क्लब विश्वकपको लोकप्रियतामा प्रश्न
०२ असार २०८२
•
२ मिनेट पाठ
क्लब विश्वकपको लोकप्रियतामा प्रश्न
एक वर्षभन्दा अधिक समयदेखि अनिश्चितता र आलोचना सामना गरिरहेको क्लब विश्वकप अन्ततः अमेरिकाको मियामीमा सुरु भएको छ।




विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इनफान्टिनोले पनि अब सोचेजस्तो स्थिति छैन भनेर आलोचक र सरोकारवाला पक्षलाई जानकारी बताएका छन्। ‘क्लब विश्वकप सुरु भएको छ। जुन ऐतिहासिक पनि बन्नेछ। यसले खेलकुदलाई अझ राम्रो बनाउनेछ,’ इनफान्टिनोले भने।

एक हप्ताअगाडि मात्र उनले संयुक्त राज्य अमेरिकाका ११ सहरमा एक महिनासम्म चल्ने क्लब विश्वकपमा आममानिसको पनि चासो व्यक्त हुने खालका कार्यक्रम आयोजना गर्ने बताएका थिए। अमेरिकामा विश्वकप आयोजनाको व्यापक विरोध र बाधाका बावजुद उनले यसलाई यहीं गर्ने साहस गरे। इनफान्टिनोले खेलकुद मन पर्नेहरूका लागि क्लब विश्वकप महत्त्वपूर्ण रहेको पनि बताएका थिए।

विश्वकै लोकप्रिय फुटबलको शक्तिशाली संस्था फिफाका अध्यक्ष रहेका इनफान्टिनोले उद्घाटन खेल पनि प्रत्यक्ष रूपमा हेरेका थिए। हार्ड रक स्टेडियममा भएको उद्घाटन खेलमा लियोनल मेसीको टोली इन्टर मियामी र इजिप्टको एल  अहलीले प्रतिस्पर्धा गरे। दर्शकले भरिभराउ उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

खेल प्रतिस्पर्धा उत्कृष्ट नभए पनि उद्घाटन समारोह भने उत्कृष्ट रह्यो। संगीत, नृत्य र आतिशबाजीका साथै विभिन्न कार्यक्रमका बीच उक्त उद्घाटन गरिएको थियो। इनफान्टिनोले भनेजस्तै विश्व फुटबलको यो प्रतिस्पर्धालाई यहाँका आम मानिसले कति चासो राख्नेछन् भन्ने हेर्न बाँकी नै छ। टिफानी एन्ड कोले बनाएको ठूलो ट्रफी पनि सोही उद्घाटन समारोह सार्वजनिक गरिएको थियो।

जुन उपाधि आगामी जुलाई १३ तारिखमा उचालिनेछ। तर, यो आयोजनाका कारण युरोपेली टोलीले भने फिफामाथि दबाब बनाउँदै आएको छ। केही स्टार खेलाडीले पनि यो आयोजनाप्रति आलोचना गरेका थिए। क्लब विश्वकपको नयाँ फरम्याटको आयोजनाले घरेलु लिगलाई प्रभावित गर्न सक्ने आकलन गरिएको छ। तर, आलोचना र शंकाका बीच पनि इनफान्टिनोको आयोजनामा कुनै परिवर्तन भएन र शनिबारदेखि भव्य समारोहका बीच सुरु गरिएको छ। यसअघि सात टोली सहभागी गराएर क्लब विश्वकप हुने गर्दथ्यो। तर, अहिले त्यसको संख्या ३२ मा पुर्‍याएर बृहत् मात्रामा क्लब विश्वकप आयोजनाको सुरुआत  गरिएको छ।

च्याम्पियन्स र प्रिमियर लिगको प्रतिद्वन्द्वी आयोजनाका रूपमा क्लब विश्वकपलाई हेरिएको छ। हरेक चार वर्षमा क्लब विश्वकप गरिने गरी सुरुआत भएको छ। च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मेनले आगामी संस्करण २०२९ को लागि स्थान बनाएको छ। ‘यो पहिलो संस्करणका रूपमा मात्र सीमित नहोस्। क्लब विश्वकप जित्दा यसको महत्त्व पनि बढ्नुपर्छ,’ पिएसजीका प्रशिक्षक लुइस इनरिकेले भने।

उनले नयाँ स्वरूपमा सुरु गरिएको क्लब विश्वकप साँच्चै लोकप्रिय बन्छ भन्ने प्रश्न उठाउन चाहेका हुन्। हार्ड रक स्टेडियममा ६० हजारभन्दा बढी समर्थक उपस्थित हुँदा फिफाका लागि पनि केही राहत बनेको छ। यसले थोरै भए पनि यो आयोजनामा समर्थकले रुचाएका हुन् भन्ने देखाउँछ।  
अर्को समाचार
एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्य
११ साउन २०८२
•
३ मिनेट पाठ
एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्य
पेरिस पारालिम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित पाँच खेलाडीको प्रतिस्पर्धा रहने दशौं एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालले पदक जित्ने लक्ष्य राखेको छ।




मलेसियामा हुने एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशासहित नेपालका दुई पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। काठमाडौं जिल्ला तेक्वान्दो संघले शनिबार उक्त नेपाली पारा तेक्वान्दो टोलीलाई बिदाइ गरेको थियो। सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामाले च्याम्पियनसिपमा पदक जित्ने आशा व्यक्त गरे।

उक्त च्याम्पियनसिप सारवाक सहरमा आगामी अगस्ट १ मा हुँदै छ। ठमेलमा शनिबार आयोजना भएको एक कार्यक्रमबीच काठमाडौं जिल्ला तेक्वान्दो संघले नेपाली खेलाडीलाई बिदाई गरेको हो।

नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रूपक राजवंशी, उपाध्यक्ष सुनिता सिंह, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी र नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङलगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।

सोही अवसरमा सिद्धार्थ वनस्थलीका प्रिन्सिपलसमेत रहेका रूपक राजवंशीले पारालिम्पिकमा पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्न पाएको स्मरण गर्दै यस च्याम्पियनसिपमा पदक जित्ने आशा व्यक्त गरे। साथै उनले पारा तेक्वान्दो टोलीका लागि प्रोत्साहन स्वरूप ५० हजार रूपैयाँ प्रदान गर्ने घोषणा गर्दै खेलकुद क्षेत्रमा जोडिन पाउँदा धेरै खुसी लागेको र आगामी दिनमा पनि पारा तेक्वान्दोलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

काठमाडौं जिल्ला काठमाडौं संघका अध्यक्ष विक्रमले खेलाडीको प्रोत्साहनका लागि यस किसिमका कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै उनीहरूलाई सहयोग गर्न जिल्ला तेक्वान्दो संघ सदैव तयार रहेको विश्वास व्यक्त गरे।

सो अवसरमा लायन्स क्लब अफ तेक्वान्दो काठमाडौं नेपाल, लायन्स क्लब अफ काठमाडौं मेरिगोल्ड र तेक्वान्दोकी पूर्वखेलाडी सुमी परियारले ६ जना खेलाडी, प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ट्य्राकसुट प्रदान गरेका थिए। नेपाली टोली आगामी साउन १३ गते त्यसतर्पm प्रस्थान गर्ने कार्यक्रम छ।

पेरिस पारालम्पिककी कांस्य पदक विजेता पलेसासहित अमीर ब्लोन, कामना प्रसाईं, रेणु तामाङ र भरत सिंह महताले उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन्। के–४४ विधाअन्तर्गत पलेशाले ५७ केजीमुनि, अमीरले ६३ केजीमुनि, रेणु र कामनाले ४७ केजीमुनि तथा भरतले ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। हाल चीनमा अध्ययनरत पलेशा उतैबाट प्रतियोगितामा सहभागी हुने कार्यक्रम छ।

प्रशिक्षक लामाले वैशाखदेखि नै प्रशिक्षण गरिरहेको र तयारी पनि राम्रो भएकाले पदक जित्ने आशा व्यक्त गरेका छन्। लामाले एसियन गेम्स र पारालिम्पिकको तयारीका लागि यो च्याम्पियनसिप महत्त्वपूर्ण रहेको र खेलाडीको वरीयतामा सुधार गर्ने माध्यम पनि बन्ने उल्लेख गरे।

नेपालले सन् २०१४ देखि एसियन च्याम्पियनसिपमा नियमित प्रतिस्पर्धा गर्दै आएको छ। हालसम्म नेपालले एसियन च्याम्पियनसिपमा एक रजत र पाँच कांस्य पदक जितेको छ। रञ्जना धामीले समान एक रजत र कांस्य पदक जितेकी छन्। पलेशा, अरूण शाक्य, सीता भण्डारी र रोहित हाङ राईले कांस्य प्राप्त गरेका छन्। प्रशिक्षक नेगीले सन् २०१७ देखि टोली सम्हाल्दै आएका छन्।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस