राष्ट्रपति रनिङ शिल्ड सुरु
०३ वैशाख २०७८
•
३ मिनेट पाठ
राष्ट्रपति रनिङ शिल्ड सुरु
क्याप्शन
मोरङको बेलबारी–११ स्थित लक्ष्मी माविको खेल मैदानमा शुक्रबारदेखि जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन तेक्वान्दो र उसुका सबै इभेन्ट्स सकिएको छ भने एथ्लेटिक्सका केही इभेन्ट सम्पन्न भएको छ ।  




प्रतियोगिताअन्तर्गत उसुको थाइची छ्वानको छात्रतर्फ आर्दश माविका चिरजीवी राई प्रथम, लालीगुराँस बोडिङका जोगछेन तमाङ द्वितीय र लिलिपुट स्कुलका साउलिङ राई तृतीय भए । छात्रातर्फ कोबास कलेजकी एन्जल पोद्दार प्रथम, शिक्षादीप कलेजकी इशु पन्त द्वितीय र पूर्वाञ्चल बोडिङ स्कुलकी शितल मगर तृतीय भइन् । नान छ्वानको छात्रतर्फ आदर्श माविका एलिस मारिक प्रथम, पूर्वाञ्चल एकडेमीका एलसन तामाङ द्वितीय र ग्रेडेड स्कुलका शौरभ लामा तृतीय भए । छात्रातर्फ साजिलाल माविकी समृद्धि लिम्बू प्रथम, लालीगुराँस बोडिङ स्कुलकी अरुणा विक द्वितीय र पूर्वाञ्चल बोडिङ स्कुलकी कृपा सार्की तृतीय भइन् ।  

त्यसैगरी, उसकै छाङ छ्वान छात्रतर्फ आदर्श माविका सागर यादव प्रथम, मेरिल्याण्ड बोडिङ स्कुलका पारस मारिक द्वितीय र अरनिको बोडिङ स्कुलका सौगात लामा तृतीय भए भने छात्रातर्फ मोर्डन एरा स्कुलकी कृतिका राई प्रथम, साजिलाल माविकी तुलसा सार्की द्वितीय र पूर्वाञ्चल बोडिङ स्कुलकी अनमिका गुरुङ तृतीय भइन् । नान छ्वान टिमतर्फ आदर्श मावि प्रथम, पूर्वाञ्चल बोडिङ स्कुल द्वितीय र साजिलाल मावि तृतीय भए । नान छ्वानतर्फ उत्कृष्ट आदर्श माविका एलिस मारिक र थाइचि छ्वानतर्फ कोबास कलेजकी एन्जल पोद्दार उत्कृष्ट भए ।

त्यस्तै तेक्वान्दोतर्फ ४८ केजी समूहमा सिंहदेवि एकेडेमीका पदमबहादुर राई प्रथम र महेन्द्र माविका मुकेश धिमाल द्वितीय भए । ४५ केजी समूहमा माउण्ट हर्मन स्कुलका आशिष भुजेल प्रथम र सुकुना माविका उत्तम सञ्जेल द्वितीय भए । ५१ केजी समूहमा लालीगुराँस स्कुलका सुरज राई प्रथम र बालजगत स्कुलका क्षितिज राई द्वितीय भए । छात्रातर्फ ४६ केजी समूहमा बालजगत स्कुलकी रक्षा धिमाल प्रथम र पर्ल एकेडेमीकी अंशु धिमाल द्वितीय भइन् । ४२ केजी समूहमा सिंहदेवि एकेडेमीकी आश्ना दर्जी प्रथम र कसेनी माविकी नवीना लिम्बू द्वितीय भइन् । ४४ केजी समूहमा बालजगत स्कुलकी आश्मा राई प्रथम र बालसदन स्कुलकी जेशिका खनाल द्वितीय भइन् ।  

त्यस्तै १ सय मिटर छात्र दौडतर्फ आभाष नेउपाने प्रमथ, दाउद सोरेन द्वितीय र करण धिमाल तृतीय भए भने छात्रातर्फ सोफिया माझी प्रथम, प्रियंका थन्दार द्वितीय र प्रजिना बस्नेत तृतीय भइन् । १५ सय मिटर दौड छात्रतर्फ रञ्जन मगर प्रथम, राकेश सार्की द्वितीय र राजेश हास्दा तृतीय भए भने छात्रातर्फ सुकुना माविकी सिर्जना पुरी प्रथम, सुनपकुवा माविकी अनिशा राई द्वितीय र निलगिरी स्कुलकी अन्जु राजघर तृतीय भइन् । ४ सय मिटर दौड छात्रतर्फ मछिन्द्र माविका अभिषेक श्रेष्ठ प्रथम, राइजिङ स्कुलका निर्मोद बेस्रा द्वितीय र वीरेन्द्र माविका मने हेमरम तृतीय भए ।  

सटपुट छात्रातर्फ वुद्धिमाया तामाङ प्रथम, मनिषा चौधरी द्वितीय र शुकमाया मगर तृतीय भइन् भने छात्रतर्फ विकास नेपाली प्रथम, किरण चौधरी द्वितीय र प्रनित खड्का तृतीय भए ।  

प्रतियोगितामा मिक्लाजुङ र कानेपोखरी बाहेक अन्य १५ वटा पालिकाका निजी तथा सामुदायिक विद्यालयका १ हजार २ सय जना छात्र/छात्राको सहभागिता रहेको छ ।
अर्को समाचार
जुम्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
२७ चैत्र २०७९
•
२ मिनेट पाठ
जुम्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
जुम्लामा १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। नेपाली सेनाको टुडिखेलमैदानमा सोमबार देखि प्रतियोगिता सुरु भएको हो।




प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका सांसद देवेन्द्र बहादुर शाहीले गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद शाहीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताए।

जुम्लाका खेलाडीले राष्ट्रिय स्तरको प्रतियोगिता जित्दै पहिचान बनाउन सफल भएता पनि जुम्लाको हकमा खेल क्षेत्र हराउँदै गएको प्रति उनले गुनासो गरे। 

जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख बरमबहादुर महतले जिल्लाका माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए। उनका अनुसार प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ। २७ गतेदेखि २९ गतेसम्म संचालन हुने प्रतियोगिताको नारा 'स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद' तय गरिएको उनले सुनाए।

जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्य सचिव संगिता आचार्यले जुम्लाका केही स्थानीय तहले खेलाडीलाई अपमानजनक व्यवहार गरेको बताइन्। राष्ट्रियताको पहिचान बनाउने खेलाडीलाई प्रतियोगितामा सहभागी गर्न कन्जुस्याइँ गरेको आरोप उनको थियो। 

उनले बेला बखतमा खेलमा सहभागी हुन अपिल गरे पनि जुम्लाका केही स्थानीय तहका जनप्रतिनिधिले खेलाडीको प्रतिभालाई होच्याउने षड्यन्त्र गरेको समेत दाबी गरिन्।

उनले भनिन् 'त्यो राम्रो होइन, यस्तै जनप्रतिनिधिको कार्यशैली र गर्ने व्यवहारले खेलाडीको मनोबल बढ्ने भन्दा गिर्ने देखिन्छ।'

प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स लगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा जुम्लाका ६ वटा गाउँपालिकाका भित्रका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। 

जुम्लाका ८ वटा स्थानीय तह छन्। जसमध्ये सिंजा गाउँपालिका र गुठिचौर गाउँपालिका सहभागी भएका छैनन्।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस