काठमाडौं– विनोद भण्डारीको सानदार ब्याटिङ र कप्तान पारस खड्काको अलराउन्ड प्रदर्शनमा नेपालले आइसिसी विश्व ट्वान्टी–२० छनोटमा पपुवा न्यु गिनीविरुद्ध ७ विकेटको महत्वपूर्ण विजय हात पारेको छ।युएईको शारजहाँ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पपुवा न्यु गिनीले ६ विकेट गुमाई १ सय ४० रन बनायो। विनोदले अविजित ५१ र पारसले अविजित २६ रन बनाएपछि नेपालले १० बल अगाडी नै लक्ष्य पूरा गर्यो। ४ खेलमा नेपालको यो तेस्रो विजय हो। जितका वावजुद नेपाल शीर्ष स्थानमा उक्लन सकेन्। नेपाल दोस्रो स्थानमा यथावत छ।
सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष टोली अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० लाई सोझै छानिने छन् भने थप चार टोली दोस्रो चरणमा पुग्ने छन्। दोस्रो चरणबाट थप चार टोली ट्वान्टी–२० विश्वकपमा छानिने प्रावधान छ। नेपालसँगै समान ६ अंक जोडे पनि नेदरल्यान्ड्स राम्रो रन रेटका आधारमा समूह 'बी' को शीर्ष स्थानमा छ।
विनोदको यो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दोस्रो अर्धसतक हो। यसै वर्ष काठमाडौंमा सम्पन्न एसिसी ट्वान्टी–२० कपमा उनले सिंगापुरविरुद्ध ५४ रन बनाएका थिए। उनले मंगलबार २३ बलको इनिङ्समा १ चौका र ६ छक्का प्रहार गरे। उनले क्रिस अमिनीलाई छक्का प्रहार गरी खेलको अन्त गरे।
नेपालको सुरुआत मध्यम खाले थियो। आफूले सामना गरेको दोस्रो बलमै छक्का प्रहार गरेका सागर पुन १७ बलमा १० रन बनाई आउट भए। उपकप्तान ज्ञानेन्द्र मल्लले पनि १० रनमात्र जोड्न सके । उनले १४ बल खेले । सुवास खकुरेलले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाए। १४ ओभरमा नेपालको ८२ रनमात्र थियो। अन्तिम ५ ओभरमा नेपाललाई ५१ रनको अवाश्यकता थियो।
१६औं ओभरमा विनोदले अमिनीलाई दुई छक्का प्रहार गरेपछि नेपाल १६ रन जोडदै खेलमा फर्किएको थियो। अर्को ओभरमा म्यान अफ द म्याच विनोदले फेरी छक्का प्रहार गरे भने पारसले चौका प्रहार गर्दा नेपालले १५ रन जोड्यो। १८औं ओभरमा विनोदले पाँचौं छक्का प्रहार गर्दै टोलीले कुल १२ रन बटुल्दा नेपाललाई अन्तिम दुई ओभरमा ८ रनको मात्र आवश्यकता थियो। विनोद र पारसले ३७ बलमै अविजित ७१ रनको साझेदारी गरे।
यसअघि पपुवा न्यु गिनीबाट जेराइन्ट जोन्सले सर्वाधिक ५५ रन बनाए । इङ्ल्यान्डबाट अस्ट्रेलियाविरुद्ध एसेज शृंखला जितेका पूर्व विकेटकिपर जोन्स ३४ टेस्ट, ४९ एकदिवसीय र २ ट्वान्टी–२० का अनुभवी हुन्। उनले ५३ बलको इनिङ्समा ४ छक्का प्रहार गरे। माहुरु दाइले अविजित ३६ रन बनाए। २२ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे। त्यस्तै टोनी उराले २२ रन जोडे।
नेपालबाट कप्तान पारस खड्काले ४ ओभरमा २२ दिएर ३ विकेट लिए। पारसले दुई क्याचसमेत लिएर अलराउन्ड प्रभाव जमाएका थिए। ओपनिङ बलर अमृत भट्टराईले ४ ओभरमा २७ रन दिएर २ विकेट लिए। जितेन्द्र मुखियाले जोन्सको विकेट लिए। जितेन्द्रले ४ ओभरमा ३० रन खर्चे। वसन्तले ३ ओभरमा २६, शक्तिले ४ ओभरमा २४ र सागर पुनले १ ओभरमा ९ रन खर्चे, विकेट लिन सकेनन्।
स्कटल्यान्डको ठूलो हार
अघिल्लो दिन नेपाललाई ८ विकेटले पराजित गरेको स्कटल्यान्डलाई मंगलबार केन्याले ठूलो झट्का दियो। केन्याले ९२ रनको सानदार विजय हात पार्यो। दुई पटक ट्वान्टी–२० विश्वकप खेलिसकेको स्कटल्यान्डको ४ खेलमा यो तेस्रो हार हो । यस हारले टोलीको दोस्रो चरण पुग्ने सम्भावना कमजोर बनाएको छ।
टस जितेको केन्याले ७ विकेट गुमाई १ सय ८३ रन बनायो। भेट्रान स्टिभ टिकलोले ४ विकेट लिएपछि स्कटल्यान्ड १३.२ ओभरमा ९१ रनमा खुम्चियो। पहिलो दुई खेल हारेको केन्या लगातार दुई खेल जिती तेस्रो स्थानमा उक्लेको छ। नेपालसँगको हारपछि पपुवा न्यु गिनी पहिलोबाट चौथो स्थानमा झरेको छ।
शीर्ष स्थानको नेदरल्यान्ड्सले डेनमार्कलाई ७ विकेटले पराजित गर्यो। डेनमार्कलाई १०९–८ मा रोकेपछि नेदरल्यान्ड्सले ११ ओभर भित्रै लक्ष्य पूरा गरी खेल जितेको हो। समूह 'ए' मा हङकङले पहिलो हार बेहोरेको छ। पहिलो तीन खेल नै जितेको हङकङलाई आयोजक युएईले ७ विकेटले पराजित गर्यो । हङकङले ८ विकेट गुमाई १ सय ३८ रन बनायो। युएईले ८ बल अगाडी लक्ष्य पूरा गर्यो।
हारका वावजुद हङकङ शीर्ष स्थानमा यथावत छ। तेस्रो विजय हात पार्दै युएई दोस्रो स्थानमा उक्लेको छ। पहिलो तीनै खेल जितेको आयरल्यान्ड तेस्रो स्थानमा छ। नामिबिया ४ अंकका साथ दोस्रो स्थानमा छ। नामिबियाले इटालीलाई ७ विकेटले पराजित गर्यो। इटालीलाई १२१/६ मा रोकेपछि नामिबियाले अन्तिम बलमा लक्ष्य पूरा गर्यो।
एकदिवसीय मान्यता प्राप्त क्यानाडाले प्रतियोगितामा पहिलो विजय हात पार्यो। क्यानाडाले युगान्डालाई ४४ रनले पराजित गर्यो। पहिला ब्याटिङ गरेको क्यानाडाले ७ विकेट गुमाई १ सय ३७ रन बनायो। टोलीले युगान्डालाई १७.२ ओभरमा ९३ रनमा सीमित गर्यो।