नेपाल पुलिसलाई उपाधि
२४ पौष २०७५
•
३ मिनेट पाठ
नेपाल पुलिसलाई उपाधि
उपाधि हात पारेपछि नेपाल पुलिसका खेलाडी। तस्बिर : नागरिक
इटहरी – इटहरीमा सम्पन्न दोस्रो सभामुख कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। सोमबार विभागीय प्रतिद्वन्द्वी आर्मीलाई फाइनलमा स्तब्ध बनाउँदै उपाधि उचालेको पुलिसले नगद चार लाख रुपैयाँ प्राप्त गरेको छ।

इटहरी रंगशालामा सोमबार भएको फाइनलमा आर्मीलाई ३–१ सेटले पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो। पुलिसले निकै प्रतिस्पर्धात्मक रहेको पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै आर्मीलाई सुरुआती झड्का दिएको थियो।

तर, दोस्रो सेट २५–२२ ले आर्मीले आफ्नो बनाउँदै पुनरागमन गरेको थियो। यद्यपि, त्यसपछिका सेटमा पुलिसले २५–२१ र २५–१७ ले आर्मीलाई निराश पार्दै उपाधि सुनिश्चित ग¥यो। त्यससँगै उपविजेतामै सीमित आर्मीले नगद दुई लाख रुपैयाँ प्राप्त गर्यो।

शीर्ष तीनमा विभागीय टोलीकै वर्चस्व रहँदा एपिएफ तेस्रो भयो। एपिएफ गण्डकी प्रदेशलाई ३–० ले पराजित गर्दै तेस्रो भएको होे। गण्डकीको चुनौतीलाई २५–२२, २५–१६ र २६–२४ को सेटमा समाप्त पारेको एपिएफले नगद एक लाख रुपैयाँ प्राप्त ग¥यो।

प्रतियोगितामा आर्मीकै धनबहादुर भट्ट सर्वोत्कृष्ट खेलाडी नेपाल घोषित भए। त्यसबापत उनले २४ इन्चको एलइडी टिभी प्राप्त गरे। विधागतअन्तर्गत स्पाइकर पुलिसका कुलबहादुर थापा, ब्लकर पुलिसकै दीपक जोशी र सेटरमा पुलिसकै इमबहादुर मगर उत्कृष्ट घोषित भए। उत्कृष्ट डिफेन्डर आर्मीका ईश्वर थापा र उत्कृष्ट क्विकर आर्मीकै भैरव बम घोषित भए।

उत्कृष्ट प्रशिक्षक पुलिसका सरोज श्रेष्ठ चयन भए। उत्कृष्ट सबैले जनही नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। विजेता राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टलगायतले पुरस्कार वितरण गरे। पुस १९ गतेदेखि सुरु प्रतियोगितामा सातै प्रदेश र विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ, आर्मी तथा नेपाल पुलिस क्लब गरी १० वटा टिमले प्रतिस्पर्धा गरेका थिए।
अर्को समाचार
नेपाल पुलिसलाई उपाधि
२१ माघ २०७४
•
६ मिनेट पाठ
नेपाल पुलिसलाई उपाधि
१६ औं संस्करणको उपाधि उचाल्दै नेपाल पुलिस क्लब । तस्बिर : नागरिक
पोखरा –  आहारारा गोल्डकपको १६औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनलमा पुलिसले रुस्लान थ्री स्टार फुटबल क्लबलाई १–० ले हराउँदै उपाधि जितेको हो । पुलिसलाई जिताउन राम वाजी नायक भए । निर्धारित समयमा कुनै गोल नभएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयअन्तर्गत पहिलोे हाफको इन्जुरी टाइममा वाजीले प्रहार गरेको बलले जाली चुम्यो । उनले गरेको गोल नै निर्णायक बन्यो ।

आहाको संस्करणमा दुवैको प्रतिस्पर्धा भने तेस्रोे, छैटौं, सातौं र १३औं संस्करणमा एकआपसमा भएको थियो । तेस्रो संस्करणमा पुलिसले थ्री स्टारलाई सेमिफाइनलमा पराजित गरेको थियो भने छैटौं र सातौंमा पुलिसले थ्री स्टारलाई क्वार्टरफाइनलमै पराजित गरेको थियो।

नेपाल पुलिस क्लबले आहारारा गोल्डकपको उपाधि पाचौं पटक जितेको छ । १६औं संस्करणको विजेता पुलिसले उपाधिसँगै सात लाख एक हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । उपविजेता थ्री स्टार क्लबले तीन लाख ५१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुुझायो । आहारारा गोल्डकपको अघिल्ला संस्करणमा चार पटकसम्म उपाधि आफ्नो पोल्टामा पारेको थ्री स्टार फाइनलमा पहिलो पटक पराजित भएको हो।

खेलअविधभर नेपाल पुलिस र थ्री स्टारले पाएका थुप्रै अवसर सदुपयोग गर्न सकेनन् । खेलको ८ मिनेटमा रवि पासवानको कर्नर पासलाई अभिशेक रिजालले हेडिङ गर्दा किपरले पन्च गर्दै बचाए । खेलको २३औं मिनेटमा तेज तामाङको पासलाई अभिशेक रिजालले प्रहार गर्दा बल जाली नजिकैबाट बाहिरियो।

खेलको ६ मिनेटमा थ्री स्टारका खेलाडी सुनील बलको कर्नर पासलाई अनन्त तामाङले सदुपयोग गर्न सकेनन् । उनले प्रहार गरेको बल फस्टबारबाट बाहिरियो । शनिबार भएको खेलमा नेपाल पुलिसका राम वागी म्यान अफ दी म्याच बने।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो खेले पनि नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए । ‘निरन्तर खेलले पनि खेलाडी थाकेका थिए,’ उनले भने, ‘फाइनलमा धेरै अवसर आए पनि त्यसलाई क्याच गर्न सकिएन ।’ नेपाल पुलिसका प्रशिक्षक अनन्तराज थापाले सिकाएको टाक्सलाई खेलाडीले न्याय गरेको बताए । ‘खेलमा समय धकेलिनु एउटा स्ट्राटेजी हो,’ उनले भने, ‘सिकाएअनुसार खेलाडीले खेलेको हुँदा उपाधि पाउन सफल भयांै।’

प्रतियोगितामा नेपाल पुलिसका रवि पासवान सर्वोत्कृष्ट खेलाडी बन्दै हिरो ड्यास स्कुटर पाए । पुलिस क्लबका सुमन लामा र थ्री स्टारका विश्वास श्रेष्ठ सर्वाधिक गोल कर्ता बने । उनीहरूले नगद २५ हजार रुपैयाँ र ट्रफी जिते । सुदूरपश्चिम ११ अनुशासित टिमबाट पुरस्कृत भयो । प्रतियोगिता अवधिभर टिकट काटेर फुटबल हेर्ने दर्शकबाट घाचोकका उज्वल पोख्रेलले हिरो ड्यास स्कुटर र उत्तमचोकका हरिबहादुर कार्कीले एलजी टिभी पाए । विजेता र उपविजेता खेलाडीलाई खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टले पुरस्कार वितरण गरे।

माघ ९ गतेदेखि चलेको प्रतियोगितामा दुई विदेशीसहित १२ टिमको सहभागिता थियो । प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको हो । प्रतियोगिताको समापन गर्दै राखेपका सदस्यसचिव केशवबहादुर विष्टले पोखरालाई चिनाउन फेवातालबाहेक आहारारा गोल्डकप काफी भएको आंैल्याए । ‘अब पोखरा भन्ने बित्तिकै फेवाताल मात्र सम्झँदैन्,’ उनले भने, ‘हरेक वर्ष आयोजना भएको आहारारा गोल्डकप पनि सम्झिनेछ ।’ १६औं संस्करणको गोल्डकप भत्केको रंगशालामा भएको हुँदा सदस्यसचिव विष्टले एक र्षभित्र अहिलेसम्मकै ठूलो रंगशाला बन्ने सुनाए।

उत्कृष्ट पाँच विधा

उत्कृष्ट गोलकिपर : शत्रुघ्न चौधरी (पुलिस)

उत्कृष्ट डिफेन्डर : अजित भण्डारी (पुलिस)

उत्कृष्ट मिडफिल्डर : सुनील बल (थ्री स्टार)

उत्कृष्ट स्ट्राइकर : विश्वास श्रेष्ठ (थ्री स्टार)

उत्कृष्ट प्रशिक्षक : अनन्तराज थापा (पुलिस)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस