खेलकुदमार्फत पर्यटन क्षेत्रको प्रचार प्रसार गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ कर्णाली प्रदेशमा साहसिक पर्यटकीय खेल सञ्चालन गरिने भएको छ। आउँदो महिना माघको अन्तिम सातातिर उक्त खेल सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयले तयारीसमेत थालेको छ।
र्याफ्टिङलाई साहसिक खेलका रुपमा समेत विकास गर्न उक्त खेल सञ्चालन गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। ‘कर्णाली प्रदेशका विभिन्न नदीमा साहसिक खेल र्याफ्टिङको सम्भावना छ,’ सामाजिक विकास मन्त्रालयअन्तर्गतको युवा तथा खेलकुद महाशाखाका उपसचिव जवाहरलाल हमालले भने, ‘यो खेलबाट त्यस्ता सम्भावनालाई प्रचारसमेत गर्छाैं।’ जसले कर्णालीको साहसिक खेलकुदमा आकर्षण बढ्ने अपेक्षा राखिएको छ। गत वर्षहरुमा पनि यस्ता खेलका लागि रकम विनियोजन गरिए पनि खेल सञ्चालन हुन सकेका थिएनन्। यहाँ नदी आसपास बस्ने राजी समुदायलाई समेत यसमा सहभागी गराएर रोजगारी सिर्जना गर्ने उनको भनाइ छ। यस खेलका लागि आठ लाख रूपैयाँ विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने एक प्रमुख गन्तव्य साहसिक खेल पनि भएकाले यस्ताखाले खेलकुदले महत्वपूर्ण योगदान पुर्याउने पर्यटन व्यवसायीहरुको भनाइ छ। यस्ता साहसिक खेलले पर्यटकलाई लोभ्याइरहेका उनीहरु बताउँछन्। साहसिक खेलमा रमाउनेहरूका लागि र्याफ्टिङले पनि नेपालमा आन्तरिक तथा बाह्य पर्यटकको मन जितेको छ। र्याफ्टिङ हावा भरेर चलाउन मिल्ने डुङ्गा प्रयोग गरेर पानीको बहावसँगै बग्दै गरिने जलयात्रा हो।
र्याफ्टिङका लागि अहिलेसम्म नेपालका १६ वटा नदी खुला गरिएका छन्। सुनकोशी, मर्स्याङदी, भोटेकोशी, त्रिशूली, कर्णाली, सेती, भेरी, राप्ती, कालीगण्डकी, सेतीलगायत नदीमा र्याफ्टिङको मजा लिन सकिन्छ। पर्यटकको रोजाइअनुसार फरक फरक प्याकेजमा फरक फरक दर यो खेलमा कायम गरिएको हुन्छ।