लागू औषध प्रयोगबारे सचेतना पैmलाउन नेपाली खेलाडीहरूलाई लागू पदार्थ दुरूपयोगसम्बन्धी एकदिने प्रशिक्षण दिइएको छ।
संयुक्त राष्ट्र संघ लागू औषध नियन्त्रण कार्यक्रमले लागू पदार्थको रोकथाम खेलकुद र खेलाडीमार्फत गर्नुपर्ने मान्यता राख्ने गर्दछ। खेलाडीहरूसँग नै यसविरुद्ध लड्ने ठूलो साहस र शक्ति हुने भएकाले उनीहरूलाई यसको रोकथामका लागि अगाडि सारिँदै आएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र लागू पदार्थ तथा एड्सविरुद्ध खेलकुद महासंघको संयुक्त आयोजना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको ओडिटोरियम हलमा आयोजित कार्यक्रममा बुधबार एकदिने प्रशिक्षण आयोजना गरेको हो। नेपालमा असार १२ गते लागू औषधविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ।
सोही अवसरमा यसको रोकथामबारे अभियान चलाउने उद्देश्यअनुरूप उक्त कार्यक्रम गरिएको एड्सविरुद्ध खेलकुद महासंघका अध्यक्ष ऋषिराज ओझाले जानकारी दिए। उक्त कार्यक्रममा करिब दुई सय जना सहभागी भएको ओझाले जानकारी दिए। लागू पदार्थ दुरूपयोगसम्बन्धी प्रशिक्षणमा न्यार्कोटिकभित्र एन्टी डोपिङ पनि समावेश गरिएको छ।
राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेको विभिन्न खेलका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई एन्टी डोपिङका बारेमा प्रशिक्षण दिइएको हो। यस प्रशिक्षणमा लागू औषध सेवनले कस्तो असर पर्छ र यसको रोकथामका लागि खेलाडीको कस्तो भूमिका रहन सक्छ आदि विषयबारे कक्षासहित विभिन्न वक्ताले धारणा राखेका थिए।
उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पियन तथा धाविका सन्तोषी श्रेष्ठ, युएनओडीसीका हेड अलिरिच मैइजर र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालगायतले धारणा राखेका थिए।
उक्त कार्यक्रममा सदस्यसचिव घिसिङले भने एन्टी डोपिङका बारेमा सबै खेलाडीले बुझ्नु जरुरी रहेको र यसको सेवनले खेलाडीको खेलजीवनै समाप्त हुने धारणा राखेका थिए। त्यसैले हरेक खेलाडीले यस विषयमा सचेत हुनुपर्ने र यस्ता कार्यक्रम खेलाडीका लागि निकै फलदायी हुने उनको भनाइ थियो।
साथै उक्त प्रशिक्षणमा एन्टिडोपिङ भनेको के हो? यसको सेवनले के हुन्छ? कस्तो अवस्थामा यसको चेकजाँच हुन्छ? यसले खेलाडीको जीवनमा कस्तो प्रभाव पार्छ र आम सर्वसाधरण जनतालाई एन्टी डोपिङ बारेमा बुझाउन खेलाडीको कस्तो भूमिका रहन सक्छ आदि विषयबारे प्रशिक्षण कक्षासहित विभिन्न वक्ताले धारणा पनि राखेका थिए।