काठमाडौं– लिग च्याम्पियन लक्ष्मी बैंक थ्री स्टार क्लब मंगलबार बंगलादेशको बिजेएमसीलाई १–० ले हराएसँगै भुटानको थिम्पुमा जारी किङ्स कप फुटबलको सेमिफाइनल पुगेको छ।
नेपाली फिफा रेफ्री लव खत्रीले सञ्चालन गरेको खेलमा थ्री स्टारका पुकार गहतराजले ६८औं मिनेटमा निर्णायक गोल गरे। पुकार यती हिमालयन शेर्पाका कप्तान हुन्। एक खेलाडीले रातो कार्ड पाएपछि बिजेएमसीले १० खेलाडीमा खेल अन्त्य गरेको थियो।
थ्री स्टार (७ अंक) समूह विजेता बन्यो। युनाइटेड सिक्किम र थिम्पुबीच हुने अन्तिम खेलपछि उपविजेता टुंगो लाग्नेछ। युनाइटेड सिक्किमसँग १–१ को बराबरी खेलेको थ्री स्टारले थिम्पुलाई ३–१ ले हराएको थियो। थिम्पु र बिजेएमसीको समान ३ अंक छ भने युनाइटेडको १ अंक छ।