त्रियुगा खेलकुद महोत्सव २०७७ः दोस्रो दिन कराँते, तेक्वान्दो र बक्सिङ सम्पन्न
२५ फागुन २०७७
•
२ मिनेट पाठ
त्रियुगा खेलकुद महोत्सव २०७७ः दोस्रो दिन कराँते, तेक्वान्दो र बक्सिङ सम्पन्न
साईक्लिङ बिजेता रुबेन राईलाई पुरस्कार दिँदै मेयर बलदेव चौधरी । तस्बिरः महेश्वर
उदयपुर सदरमुकाम गाईघाटमा अघिल्लो दिनदेखि जारी ‘त्रियुगा नगरस्तरीय खेलकुद महोत्सव २०७७’ का ८ मध्ये बिभिन्न ४ विधाको खेल सकिएको छ। आईतबार उद्घाटनका दिन साईक्लिङको प्रतिस्पर्धा सकिएको हो भने दोस्रो दिन सोमबार कराँते, तेक्वान्दो र बक्सिङको प्रतिस्पर्धा पनि सकिएको छ।  




आयोजक समितिका खेल संयोजक दिपक किरातीका अनुसार त्रियुगा नगरपालिका १० बोक्सेस्थित जिल्ला खेलकुद विकास समितिको प्रांगण र कभर्डहलमा सम्पन्न खेलमा कराँतेतर्फ वडा नं. १० प्रथम भएको छ। दोस्रो स्थान ६ नं. र तेस्रो ५ नं. वडाले लिएको कराते प्रशिक्षक तथा जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाशराम राईले बताए। राईका अनुसार करातेतर्फ बिभिन्न २० तौल समूहमा ८० खेलाडीको सहभागिता थियो।

कराते, तेक्वान्दो र बक्सिङ सम्पन्न भएलगत्तै कभर्डहलमै व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। व्याडमिन्टनमा १७ वर्षमुनिका खेलाडीबीच खुल्ला (ओपन अण्डर–१७) र जोडीतर्फ खुल्ला तथा बयस्क (भेट्रान्स) तर्फ प्रतिस्पर्धा भईरहेको छ। १७ वर्षमुनिको खुल्लातर्फ ८ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् भने ९६ खेलाडीले खुल्लातर्फकै ४८ जोडीमा समावेश भएर प्रतिस्पर्धा गरिरहेका छन्। त्यस्तै भेट्रान्सतर्फ १८ जनाले प्रतिस्पर्धा गरिरहेको संयोजक किरातीले बताए। जम्मा १ सय ५५ खेलाडी व्याडमिन्टनतर्फ सहभागी रहेको आयोजक समितिले जनाएको छ।  

अघिल्लो दिन सम्पन्न साईक्लिङमा रुवेन राई प्रथम हुँदा केशव थापा दोस्रो र अवतार राई तेस्रो भएका छन्। त्यसैगरी महिलातर्फ लक्ष्मी मगर प्रथम, जमुना थापा दोस्रो र आसा लिम्बु तेस्रो भएको साझेदार संस्था नेपाल साईक्लिङ संघ उदयपुरका अध्यक्ष जितु रोईलाले बताएका छन्। पुरुष तथा महिलाबीच साईक्लिङ प्रतिस्पर्धा त्रियुगा ११ को चप्पनक्षेत्रमा गराइएको थियो।  

उता त्रियुगा १३ स्थित थरुहट उदयपुर रंगशालामा उद्घाटनकै दिनदेखि सुरु फुटबलमा ६ वटा समूहले खेलिसकेका छन्। उद्घाटनका दिन त्रियुगा ११ वडा नंं ३ लाई टाईब्रेकरमा पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ। सोमबारको खेलमा वडा नं. ८ र १० सेमिफाईनल प्रवेश गरेका छन्। ८ नं. वडाले १५ नं. लाई शून्यका विरुद्ध ४ गोल गरेको थियो भने १० ले ७–० को गोल अन्तरले ९ लाई पराजित गरेर सेमिफाईनलको यात्रा तय गरेको जिल्ला फुटबल संघका अध्यक्ष रञ्जन कार्कीले बताए।  

आउँदो फागुन २ गतेसम्म सञ्चालन हुने महोत्सवमा बिभिन्न ८ विधाका खेलकुदमा प्रतिस्पर्धा हुने आयोजक त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठले बताए। उनका अनुसार फुटवल, भलिवल (महिला पुरुष दुवैतर्फ), क्रिकेट, साईक्लिङ, कराँते, तेक्वान्दो, बक्सिङ र व्याडमिन्टनमा प्रतिस्पर्धा हुने महोत्सवमा अव क्रिकेट र भलिबलको प्रतिस्पर्धा बाँकी रहेको छ। व्याडमिन्टनको नतिजा मंगलबार आईसक्ने छ भने फुटबलको भने फाईनल खेल फागुन २ गते समापनका दिन हुने आयोजक समिति कार्यालय सचिव उदय राईले बताएका छन्।
अर्को समाचार
वर्षासँगै बिग्रन थाले सडक, कष्टकर बन्दै यात्रा
०३ साउन २०८०
•
७ मिनेट पाठ
वर्षासँगै बिग्रन थाले सडक, कष्टकर बन्दै यात्रा
सामान्य वर्षामै पहिरो गएर बिग्रेको सडक।
‘गाउँ गाउँमा सिंहदरबार’ को नारासहित स्थानीय तह पुनर्संरचना भएको दशक पुग्न लाग्दासम्म गाउँले जनजीवनमा सरकार आएको पुरै महसुस हुन सकेको छैन। ०७३ मा स्थानीय तह पुनर्संरचना भई ७ सय ५३ गाउँ-नगर-उपमहानगर-महानगरपालिका बनाएर ०७४ मा पहिलो निर्वाचनद्वारा स्थानीय सरकार गठन भयो। १५ वटा विशेषसहित २२ वटा अधिकार सम्पन्न स्थानीय सरकारहरु देशभर सञ्चालनमा आए।




स्रोतसाधनको प्राप्ति, पहिचान, उत्पादन, परिचालन र फेरबदलसमेतको अधिकारले सुसज्जित स्थानीय सरकारहरु जनअपेक्षा पुरा गर्नेभन्दा ‘सिंह’ बन्नेतर्फ मात्र लाग्नाले आधारभूत विकासमा समेत गाउँले मुहार फेर्न नसकिरहेको गुनासो सुन्न थालिएको छ।

काम गर्नेहरुका लागि ५ वर्ष निकै ठुलो अवसर हो। पहिलो वर्ष सिकाई, दोस्रो वर्ष कामको सुरुवात, तेस्रो र चौथो वर्ष गरेको कामको पाँचौँ वर्षदेखि परिणाम देखिनुपर्ने न्यूनतम विकास लक्ष्यको अवधारणा हो।

त्यही अवधारणा अनुसार विश्व राजनीतिमा ५ वर्षे कार्यकालको पदावधि कायम गरिएको हो। गर्न चाहने र सक्नेले ५ वर्षमा धेरै काम गरिसक्छन् जो विश्वमा मात्र नभएर नेपालमै पनि थुप्रै उदाहरणहरु छन्। उसो त धरान उपमहानगर हेर्ने हो भने गर्न चाहँदा १ वर्षमै परिणाममुखी काम हुँदो रहेछ भन्ने उदाहरण मेयर हर्क साम्पाङले देखाई नै सके। तर, यहाँ कामभन्दा कुरा धेरै र कुराभन्दा सामाजिक सञ्जालमा हल्ला धेरै गर्ने प्रवृत्ति मौलाएको छ। त्यसकै परिणाम हो, सरकार सञ्चालनमा आएको ६ वर्ष बितिसक्दा सम्म पूर्वाधार विकासमा हामी निकै पछि छौँ। त्यसमा पनि सडक पूर्वाधार जो अपरिहार्य भएर पनि दुरूह अवस्थामा छ।

नेपाली समाजको भूराजनीतिमा सडक सबभन्दा महत्त्वपूर्ण मानिन्छ। खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्यको जग लगभग सबैतिर बसिसकेकाले सडक र विद्युत् उदयपुरको हकमा पहिलो प्राथमिकतामा पर्नुपर्ने हो। उसो त खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइमा पनि उत्तिकै ध्यान दिनुपर्न आवश्यकता छ यद्यपि सडक र विद्युत्को दाँजोमा यिनीहरू दोस्रो प्राथमिकतामा राख्दा फरक पर्दैन।

एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्न सडक अपरिहार्य हो भने वर्तमान जीवनशैलीमा विद्युत् त्यस्तै प्रमुख आवश्यकताभित्र पर्न जान्छ। तर, त्यही दुई पूर्वाधारको अभावले अधिकतम जिल्लावासी अहिले पनि उत्तिकै कहर खेप्न बाध्य हुनुले स्थानीय सरकारप्रति औँला उठ्न गएको हो।

पहिलो प्राथमिकताका योजनातर्फ बेखवर भएजस्तै स्थानीय सरकार अन्यत्र अल्मलिदा बितेको पहिलो कार्यकाल ‘आहा...’ भन्न लायक बनाउने स्वर्ण मौका उँधो बगेर गइरहेको छ, अब खाली पछुताउनु सिवाय उँभो खोजेर भेट्न सक्ने अवस्था छैन।

स्थानीय सरकारले चाहे आफैले, नसक्दा प्रदेश र संघीय सरकारसँग मिलेर र छिमेकी स्थानीय सरकारसँगको समन्वयमा बितेको ५ वर्षे अवधिमा कमसेकम एकबाट अर्को पालिका पुग्ने सडक निर्माण, सुधार र स्तरोन्नतिमा पर्याप्त बजेट, समय र योजना खर्च गर्न सक्थे। तर, उनीहरुको दिमागमा त्यो उपाय फुरेन, बरु निरर्थक र उपलब्धिहीन योजनामा करोडौँ खर्च गर्न लालायित भए, नयाँ र उडन्ते योजनाको डिपिआरमा करोडौँ व्यर्थ जनताका लागि आएको रकम लगानी गरे। आवश्यक्तिाको पहिलो सर्त मानिने सडकको हालत यथावत् रह्यो जसको पीडा भोग्न निरीह जनता बाध्य छन्।

सडकको अवस्था खराब भएकै कारण सामान्य वर्षाले पनि यातायात सेवा अवरुद्ध हुने समस्या ज्युँका त्युँ छ। यस वर्ष भर्खर मात्र वर्षा सुरु भएको छ, त्यत्तिमै पहाडी सडकको यात्रा कष्टकर बन्न पुगेको छ।

केही सातायता सुरु वर्षाले उदयपुरका पहाडी भेगका अधिकतर सडकमा यातायात चल्न छाडेको छ। जताततै पहिरोले सडक भत्काउने, पुर्ने, हिलामय बनाउने गर्नाले ठूला साना गाडी चल्नै नसक्ने अवस्था सृजना भएको छ। जसले आउँदो असोज कात्तिकसम्मको गाउँले जनजीवन कष्टकर बन्ने निश्चित छ।

पहाडी भेगका सबै सडकहरु कच्ची र नियमित मर्मत सम्भार नहुने भएकाले वर्षा सुरु भएसँगै पहिरो गएर पुर्ने, भत्काउने गर्ने तथा खाल्डाखुल्डीमा हिलामय हुने हुँदा आउजाउ गर्न समस्या पर्ने गरेको हो। केही दिनयता उदयपुरमा ३/४ दिनको फरकमा मुसलधारे वर्षा भइरहेको छ। वर्षा सुरु भएसँगै छोटा तथा लामो दूरीका पहाडी सडकहरु सबै प्रभावित भएका छन्। वर्षा सुरु भएपछि अधिकतर पहाडी भेगका सडकमा यातायात सञ्चालन कठिन हुँदै गएको उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटले जनाएको छ।

केन्द्रका उपाध्यक्ष नारायण ठकुरीले वर्षा सुरु भएपछि धेरैजसो सडकहरु भत्के बिग्रेकाले नियमित गाडी चलाउन नसकिएको बताए। उनका अनुसार नियमित र बेलैमा सडक मर्मत नगर्ने भएकाले सवारी आउजाउ गर्न कठिन भइरहेको छ। वर्षाले सडक बिगारेपछि सदरमुकाम गाईघाटदेखि लिमचुङबुङ, ताप्ली, रौतामाई गाउँपालिका जाने गाडीहरु नियमित सञ्चालन हुन छाडेको उनले बताए। जताततै सडक भत्के बिग्रेका कारण ठूला गाडी र बोलेरो जिपसमेत नियमित चलाउन नसकिएको ठकुरीले बताए।

गाईघाटदेखि लिमचुङबुङ जोड्ने गाईघाट–मुर्कुची–पुवारे–माझखर्क सडक विभिन्न ठाउँमा भत्केर गाडी आउजाउ गर्न बन्द भएको छ। सडक भत्केकाले ठूला गाडी जेठ लाग्दैदेखि चल्न छाडेको छ भने बोलेरो भने बेलाबेलामा चल्दै आएको छ। गाईघाट बाराहा गर्ने बोलेरो चालक पासाङ शेर्पाका अनुसार बाटो धेरै ठाउँ भत्केकाले ठुलो गाडी २ महिनायता चलेको छैन।

बोलेरो भने सातामा दुई पटक ओहोरदोहोर गर्ने गरेको तर, त्यो पनि बीचबीचमा सडक बनाउँदै चलाउने गरिएको उनले बताए। जम्माजम्मी २९ किलोमिटर दूरीको सडक पार गर्न ९ घण्टासम्म लाग्ने गरेको शेर्पाले बताए। उनका अनुसार बिहान ७ः०० बजे गाईघाटबाट हिँडेको बोलेरो कहिलेकाहीँ पटक पटक भत्केको सडक बनाउँदै जानुपर्दा ९ घण्टासम्म लाग्ने गरेको छ।

नबिग्रेको बेला ४ घण्टामा पुगिने सडक पानी परेको बेला पहिरो खसेर पुर्ने तथा खाल्डाखुल्डीमा पानी भरिएर हिलामय हुने हुँदा बनाउँदै हिँड्नु पर्दा थप ३–४ घण्टा ढिला हुने गरेको छ। गाईघाट–बाराहादेखि अन्य वडातर्फ जाने सडकहरु पनि सबै भत्के बिग्रेर मोटरसाइकल चल्नसम्म हम्मे हम्मे भएको अवस्था रहेको स्थानीयले बताएका छन्। बाराहादेखि ५ नंं. वडा जाँते, ४ नं. बलम्ता, २ नं. ताम्लीछा र १ बाँसबोटे आउजाउ गर्ने सडकहरु वर्षाले कुनै पनि साबुज नरहेको जनप्रतिनिधिहरू बताउँछन्।

यता गाईघाटदेखि रौतामाई गाउँपालिका केन्द्र भुट्टार जोड्ने सडकहरु पनि वर्षाले भत्केर यातायात चलाउन अप्ठेरो पारेको छ। गाईघाटदेखि भुट्टार दैनिक दुई पटक ओहोर दोहोर गर्ने यात्रुवाहक बस अहिले सडक बिग्रेकै कारण सातामा १ पटक मुस्किलले चल्ने गरेको छ। भुट्टार जाने मुर्कुची पुवाँरे तथा गाईघाट साउने रौता भुट्टार खण्ड दुवैतर्फका सडक ठाउँ ठाउँमा भत्केर यातायात अवरुद्ध हुन पुगेको यातायात व्यवसायी बताउँछन्।

उता ताप्ली गाउँपालिका जोड्ने कटारी–बेतिनी–रुपाटार खण्डको हालत पनि त्यो भन्दा गतिलो छैन। मिर्चया–कटारी–घुर्मी जोड्ने सिद्धिचरण लोकमार्ग नै ठाउँ ठाउँमा भत्केर जीर्ण भएका कारण बेतिनीबाट छुटेर शाहीडाँडा, पिपलभन्ज्याङ, कुमालटार हुँदै जोडिने रुपाटार खण्डको सडक पनि विभिन्न ठाउँमा भत्के बिग्रेकाले कटारी–ताप्ली आउजाउ गर्न समय साबिक भन्दा दोब्बर लम्बिएको छ।

उदयपुरगढी गाउँपालिकाका तावाश्री, बर्रे, डुम्रे, गढी, भलायडाँडा लगायतका विभिन्न वडाका स्थानीय सडकहरु वर्षाले प्रभावित पारेर यातायात अवरुद्ध हुँदै आएको छ।

उसो त वर्षाले जिल्लाका ८ वटै स्थानीयतहका आन्तरिक सडकहरु बिग्रेर यातायात आउजाउमा समस्या हुने गरेको छ। सदरमुकाम त्रियुगाकै पनि १४, १५, १६ र ५ नं. वडाका विभिन्न आन्तरिक सडकहरु भत्के बिग्रेको अवस्था छ। सदरमुकामको नगरपालिका भएर पनि गाउँपालिकाभन्दा दुर्गम ठाउँहरूसमेत त्रियुगामा पिछडा वडाका रुपमा रहेका छन्। ती वडाका सडकको अवस्था दुरूह रहेको छ। स्थानीय खोलाखोल्सी र खोँच पहाडका सडकहरु भर्खर निर्माण भएर ग्राभेलसम्म गर्न नसकेका कारण स्थानीयलाई वर्षायाममा आउजाउमा समस्या पर्ने गरेको हो। त्यसमाथि वर्षामा ससाना खोला खोल्सीमा आउने बाढीले स्थानीयहरुलाई थप समस्यामा पार्ने गरेको छ।

कटारीकै पहाडी भेगका वडाहरू पनि उस्तै सडक समस्यामा छन् भने वर्षाले बेलका र चौदण्डी गढीका दुर्गम र पहाडी वडावासीलाई पारेको प्रभाव पनि कम दुःखदायी छैन। समग्रमा वर्षाले उदयपुरका ७५ प्रतिशत जिल्लावासीलाई सडक यातायातको सुविधामा अवरोध खडा गरिदिएको स्थानीयको आङ्कलन छ।

सदरमुकाम गाईघाट, कटारी बजार, बेलटार र रामपुरबाहेकका वडावासीलाई वर्षाले जेठ असारदेखि दसैँ तिहारसम्मै सडक बिगार्ने गरेका कारण हैरानी दिँदै आएको छ। गाउँ गाउँमा सिंहदरबार नामका स्थानीय सरकारहरु क्रियाशील रहे पनि कतै दम्भ र कतै बजेट अभाव त कतै स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वय अभावमा सडकहरुको स्तरोन्नति विकास हुन नसक्दा जनताले यस्तो सास्ती भोग्नु परिरहेको गुनासो भुईतहका नागरिकको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस