने आशा व्यक्त गरे।

उक्त च्याम्पियनसिप सारवाक सहरमा आगामी अगस्ट १ मा हुँदै छ। ठमेलमा शनिबार आयोजना भएको एक कार्यक्रमबीच काठमाडौं जिल्ला तेक्वान्दो संघले नेपाली खेलाडीलाई बिदाई गरेको हो।

नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रूपक राजवंशी, उपाध्यक्ष सुनिता सिंह, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी र नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङलगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।

सोही अवसरमा सिद्धार्थ वनस्थलीका प्रिन्सिपलसमेत रहेका रूपक राजवंशीले पारालिम्पिकमा पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्न पाएको स्मरण गर्दै यस च्याम्पियनसिपमा पदक जित्ने आशा व्यक्त गरे। साथै उनले पारा तेक्वान्दो टोलीका लागि प्रोत्साहन स्वरूप ५० हजार रूपैयाँ प्रदान गर्ने घोषणा गर्दै खेलकुद क्षेत्रमा जोडिन पाउँदा धेरै खुसी लागेको र आगामी दिनमा पनि पारा तेक्वान्दोलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

काठमाडौं जिल्ला काठमाडौं संघका अध्यक्ष विक्रमले खेलाडीको प्रोत्साहनका लागि यस किसिमका कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै उनीहरूलाई सहयोग गर्न जिल्ला तेक्वान्दो संघ सदैव तयार रहेको विश्वास व्यक्त गरे।

सो अवसरमा लायन्स क्लब अफ तेक्वान्दो काठमाडौं नेपाल, लायन्स क्लब अफ काठमाडौं मेरिगोल्ड र तेक्वान्दोकी पूर्वखेलाडी सुमी परियारले ६ जना खेलाडी, प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ट्य्राकसुट प्रदान गरेका थिए। नेपाली टोली आगामी साउन १३ गते त्यसतर्पm प्रस्थान गर्ने कार्यक्रम छ।

पेरिस पारालम्पिककी कांस्य पदक विजेता पलेसासहित अमीर ब्लोन, कामना प्रसाईं, रेणु तामाङ र भरत सिंह महताले उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन्। के–४४ विधाअन्तर्गत पलेशाले ५७ केजीमुनि, अमीरले ६३ केजीमुनि, रेणु र कामनाले ४७ केजीमुनि तथा भरतले ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। हाल चीनमा अध्ययनरत पलेशा उतैबाट प्रतियोगितामा सहभागी हुने कार्यक्रम छ।

प्रशिक्षक लामाले वैशाखदेखि नै प्रशिक्षण गरिरहेको र तयारी पनि राम्रो भएकाले पदक जित्ने आशा व्यक्त गरेका छन्। लामाले एसियन गेम्स र पारालिम्पिकको तयारीका लागि यो च्याम्पियनसिप महत्त्वपूर्ण रहेको र खेलाडीको वरीयतामा सुधार गर्ने माध्यम पनि बन्ने उल्लेख गरे।

नेपालले सन् २०१४ देखि एसियन च्याम्पियनसिपमा नियमित प्रतिस्पर्धा गर्दै आएको छ। हालसम्म नेपालले एसियन च्याम्पियनसिपमा एक रजत र पाँच कांस्य पदक जितेको छ। रञ्जना धामीले समान एक रजत र कांस्य पदक जितेकी छन्। पलेशा, अरूण शाक्य, सीता भण्डारी र रोहित हाङ राईले कांस्य प्राप्त गरेका छन्। प्रशिक्षक नेगीले सन् २०१७ देखि टोली सम्हाल्दै आएका छन्।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस