आर्मीको दोस्रो जित
०५ माघ २०७७
•
३ मिनेट पाठ
आर्मीको दोस्रो जित
त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दा बाग्मती प्रदेशले पनि सुखद सुरुआत गरेको छ।  आइतबार मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’ अन्तर्गतको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले हराएको हो। १ सय ९६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३३.३ ओभरमा सबै विकेट गुमाउँदा १ सय १५ रन मात्र जोडेपछि आर्मीले दोस्रो जित दर्ता गरेको हो। कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रन जोड्दा ओपनर हेमन्त ओलीले १६ र दिनेश अधिकारीले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनर बिपिन रावल र निश्चल रावल दोहोरो अंकमै रन बटुल्न असफल भएपछि कर्णाली ११.१ ओभरमा ३३–२ को स्थितिमा पुगेको थियो।  




अर्का ओपनर हेमन्तले तेस्रो विकेटका लागि कप्तान रविन्द्रसँग २९ रनको साझेदारी गरेका थिए, त्यो नै कर्णालीका सर्वाधिक साझेदारी रह्यो। आर्मीका सुशन भारीले चार विकेट लिँदा साहब आलमले तीन तथा रोहितकुमार पौडेलले दुई र हरि चौहानले एक विकेट निकाले। लगातार दोस्रो जितपछि आर्मी चार अंकका साथ समूह ‘ए’ को शीर्षमा रहँदा एपिएफ दुई अंकसहित दोस्रो स्थानमा छ। कर्णाली, गण्डकी र प्रदेश–१ ले अंक खाता खोल्न सकेका छैनन्।

यस अघि टस जितेर ब्याटिङ रोजेको आर्मी ४३.१ ओभरमा १ सय ९५ रनमै अलआउट भएको थियो। ओपनर राजु रिजाल शून्यमै पवेलियन फर्किंदा आर्मीको खातामा १ रन मात्र थियो। आर्मीले थप २६ रन जोड्दा रोहितलाई ११ रनमा गुमाउन पुग्यो। त्यसपछि हरि चौहान ७ रनमा पवेलियन फर्किएपछि आर्मी ४२–३ को अवस्थामा पुग्यो। तर, ओपनर अनिलकुमार मण्डल र कप्तान विनोद भण्डारीले चौथो विकेटका लागि १ सय १५ रनको महŒवपूर्ण साझेदारी गर्दै आर्मीलाई सम्मानजनक योगफलतर्फ डोहो¥याए।  

अनिलले १४ चौकाको मद्दतमा सर्वाधिक ८९ रनको योगदान गरे। कप्तान विनोदले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतबाट ४१ रन जोडे। विनोदले शुक्रबार गण्डकी प्रदेशविरुद्ध अविजित १ सय ११ रन बनाएका थिए। आर्मीका राजेश पुलामीले १६ र लोकेश बमले १३ रनको योगदान गरे। कर्णालीका लागि राज शाह, दिवान पुन र दिनेश अधिकारीले समान दुई विकेट लिँदा रविन्द्र, युनिस र अनुज चुनाराले समान १÷१ विकेट लिए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको समूह ‘बी’ को पहिलो खेलमा बाग्मती प्रदेशले नेपाल पुलिसलाई सात विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। पुलिसले प्रस्तुत गरेको १ सय १२ रनको झिनो लक्ष्य बाग्मती प्रदेशले ९२ बल अगावै मात्र तीन विकेट गुमाउँदै पूरा गरेको थियो। बाग्मतीको सुरुआत राम्रो हुन सकेन र जसमा शीर्ष तीन ब्याट्सम्यान आकाश थापा १ रन, आदिल खान १२ रन र पारस खड्का १७ रनमा आउट भए ।

तथापि, पृथु बास्कोटा र ईशान पाण्डेले चौथो विकेटका लागि अविजित ७९ रनको साझेदारी गर्दै बाग्मतीलाई सहज जित दिलाए। पृथु ४८ रनमा र ईशान १७ रनमा अविजित रहे । पुलिसका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १÷१ विकेट लिए। त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले २९.३ ओभरमा सबै विकेट गुमाउँदा १ सय ११ रन मात्र जोड्न सक्यो। दीपेन्द्र र आरिफ शेखले समान २१ रन तथा ओपनर सुनील धमला र कुशल भुर्तेलले समान १७ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमै रन बटुल्न सकेनन्।  

बाग्मतीका नन्दन यादव र तिलक भण्डारीले समान चार विकेट तथा रामनरेश गिरिले दुई विकेट निकाल्दै पुलिसलाई सस्तैमा समेट्न सफल भए।  
अर्को समाचार
आर्मीको लगातार तेस्रो जित
१९ वैशाख २०७६
•
२ मिनेट पाठ
आर्मीको लगातार तेस्रो जित
काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी क्विक्स नेपाल बास्केटबल लिगमा लगातार तेस्रो जित निकालेको छ। भद्रकालीस्थित आर्मीको घरेलु कोर्टमा बुधबार भएको तेस्रो खेलमा पाहुना टोली कीर्तिपुर बास्केटबल टिमलाई ७८–५८ को स्कोरले पराजित गर्दा जारी प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो।




जितसँगै आर्मीले लिगमा ६ अंक बनाउँदै शीर्षता कायम गर्न सफल भयो। खेलमा सुरुआतबाट नै विपक्षी दबाबमा राखेको आर्मीले पहिलो क्वार्टर २२–१५ ले जितेको थियो। दोस्रो क्वार्टरमा पनि उत्कृष्ट लयमा देखिएको आर्मी २४–१८ को जित निकाल्दा तेस्रो क्वार्टर १९–१३ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो।

अन्तिम क्वार्टरमा केही सुधारिएको खेल प्रस्तुत गरे पनि कीर्तिपुरले १३–१२ नतिजा सुम्पिँदा लगातारका तेस्रो खेलमा पनि पराजय भोग्न बाध्य बन्यो। आर्मीको जितमा सर्वाधिक २६ स्कोर गरेका रोविन खत्री म्यान अफ दी म्याच घोषित भए। लगातार तेस्रो पराजय भोगेको कीर्तिपुर तालिकामा अंकविहीन बनेको छ।

बुधबारै सम्पन्न अर्को खेल भने मौसमका कारण रोकियो। चौथो क्वार्टरको ४ मिनेट १० सेकेन्ड चल्दै गर्दा हावाहुरी चलेसँगै खेल रोकिएको हो। अन्तिम क्वार्टर चलिरहँदा टाइम्सले ५४–३७ को अग्रता बनाएको थियो। बाँकी समयको खेल आइतबार हुनेछ।

लिगमा टाइम्सले सम्पन्न दुई खेलमध्ये सबैमा जित निकालेको छ भने गोल्डेन गेटले दुईमध्ये एक खेलमा जित निकालेको छ।

प्रतियोगितामा बिहीबार साउथ साइडर्स बास्केटबलले कीर्तिपुर बास्केटबल टिमलाई आतिथ्य गर्नेछ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस