पदकविजेता खेलाडीलाई सम्मान
१५ असार २०८२
•
२ मिनेट पाठ
पदकविजेता खेलाडीलाई सम्मान
लालीगुराँस नेसनल एकेडेमीले १५औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा पदकविजेता आफ्नो विद्यालयका खेलाडीलाई सम्मान गरेको छ।




सामाखुसीमा शनिबार आयोजित कार्यक्रममा लालीगुराँसले राष्ट्रिय खेलकुद प्रतिभा सम्मानका अवसरमा ११ खेलाडी र तीन प्रशिक्षकलाई सम्मान गरेको हो। उनीहरूलाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र लालीगुराँस नेसनल एकेडेमीका प्रिन्सिपल गोपाल बुढाथोकीलगायतले सम्मान गरेका थिए।

एथलेटिक्सका खेलाडीहरू अनिशा थारु, दिना गोपाली, भगवती खड्का, अस्मिता भुजेल, अविनाश सुनार, सन्तबहादुर दराई, नीरज शाह, दीपेन्द्र गिरी, शर्मिला विक र शैलेश श्रेष्ठ तथा उसुकी खेलाडी अनु मोक्तानलाई सम्मानपत्र प्रदान गरिएको थियो। सोही अवसरमा एथलेटिक्सका प्रशिक्षकद्वय सीताराम चौधरी र देवी बस्नेत तथा उसुका प्रशिक्षक सुवास मगर पनि सम्मानित भए।

युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गत जेठ ३० गतेसम्म रनिङ शिल्डमा लालीगुराँसले एथलेटिक्समा १० स्वर्ण, पाँच रजत र दुई कांस्य पदक जितेको थियो। साथै उसुमा पनि लालीगुराँसले एक स्वर्ण पदक जितेको थियो।

यस क्रममा लालीगुराँस एकेडेमीमा अध्ययनरत खेलाडीहरूले ६ वटा राष्ट्रिय कीर्तिमान पनि रचेका थिए। अनिशा थारुले लङजम्प, ट्रिपलजम्प, चार गुणा चार सय मिटर रिले र चार गुणा एक सय मिटर रिलेमा गरी चार स्वर्ण र एक रजत पदक जितेकी थिइन्। यस क्रममा उनले ट्रिपल जम्प र दुईवटा रिलेमा जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

दिना गोपालीले एक सय र दुई सय मिटर दौडका साथै चार गुणा चार सय मिटर रिले र चार गुणा एक सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन्। भगवती खड्काले पनि दुई विधाको रिलेमा स्वर्ण तथा आठ सय र १५ सय मिटर दौडमा रजत पदक जितिन्।

अस्मिता भुजेलले चार गुणा चार सय रिलेमा स्वर्ण र तीन हजार मिटर दौडमा रजत पदक जितेकी थिइन्। हाइजम्पमा अविनाश सुनारले रजत र ट्रिपल जम्पमा कांस्य पदक जिते। सन्तबहादुर र नीरज शाहले चार गुणा चार सय मिटर रिले र चार गुणा एक सय मिटर रिलेमा स्वर्ण जितेका थिए। दीपेन्द्रले ट्रिपलजम्पमा कांस्य र शर्मिला विकले प्रदेशस्तरीय तीन हजार मिटर दौडमा रजत पदक जितेका थिए। अनु मोक्तानले उसु ४८ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन्।  
अर्को समाचार
पदकविजेता भक्तपुरका खेलाडीलाई सम्मान
१२ भदौ २०८०
•
१ मिनेट पाठ
पदकविजेता भक्तपुरका खेलाडीलाई सम्मान
भक्तपुर आइटिएफ तेक्वान्दो संघले भारतमा सम्पन्न सातौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा पदकविजेता आफ्ना जिल्लाका खेलाडीलाई सोमबार सम्मान गरेको छ।




च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेकी सविना तामाङले दुई स्वर्ण र एक कांस्य, मुना राईले तीन रजत र एक कांस्य तथा रोनिका पराजुलीले दुई कांस्य पदक दिलाएका थिए। उनीहरूलाई संघीय सांसद  

सोबिता गौतम, सूर्यविनायक नगरपालिका–२ का अध्यक्ष प्रदीप कार्की, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, माउन्ट भ्यु इङ्लिस स्कुलका अध्यक्ष कृष्णगोपाल राजथला, नेपाल आइटिएफ तेक्वान्दो महासंघका सदस्य आशिष कार्कीलगायतले सम्मान गरेका थिए।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४ सेकेन्ड अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस